text
stringlengths
71
459
label
int64
0
2
अभिनेता नाजिर हुसैन आफ्नो जन्मस्थान बारा पुगे । सुटिङका लागि हैन, चाड मनाउन । उनले दुई वर्षयता परिवारमाझ इद मनाउन पाएका थिएनन् । फिल्म सुटिङ र रंगमञ्चमा व्यस्तता त्यस्तो थियो ।
1
निजी क्षेत्रको सबैभन्दा ठूलो हवाई सेवा कम्पनी बुद्ध एयरले ७२ सिट क्षमताको एटीआर विमान थप्ने भएको छ । उक्त विमान असार दोस्रो साताभित्र काठमाडौंमा अवतरण गराउने योजना रहेको कम्पनीले जनाएको छ । 
0
थारू समुदायमा सामूहिक परिवार प्रणाली छ । एउटै घरमा २५ देखि ५० जना सदस्यसम्म बस्ने चलन थियो । भाइभाइ मिलेर बस्ने, मिलेर खेतीपाती गर्ने र अंशबन्डा नगर्ने पुरानो परम्परा हो । तर, अहिले बढो सहरीकरण, उच्च महत्त्वाकांक्षा र व्यक्तिगत स्वार्थका कारण कलह बढ्ने र घर फाटने चलन सुरु भएको छ । अर्थात्, मिलेर बसेको घरपरिवार अब विखण्डनतिर गइरहेको छ ।
1
निगालाका टुसा पश्चिम क्षेत्रका बासिन्दाले चिनेको वर्षाको स्वादिलो तरकारी मात्रै होइन, अन्य सहरमा पठाउनका लागि कोसेली पनि हो । बितेका वर्ष पोखराका बजारमा दसैंसम्म किन्न पाइने टुसाका मुठा यसपटक नपाइने भएको छ ।
0
‘प्रेमगीत’ पछि खस्किँदै गएको ‘साख’ उकास्न सफल निर्देशक सुदर्शन थापा यतिबेला ‘म यस्तो गीत गाउँछु’ बाट थप उचाई लिने आशासहित सुटिङमा तल्लीन छन् । फागुन १२ देखि फ्लोरमा लगिएको फिल्मको सुटिङ युनिट उपल्लो मुस्ताङसम्म पुग्न अझै बाँकी नै छ । तर रिलिज मिति भने असार ३० लाई निश्चित गरिसकेका छन्, निर्मातासमेत रहेका सुदर्शनले ।
1
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) को नयाँ प्रस्तावित विधान पास गरेको कदमलाई स्वागत गरेको छ । अघिल्लो साता निर्वाचित क्यानको विशेष साधारणसभाले आईसीसीबाट बनाइएको सल्लाहकार समितिमार्फत आएको विधानलाई अक्षरश: पारित गरेको थियो ।
2
बेंसीसहर नगरपालिका २ बोहराबेंसीका ज्ञानेन्द्र बोहराले अण्डा पार्ने ९ हजार लेयर्स कुखुरा पालेका छन् । उनले खोरसहितको व्यवस्थापनमा ३ करोड लगानी पुगेको बताएका छन् ।
0
ग्याब्रियल जेससले इंग्लिस प्रिमियर लिगमा गोलको खडेरीलाई टुंग्याएका छन् । उनको दुई गोलमा म्यानचेस्टर सिटीले एभरटनलाई ३–१ ले पराजित गरी कम्तीमा एकदिनका लागि प्रिमियर लिगको शीर्षस्थानमा उक्लेको छ ।
2
लोपोन्मुख कुस्ती (दंगल) खेलको संरक्षणमा पश्चिम नवलपरासीका युवा जुटेका छन्  । विशेष गरी नेपालको तराई भागमा खेलिने प्राचीन खेल पछिल्लो समय ओझेलमा परेको भन्दै परासी क्षेत्रका युवाले बर्सेनि प्रतियोगिता गर्दै आएका छन्  ।
2
बालबालिकालाई मनोरञ्जन प्रदान गर्ने नाट्य प्रस्तुति ‘क्लाउन–सो’ पूर्वका विभिन्न विद्यालयमा प्रदर्शन गरिएको छ । पढाइसँगै बालबालिकालाई मानसिक रूपमा स्वस्थ्य राख्ने उद्देश्यले बालमनोविज्ञानमा आधारित क्लाउन सो मंगलबार दमकको हिमालय माविमा प्रदर्शन गरियो ।
1
टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल) को यसवर्षको संस्करण मंसिर २२ देखि हुने भएको छ । आयोजक एभरेस्ट प्रिमियर लिग प्रालिले बिहीबार प्रतियोगिता आयोजनाको मिति तोक्दै चार गुणाले लगानी बढाएको दाबी गरेको छ ।
2
प्रचारप्रसार, गानाबजाना, भागदौड लगायतका सबै तयारी लभगभ सकिएको छ । ‘प्रसाद’ फिल्मको युनिट अब शुक्रबारको पर्खाइमा मात्र छ । यही दिनदेखि फिल्म रिलिज हुँदै छ ।
1
नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यसम्बन्धी समझदारीमा शुक्रबार हस्ताक्षर भएको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भएको समझदारीले नेपालको ऊर्जा क्षेत्रमा बंगलादेशी लगानी र बंगलादेश नेपाली ऊर्जाको ठूलो बजार हुने अपेक्षा छ ।
0
ग्याङस्टरको कथा रहेको भनिएको ‘मट्टी माला’ चाँडै रिलिज हुने भएको छ । निर्देशक टेके पौरखी राईका अनुसार, काठमाडौं, कुलेखानी, घान्द्रुुक, सिन्धुली, काभ्रेलगायतमा छायांकन गरिएको फिल्म पोस्ट प्रोडक्सन सकिएर रिलिजको पर्खाइमा छ ।
1
जापानकी नाओमी ओसाका अमेरिकी सेरेना विलियम्सलाई यूएस ओपन टेनिसको फाइनलमा सोझो सेटबाट पराजित गर्दै ग्रान्डस्लाम उपाधि जित्ने पहिलो जापानी खेलाडी बनेकी छन् ।
2
स्वदेशी र विदेशीसहित ४ वटा उद्योगमा १७ अर्ब रुपैयाँ लगानी थपिने भएको छ ।पछिल्लो समय प्रस्ताव पेस भएका दुई कम्पनीको लगानी स्वीकृत भइसकेको छ भने अन्य दुईको स्वीकृत हुने चरणमा रहेको छ ।
0
धाविका सरस्वती भट्टराईले महिला ८०० मिटर दौडमा सिजनको उत्कृष्ट प्रदर्शन गरेकी छन् । १८ औं एसियाली खेलकुदको भइरहेको मुख्य रंगशाला जेरोला बुङकार्नोको ट्रयाकमा सोमबार उनले २ मिनेट १२.८५ सेकेन्डमा दूरी पार गरिन् ।
2
अखिल नेपाल फुटबल संघ (एन्फा) का असन्तुष्ट चार जिल्ला अध्यक्षले कर्माछिरिङ शेर्पा नेतृत्वको कार्यसमितिले ९ महिनाको अवधिमा आर्थिक अनियमितता, अपारदर्शिता र गलत क्रियाकलाप भएको आरोप लगाएका छन् । 
2
कामना फिल्म अवार्डस्को चौथो संस्करण आगामी मंसिर १५ गते हुने भएको छ । ३२ विधामा प्रदान गरिने अवार्डमा स्टार अफ द इयर विधामा समेत अवार्ड दिइने बताइएको छ ।
1
बालबालिकाको खेल विकासका लागि अखिल नेपाल फुटबल संंघले एन्फा ‘ग्रासरुट फुटबल कार्यक्रम’ सुरु गरेको छ । चन्द्रपुर नगरपालिका–६ स्थित स्व.शेरबहादुर दर्लामी खेलमैदानमा सुरु भएको ग्रासरुट फुटबलमा जिल्लाका १३ निजी तथा सामुदायिक विद्यालयका छात्रछात्राको सहभागिता रहेको छ ।
2
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सेप्टेम्बर १५ देखि २३ सम्म हुने एएफसी यू–१६ वुमन्स च्याम्पियनसिपको समूह ‘ई’ का छनोट खेल आयोजना गर्ने भएको छ ।
2
नेपालमा निजी क्षेत्रको लगानीमा चार्टर उडान सेवा प्रदान गर्ने हेलिकप्टर (फिक्सड विङ) कम्पनी १० वटा पुगेका छन् । 
0
यस वर्षको यलम्बर संगीत प्रतियोगिताको चौथो शृंखलामा सोनाम राई प्रथम भएका छन् । किरात राई सांस्कृतिक कलाकार संघको १३ औं स्थापना दिवसका अवसरमा राजधानीमा शनिबार सम्पन्न प्रतियोगिता उनी प्रथम भएका हुन् ।
1
बलिउड र हलिउड दुवैतिर नाम बनाएकी नायिका/गायिका प्रियंका चोपडाले अर्को पनि उपलब्धि पाएकी छन् । उनी सन् २०१८ का विश्वकै उत्कृष्ट २५ सेलिब्रिटीको सूचीमा परेकी छन् । डिजिटल स्पेसका २५ प्रभावशाली व्यक्तिमध्ये उनी पन्ध्रौं नम्बरमा परेको डीएनए इन्डियाले जनाएको छ । 
1
रूस्लान धनगढी प्रमियर लिग (डीपीएल) को तेस्रो संस्करणको दोस्रो दिनको पहिलो खेल सीवाइसी अत्तरियाले धनगढी स्टार्सलाई ५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको सीवाइसी अत्तरियाले ५ विकेट गुमाउँदै ९५ रन बनायो ।
2
‘दशौं नेशनल बक्स अफिस फिल्म फेयर अवार्डस’ कार्यक्रमका लागि नेपालबाट झण्डै दुई दर्जन कलाकार लन्डन आइपुगेका छन् । थर्ड आइले शनिबार बेलायतको अल्डरसटस्थित एम्पायर हलमा गर्न लागेको कार्यक्रममा सहभागी हुन पहिलो चरणमा कलाकार, प्राविधिकसहित २६ जना बिहीबार साँझ लन्डन उत्रिएका हुन् ।
1
क्यानेडियन गायक जस्टिन बिबर अहिले भारत भ्रमणमा छन् । १० मेमा उनले मुम्बईको एउटा स्टेडियममा कन्सर्ट गर्ने भएका छन् ।
1
मुख्य दाबेदार भारतले साफ च्याम्पियनसिप फुटबलमा राम्रो सुरुआत गरेको छ । यहाँस्थित बंगबन्धु रंगशालामा बुधबार छ पटकको विजेता भारतले समूह ‘बी’ को खेलमा श्रीलंकालाई २–० ले पराजित गर्‍यो । यस समूहको अर्को टोली माल्दिभ्स हो ।
2
अघि–पछिभन्दा मंगलबार सौराहा खचाखच थियो । जब साँझ पर्दै गयो तब भीडभाड बढदै गयो । मंगलबार भ्यालेन्टाइन्स डे (प्रणय दिवस) । यो दिन प्रेम जोडीका लागि खास दिन भएकाले जोडी बाँधेर आउनेको कमी थिएन ।
1
टयांकरमा हुने चुहावट रोक्न आयल निगमले लकिङ प्रणाली जडान गरेपछि पोखराका चालकले ढुवानी ठप्प पारेका छन् । लकिङ प्रणालीको विरोधमा उनीहरूले सोमबार इन्धन लोडसमेत गरेनन् । ढुवानी व्यवसायी महासंघका अनुसार आइतबार रक्सौलमा लोड भएका चार टयांकर सोमबार पोखरा भित्रिए पनि अन्य चालकहरू लोड लिएका छैनन् ।
0
किसानलाई राहत वितरणका लागि आएकोमध्ये करिब ७५ प्रतिशत रकम फ्रिज भएको छ । गत वर्षको साउन अन्तिम साता बाढीले क्षति पुगेका किसानका लागि आएको राहत रकम वितरण नै नभई फिर्ता भएको हो ।
0
गायनमा चिनिइसकेका सत्यराज आचार्यले आफ्नै बुबा भक्तराजको जीवनीमा आधारित फिल्म ‘आचार्य’ को शीर्ष भूमिकामार्फत अभिनयमा हात हालेका थिए ।
1
केन्द्रीय बैंकलगायत सरकारी स्वामित्वका बैंकमा ३० वर्षे सेवा अवधि खारेजीको माग गर्दै अदालत पुगेका कर्मचारीका रिट सर्वोच्चले खारेज गरिदिएको छ ।
0
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्डलाई ४ लेन विस्तार गर्न आह्वान गरिएको ठेक्का (टेन्डर) प्रक्रिया रद्द गरिएको छ । न्यूनतम मूल्यको आशयपत्र हालेको कम्पनीलाई एसीयाली विकास बैंक (एडीबी) ले प्राविधिक समस्या जनाउँदै निर्माण सम्झौता गर्न नसकिने बताएपछि टेन्डर प्रक्रिया रद्द भएको सडक विभागले जनाएको छ । 
0
ललितपुर प्याट्रियट्सका मालिक किशोर महर्जन गत वर्षको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) सम्झिँदा अहिले पनि थकथक हुन्छन् ।
2
लमजुङकै एक प्रतिष्ठित सहकारीमा भएको ठगीको मुद्दामा अदालतले पूर्वप्रमुख कार्यकारी अधिकृतलाई अढाइ वर्ष जेल र २ करोड १७ लाख ९३ हजार ४ सय ८१ रूपैयाँ जरिवाना फैसला गरेको छ । कृषक जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीइओ) रामबहादुर बस्नेतविरुद्धको मुद्दामा जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले यस्तो फैसला गरेको हो ।
0
खेलमाथि बनेका हिन्दी सिनेमामा प्राय: दोहोरिने कथा हो– बुवाले आफ्नो जमानामा कुनै खेल खेल्ने, पछि त्यो खेल खेलेर पार नलाग्ने देखेपछि चटक्कै छोड्ने, छोराले आफ्नो जमानामा त्यहीं खेल खेल्न खोज्ने, बुवाले रोक्ने, छोराले कुनै पनि हालतमा ‘कन्भिन्स’ गराउने, बुवाले सिकाउन राजी हुने र अन्तत: कुनै टुर्नामेन्ट जित्ने ।
1
दक्षिण अफ्रीकाविरुद्ध जारी टेस्ट सिरिजको दोस्रो खेलमा पनि भारत पराजित भएको छ । 
2
सुमन भोम्जन स्मृति स्पोर्ट्स क्लाइम्बिङ प्रतियोगिताअन्तर्गत लिड क्लाइम्बिङको उपाधि पेम्बा शेर्पा र स्वस्तिका चौधरीले जितेका छन् । च्याम्पियन दुवैले जनही १५ हजार पुरस्कार पाए ।
2
इटालियन सिरी ए अन्तर्गत शनिबार युभेन्टसले बेनेभेन्टोलाई ४–२ ले हराउँदै उपाधि नजिक पुगेको छ ।
2
वरिष्ठ चलचित्रकर्मी उद्धव पौडयालको पूर्णकदको प्रतिमा निर्माण हुने भएको छ । नेपाल चलचित्र विकास कम्पनी लिमिटेड (एनएफडीसी) ले आफ्नो २४ औं वार्षिक साधारणसभाबाट कम्पनीका पूर्वअध्यक्ष पौडयालको प्रतिमा निर्माण गर्ने निर्णय गरेको हो ।
1
पोखरा मन पर्छ । प्याराग्लाइडिङ, तालमा पानी हेर्न र डुंगा खियाउन पाइन्छ । काठमाडौंको ठमेल दिक्क लाग्दो छ, तर पोखराको लेक साइडमा स्ट्रिट वाक गर्न रमाइलो हुन्छ ।
1
सात महिनापछि गत असारमा बचतमा रहेको भुक्तानी सन्तुलन फेरि जोखिममा पर्ने देखिएको छ । उक्त अवधिमा उधारो आयात उच्च दरले बढेकाले भुक्तानी सन्तुलन जोखिममा पर्ने देखिएको हो ।
0
सन् १९९६ को विश्वकप क्रिकेटले भारतीय उपमहाद्वीपमा एउटा क्रान्तिजस्तै ल्याएको थियो । यस उपमहाद्वीपमा विश्वकप रंगीचंगी भएर पहिलो पटक आयोजना भएको थियो । टेलिभिजन प्रत्यक्ष प्रसारणले विश्वकपलाई अझ लोकप्रिय बनाइदियो । यसको बाछिटा नेपालको कुनाकाप्चासम्म पर्‍यो ।
2
उसो त टेलिभिजन शो ह्वाट द फ्लपका होस्ट सन्दीप क्षत्रीलाई भारतीय कमेडियन कपिल शर्मासँग तुलना गरेको प्रितकर लाग्दैन । तर विपरीत संयोग कस्तो भइदियो भने आफ्नै सहकर्मी सुनील ग्रोवरलाई दुव्र्यवहार गरेपछि कपिल यति बेला चौतर्फी आलोचनाको तारो बनेका छन् । यता, सन्दीपचाहिँ प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणमाथि व्यंग्य गरेको भिडियोले सबैको प्यारो ।
1
साँझसँगै नेपाली लोकधुनको मधुर आवाज गुन्जिरहेको बेला बुधबार डिल्लीबजारस्थित भोजन गृहमा म्यान्मार (बर्मा) का तीन साहित्यकार नेपाली ढाका टोपी पहिरिँदै थिए । समकालीन म्यान्मारी साहित्यका चर्चित स्रष्टाहरू डाक ह्वे, हेन लाट र कउङ थान्ट नेपालकै हिमाली भेकतिरबाट आएका जस्तै देखिन्थे ।
1
जिवराल कोवारीको उत्कृष्ट प्रदर्शनसँगै राजर्षि जनक कप फुटबल प्रतियोगिताअन्तर्गत सर्लाही–११ ले भुटानको ड्रुक स्टार्स फुटबल क्लबलाई ३–० ले पराजित गरेको छ । शुक्रबार वाग्मतीको मैदानमा निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् ।
2
सशस्त्र प्रहरी बलको केन्द्रीय खेलकुद समितिले चौधौं कृष्णमोहन स्मृति ब्याडमिन्टन, दसौं सहवीर स्मृति लनटेनिस र पाँचौं खुला महिला भलिबलमा गरी कुल पुरस्कार १७ लाख ६० हजार रुपैयाँ दिइने जनाएको छ । तीनै प्रतियोगिता फागुन २७ मा सुरु हुनेछ ।
2
सिर्जना र साधनाका अन्य क्षेत्रमा जस्तै संगीतमा पनि करिअर बनाउन खोज्नेहरू केही वर्षयता राम्रै किसिमले बढेका छन् । यो यथार्थले गायनगुरु चण्डीप्रसाद काफ्लेलाई पनि हर्षित बनाउने गरेको छ ।
1
यो साल विभिन्न रक, पप ब्यान्डले आफ्नो स्थापना कालको पच्चीसौं वर्ष पूरा गरे । यही अवसरमा ‘नेपथ्य’, ‘मुक्ति एन्द रिभाइभल’, ‘कबवेब’ लगायतले थुप्रै ठाउँमा कार्यक्रम गरिरहेका छन् । यो क्रम आगामी वर्ष पनि जारी रहने संकेत देखिएको छ ।
1
लगातार ओरालो लाग्दै आएको शेयर बजार सोमबार पनि दोहोरो अंकले घटेको छ । आइतबार ४१ अंकले घटेको बजार सोमबार १६.६९ अंकले घटेको हो । 
0
कर्णाली प्रिमियर लिग (केपीएल) ट्वान्टी–२० प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र रूपन्देही ११ फाइनल पुगेका छन् ।
2
लोकप्रिय युवा गीतकार बिपिन किरण नवौँ एल्बमसहित आएका छन् । ‘रूपम’ मा आधुनिक शैलीका गीत छन् । उक्त एल्बममा चार गीत छन् : ‘दुख्दिनँ म...,’ ‘तिमी भन्छौ...,’ ‘चौबन्दीको तुनामा...’ र ‘माया मारी...’ । तीन वटा गीतमा रुद्रशेखर शर्माको स्वर सुन्न सकिन्छ भने एउटामा रुद्र र मेलिना राईको । सबै गीतलाई नारायण सुवेदी ‘आभास’ ले संगीतबद्ध गरेका हुन् । 
1
युरोपेली च्याम्पियन्स लिग अन्तर्गत बुधबार इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस क्लब सेभिल्लाको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ ।
2
सरकारले घोषणा गरेका तुलनात्मक लाभका वस्तुको निर्यात ७ प्रतिशतले बढेको छ । व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ५ महिनामा १५ अर्ब ७६ करोड रुपैयाँको निर्यात भएको छ ।
0
सरकारले शुक्रबारदेखि उपत्यका र बाहिरका ४८ स्थानमा सहुलियत पसल सञ्चालन गरेको छ । दसैंलाई लक्षित गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहुलियत पसल सञ्चालन गरेको हो ।
0
अभिनयको प्रशिक्षण लिन अब बाहिर जानु नपर्ने भएको छ । पोखरा थिएटरले तीनमहिने कार्यशाला गर्ने भएको छ । गैह्रापाटनमा निर्माणाधीन थिएटरको काम पूरा भएलगत्तै अभिनय कार्यशाला थालिने भएको हो ।
1
नेपाल टेलिकमको फोरजी विस्तारलगायत ठूला आयोजनाको कार्यान्वयनको चरणमा रहेको बेला प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई मन्त्रिपरिषद्ले बर्खास्त गरेको छ ।‘कार्यसम्पादन सम्झौताअनुसार काम नगरेको र काम सन्तोषजनक नभएको’ भन्दै मन्त्रिपरिषद्ले राजभण्डारीलाई बर्खास्त गरेको हो ।
0
भुइँ छुने गरी लटरम्म फलेका छन् फलफूल । तीसँगै फोटो खिच्ने र बोटैबाट टिपेर फल खानुको मजा लिनेको धुइरो छ । कृषकले बगैंचाका रूख बिरुवा स्याहार्ने र त्यसबाट गतिलो आम्दानी हात पार्नु त छँदै छ । अझ आफ्नै बगैंचा अवलोकन गर्न आउनेको लर्कोे देख्दा कृषक उत्साही छन् । 
0
उनी पखेटा फिँजाउँदै बिस्तारै स्टेजमा देखिइन् । मोडल या डाँफे ? दर्शक दंग थिए । यस्तो मानवरूपी डाँफे बनाउन चाहिँ फेसन डिजाइनरले निकै मेहनत गरेका थिए ।
1
एक महिनाअघि चिनियाँ कम्पनी जेटीईलाई लगाएको सातवर्षे प्रतिबन्ध फुकुवा गर्ने जानकारीसहित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग सम्बन्ध सुधार्न चाहेको संकेत दिएका छन् ।
0
नेपाल खाद्य संस्थानको घोगी डिपोमा रहेको जापानी चामल बिक्री हुन सकेको छैन । स्थानीय उपभोक्ताले जापानीे चामल महँगो र नमिठो भन्दै नकिनेपछि बिक्रीमा समस्या भएको हो ।
0
एलआईसी नेपालले ‘रहनेछ साथ, जीवनपश्चात्’ भन्ने सन्देशका साथ ‘जीवन साथी’ नामक जीवन बिमा योजना बजारमा ल्याएको छ । १८ देखि ६० वर्ष उमेरका व्यक्तिले यो जीवनबिमा योजना लिन सक्ने जारी विज्ञप्तिमा छ ।
0
नेपालले आईसीसी यू–१९ विश्वकप क्रिकेटमा टेस्ट खेल्ने बलिया राष्ट्रलाई पराजित गरेको इतिहास छ । त्यसको प्रभाव अझै विश्व क्रिकेटमा देख्न पाइन्छ ।
2
अभिनेत्री इजं मोडल प्रियंका कार्कीको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । मेलिना राईको स्वर रहेको ‘चरीजस्तै उड्न पाए....’ बोलको गीतमा प्रियंका देखिएकी हुन् ।
1
सांगीतिक कार्यक्रम पलेंटीको आगामी श्रृंखलामा युवापुस्ताका गायक विधान श्रेष्ठले गाउने भएका छन् । लामो अन्तरालपछि पुनः सुरु भएको पलेँटीको श्रृंखलाकाे पहिलाे भाग कवि तथा गीतकार दिनेश अधिकारीका गीत र कविता मार्फत भएको थियो ।
1
नेपाल आईटीएफ जुनियर यू–१८ टेनिस प्रतियोगिताको सर्किट–१ मा नेपाली खेलाडीको चुनौती बुधबार सकिएको छ । सिंगल्स र डबल्स दुवै स्पर्धामा नेपाली खेलाडी पराजित भए ।
2
पञ्चायतकालमै मनबहादुर मुखियाको नाटक ‘अनि देउराली रुन्छ’ ले निकै लोकप्रियता कमाएको थियो । साढे चार दशकअघि पहिलोपटक भारतको दार्जिलिङमा मञ्चन भएको यो नाटक कालिम्पोङ हुँदै नेपाल आइपुगेको थियो । तिनताक दार्जिलिङकै रंगकर्मी आएर नेपालमा चारपटक मञ्चन गरेको ७० वर्षे नाटककार मुखिया सम्झन्छन् ।
1
सरकारले किसानको हित र कृषि उत्पादन बढाउन महत्त्वाकांक्षी कार्यक्रम अघि सारे पनि कार्यान्वयन भएको छैन । महालेखा परीक्षकको प्रतिवेदनअनुसार सरकारले बजेटमार्फत घोषणा गरेका कृषिका कार्यक्रममध्ये १५ प्रतिशत मात्रै कार्यान्वयनमा आएका छन् ।
0
सरकारले दूरसञ्चार क्षेत्रबाट ७५ अर्ब रुपैयाँभन्दा बढी रकम उठाउन बाँकी छ । नेपाल दूरसञ्चार प्राधिकरण र अर्थ मन्त्रालयको तथ्यांकअनुसार यो क्षेत्रबाट मूल्य अभिवृद्धि कर, आयकर, फ्रिक्वेन्सी दस्तुर, नवीकरण दस्तुरबापत ठूलो रकम असुल्न बाँकी छ ।
0
नेपालको एउटा अन्तर्राष्ट्रिय भन्सार नाकाका अधिकारीहरूसँग बिल छैन । उनीहरूले सादा कागजमा भर्पाई गरी रकम असुल्छन् । उत्तरी चीन सीमा हिल्सास्थित यारी नाका भन्सारले यसरी रकम उठाउने गरेको पाइएको हो ।
0
गएको चार दिनमा मात्र सेयर बजारको आकार करिब सवा ९ अर्ब रुपैयाँले खुम्चिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक बढ्न नसकेपछि सेयर बजारको आकार (कुल बजार पुँजीकरण) पनि घटेको हो । यसको अर्थ लगानीकर्ताको सम्पत्तिको मूल्य घट्नु हो ।
0
मोबाइल सेवाको अनुमतिपत्र नवीकरण शुल्क तय नगर्दा नेपाल टेलिकमले १८ करोड ९० लाख रुपैयाँ मात्र तिरेर नवीकरणको निवेदन दिएको छ । टेलिकमले आइतबार मोबाइल सेवाको अनुमतिपत्रका लागि निवेदन दिएको हो ।
0
मुलकभरका ५० विमानस्थलमध्ये ४३ घाटामा देखिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित पोखरा, भैरहवा, लुक्ला, भरतपुर, सिमिकोट, नेपालगन्जबाहेक अन्य सबै घाटामा चल्दै आएका छन् ।
0
सन् २००८ मा ‘अवेकन आइज’ शीर्षक सर्ट फिल्ममा जोयस पाण्डे अभिनेताका रूपमा आबद्ध थिए । उनलाई विषयले यति छोयो, त्यसको पाँच वर्षपछि यसलाई फिचर फिल्ममा उतारे । नयाँ शीर्षक राखे, ‘साँघुरो’ ।
1
आसन्न १८ औं एसियाली खेलकुदको थप तयारीलाई नेपाली कराँते टोलीले बुधबार जापानको ओकिनावालाई यात्रा गरेको छ । अगस्ट २५ देखि २७ सम्म हुने कराँतेको स्पर्धामा नेपालका ४–४ पुरुष/महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
2
इतिहासमै सम्भवत: नेपाली क्रिकेट टोली यति सहज स्थितिमा कहिल्यै थिएन । मलेसियामा बुधबार सुरु हुने आईसीसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ प्रतियोगिताअघि नेपाली टोली कुनै दबाबमा छैन ।
2
घरेलु क्रिकेट प्रतियोगितामा यू–१९ को सबैभन्दा ठूलो धनराशिको निस्ट लिटिल फ्लावर प्रिमियर लिगको तेस्रो सस्करण मंगलबारदेखि धनगढीको संघीय प्रहरी एकाइको क्रिकेट मैदानमा सुरु हुँदै छ ।
2
नेपाल दूरसञ्चार प्राधिकरणले चौधरी ग्रुपको सीजी कम्युनिकेसनसँग सम्बन्धित सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज गर्न निवेदन दर्ता गराएको छ ।
0
वीरगन्ज नाकाबाट इरिक्सा/टेम्पोको आयात बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा यस्ता सवारीको आयात झन्डै दोब्बरले बढेको वीरगन्ज भन्सारको तथ्यांकले देखाएको छ ।
0
चार वर्षदेखि हुँदै आएको ‘नर्वे–नेपाल अर्केस्ट्रा कन्सर्ट’ ले यसपालि पनि निरन्तरता पायो । डीएभी स्कुलको बुद्ध हलमा शनिबार आयोजित कन्सर्टमा नेपाल र नर्वेका गरी ८१ वाद्यवादकले प्रस्तुति दिए । उनीहरूले दुवै देशको संगीत पालैपालो सुनाए ।
1
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको कित्ताकाट खुला गरे लगत्तै भरतपुर महानगरपालिकाले महानगरभित्र अव्यवस्थित तरिकाले हुने प्लटिङ नियन्त्रण गर्ने योजना बनाएको छ ।
0
सन्दीप लामिछानेले ग्लोबल टी–२० क्यानडा प्रिमियर लिगको प्लेअफ खेलमा ३ विकेट लिएका छन् । क्यानडामा यो उनको उत्कृष्ट प्रदर्शन हो ।
2
गुरुङ समुदायमा प्रचलित पुरानो चलन भारा (गुन) तिर्ने परम्परालाई कथावस्तु बनाएर गुरुङ फिल्म ‘शिरमाह्रानी’ निर्माण गरिएको छ । अंग्रेजीमा ‘अ व्युटीफूल गुरुङ गर्ल’ नाम दिइएको उक्त फिल्मको प्रदर्शन बेलायतबाट सुरु भएको छ ।
1
वित्तीय क्षेत्रको नियमन तथा सुपरिवेक्षण प्रभावकारी बनाउन अर्थमन्त्री युवराज खतिवडाले राष्ट्र बैंकलाई निर्देशन दिएका छन् । वित्तीय प्रणालीमा चक्रीय समस्या आइरहने भएकाले त्यस्ता समस्या समाधानका लागि राष्ट्र बैंक सबै पक्षबाट बलियो र प्रभावकारी बन्नुपर्ने उनको भनाइ थियो ।
0
प्रेम यस्तो विषय हो, जो वर्तमान हुँदा त रमाइलो हुन्छ नै, विगत बन्दा पनि सबैलाई पीडादायक हुँदैन । जस्तो : प्रियंका चोपडालाई । यी बलिउड अभिनेत्री पूर्वप्रेमीप्रति अझै उस्तै आसक्ति देखाइरहेकी छन् । पूर्वप्रेमीको आफूकहाँ छुटेको ज्याकेट उनले अझै बेलाबेला लगाउने गरेकी रहिछन् ।
1
मनाङ मस्र्याङ्दी र एपीएफ क्लबबीचको खेलसँगै शनिबार तेस्रो टुबोर्ग हेटौंडा गोल्डकप फुटबल हेटौंडामा सुरु हुँदै छ ।
2
पाँचौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधिका लागि शिवम् न्यु डायमन्ड एकेडेमीले एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ । 
2
दुई दशकअघि कास्कीको हेमजामा एउटा स्विमिङ पूलमा काठमाडौंका युवक र पोखराकी युवतीबीच चिनजान हुन्छ । चिनजान अन्तत: प्रेममा बदलिन्छ । दुवैका परिवार सम्बन्धका विपक्षमा भएपछि क्षेत्री परिवारको युवक र गुरुङ चेली बीचको प्रेममा ‘जात’ बाधक बनिदिन्छ । अन्तत: दुवैको संघर्षपछि उनीहरूको प्रेमले सफलता पाउँछ ।
1
एक वर्षअघिसम्म नलगाड नगरपालिका–१०, रग्दाको अधिकांश खेतबारी बाँझै हुन्थ्यो । यस वर्ष भने घरैपिच्छे लसुन खेती थालिएको छ । गाउँ हराभरा देखिन्छ । आर्थिक उपार्जन बढ्ने आशाले स्थानीय खुसी देखिन्छन् ।
0
डे–नाईट विराट गोल्डकप फुटबल प्रतियोगिताको पाँचौ संस्करणकाे उपाधिकालागि १० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।
2
पत्रकार ऋषि धमला फिल्म निर्माणमा समेत लागेका छन् । ऋषिपत्नी एलिजा गौतमलाई नै नायिकामा डेब्यू गराएर सत्यराज चौलागाईंले निर्देशन गरेको ‘अनुराग’ बाट नायकका रूपमा समुद्र पण्डितले पनि डेब्यु गर्न लागेका छन् ।
1
जिन्दगीको सपना देख्ने उमेरमै उनले आँखा गुमाइन् । चिकित्सकको गलत सल्लाहले संसार हेर्नबाट वञ्चित भए पनि उनले आफ्नो हौसला भने जारी राखिन् ।
1
एलेक्सिस स्यान्चेजले डेब्युमा उत्कृष्ट प्रदर्शन गर्दा इंग्लिस एफए कप अन्तर्गत शुक्रबार म्यानचेस्टर युनाइटेडले योभिल टाउनलाई पराजित गरेको छ । योभिलको घरेलु मैदानमा युनाइटेडले ४-० ले जित दर्ता गर्‍यो ।
2
सदरमुकाम फुङलिङमा भदौ ८ देखि हुने पाथीभरा गोल्डकप फुटबलको पहिलो खेलमा आयोजक कञ्चनजंघा फुङलिङ क्लब ताप्लेजुङले रेडहर्स इलामसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
2
ग्रिल तथा स्टिलको मूल्य बढदा भूकम्पपीडितहरू प्रभावित भएका छन् । ग्रिल तथा स्टिल व्यवसायी महासंघका अनुसार उद्योगी र डिलरको मिलोमतोमा अस्वाभाविक मूल्य वृद्धि भएको हो ।
0
गोरखा नगरपालिका–१३ देउरालीस्थित गोरखकाली रबर उद्योगका मजदुर–कर्मचारी व्यवस्थापनका लागि अध्ययन सुरु भएको छ ।
0
१८ औं एसियाली खेलकुदको तयारीमा रहेका नेपाली राष्ट्रिय तेक्वान्दो खेलाडीले दक्षिण कोरियामा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा चार पदक जितेका छन् । 
2
मोरङका ठूला उद्योगी व्यवसायीले ५२ करोड १२ लाख रुपैयाँ कर तीर्न अटेरी गर्दै आएका छन्  । विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयलाई उनीहरूबाट करबापतको बक्यौता उठाउन हम्मे परिरहेको छ  ।
0
भ्रष्टाचारविरुद्धको ‘सयकडा दस’ माघ १८ देखि प्रदर्शनीमा आउने भएको छ । रामशरण पाठक निर्देशित फिल्म हास्यकलाकार मनोज गजुरेलको डेब्यु हो ।
1