text
stringlengths 71
459
| label
int64 0
2
|
---|---|
शुक्रबारदेखि हलमा दुई फरक जानराका नेपाली फिल्म ‘लालटिन’ र ‘आधा लभ’ प्रदर्शनमा आएका छन्। | 1 |
ताप्लेजुङलगायत नेपालमा उत्पादित अलैंचीको अन्तिम विन्दु कतारलगायत खाडी मुलुक हुन् । नेपालबाट भारत हुँदै समुद्री मार्गबाट ती मुलुकमा अलैंची पुग्ने गरेको छ । उत्पादक र खपतकर्ता बीचको अन्तर भने छ गुणाको पाइएको छ । | 0 |
मोटरसाइकलमा यात्रु ओसार्न मध्यस्थता गर्ने कम्पनी टुटलले भ्याट छली गरेको विषयमा आन्तरिक राजस्व विभागले छानबिन थालेको छ । कम्पनी रजिस्ट्रार कार्यालयमा यो आइपर लुक्स नेपाल कम्पनी प्रालिको नाममा दर्ता छ । | 0 |
विदेशीहरू ‘मनी इज अ फनी थिङ’ भन्छन् । जति कमाए पनि नपुग्ने । टन्नै कमाए पनि रहिनरहने † होस पुर्याउन जानिएन भने करोडपतिहरू रोडपति बन्न सक्छन् । केही सेलेब्रिटीका कथा यस्तै छन् । प्रशस्त नाम र दाम कमाएकाहरू जीवनको एक मोडमा ऋणी बनेका छन् । | 1 |
न्यून उत्पादन र बढ्दो मागका कारण मुलुकको व्यापार घाटा बढ्ने क्रम तीव्र भएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ९ महिनामा व्यापार घाटा ८ खर्ब नाघेको छ । यस अवधिमा ८ खर्ब ७४ अर्ब ८८ करोड रुपैयाँको आयात भएको छ भने ५९ अर्ब ६२ करोड रुपैयाँको मात्रै निर्यात भएको छ । | 0 |
भैरहवामा जारी नेपाल टेलिकम रूपन्देही जिल्लास्तरीय सुपर लिग क्रिकेटमा आइतबार शंकरनगर क्रिकेट क्लब विजयी भएको छ । | 2 |
रेल्वे र्याक नपाएर भारतको विशाखापट्टनम बन्दरगाहमा अड्किएको कृषि सामग्री कम्पनीको युरिया मल वीरगन्ज आउन थालेको छ । शनिबार एक र्याक युरिया मल वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह आइपुगेको कम्पनी क्षेत्रीय कार्यालय वीरगन्जका स्टोर शाखाका वरिष्ठ सहायक शिवप्रसाद खतिवडाले जनाए । | 0 |
अर्थ मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनमा सेयर घोटाला भएको ठहर गर्दै सरकारको नाममा सेयर कायम गर्न निर्देशन दिएको छ । कर्पोरेसनमा सरकारको लगानीबारे छानबिन गर्न अर्थ मन्त्रालयद्वारा गठित समितिको निष्कर्षपछि उक्त निर्देशनभएको हो । | 0 |
यो साता बजारमा दुई अर्ब ३८ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ । गत साताको तुलनामा कारोबार रकम घटेको हो । २६ हजार ७ सय ३८ कारोबारबाट १ सय ९० कम्पनीका ८९ लाख २७ हजार ९ सय १९ कित्ता सेयर खरिद–बिक्री भए । | 0 |
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले दुई नयाँ प्रतियोगिताको योजना बुनेका छन् । यसले अहिलेको विश्व फुटबल जस्तो छ, त्यसमा ठूलै परिवर्तन ल्याउने छ । | 2 |
गीतकार डा.राजुबाबु श्रेष्ठको एकल गीति रचना र संगीतकार हरि लम्सालको एकल संगीत रहेको आधुनिक नेपाली गीतिसंग्रह ‘अग्रज’ सार्वजनिक भएको छ । एल्बमको शुक्रबार राजधानीमा सार्वजनिक गरिएको हो । संग्रहमा वरिष्ठ गायक प्रेमध्वज प्रधान, दीप श्रेष्ठ, योगेश वैद्य, दीपक खरेल र गायिका संगीता राना प्रधानको स्वरमा सजिएको पाँच गीतहरू समावेश छन् । | 1 |
बेनी नगरपालिका–७ वीरेन्द्र चोककी सिर्जना भट्टचन अरिङ्गालको व्यापार गर्दै आएकी छन् । होटल मालिकसमेत रहेकी उनको होटेलमा अरिङ्गालको परिकार बन्ने गर्छ । दुई वर्ष अघि गलेश्वरको चमेरेमा अरिङ्गालको व्यापार गरेको देखेपछि यो व्यवसाय थालेको उनले बताइन । | 0 |
भारतले संखुवासभा जिल्लामा निर्माणाधीन क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरक्षालाई लिएर चासो व्यक्त गरेको छ । | 0 |
मेलापात जाँदा होस् या कुनै पर्व मनाउँदा, जन्मँदा होस् या मृत्यु हुँदा, तामाङ समुदायमा समयअनुसारका गीत र नाच छन् । समयअनुसार गीत गाउँदै नाच्ने र गीतको बोलअनुसार अभिनय गर्ने परम्परा अझै पनि छ । | 1 |
लेकाली आलु त्यसै पनि स्वादिलो । त्यसमाथि हिमालपारिको जिल्ला मनाङ–मुस्ताङका आलु खान पाए नरमाउने को होला ? धान, मकै र कोदो खेती नहुने मनाङको प्रमुख बाली नै आलु हो । आलुले फापर, गहुँ, करु र जौलगायतको खेतीसँगै मनाङेलाई राम्रो दाम दिलाउने गरेको छ । | 0 |
दुई महिनादेखि वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा थन्किएको साल्ट ट्रेडिङ कर्पोरेसनको २ हजार ५ सय टन चिनी अझै जाँचपास हुन सकेको छैन । सरकारले चिनी आयातमा लगाएको परिमाणात्मक बन्देजका कारण बन्दरगाहमा असोज ६ देखि कर्पोरेसनको यति ठूलो परिमाणको चिनी थन्किएको हो । | 0 |
एनबी महर्जनको निर्देशनमा बनेको फिल्म ‘हिरोज’ को ट्रेलर आइतबार राजधानीको दरबारमार्गस्थित क्युज सिनेमामा सार्वजनिक गरिएको छ । | 1 |
सुदूरपश्चिमको ‘रैथाने’ मसुरो दाललाई प्रशोधन गरी विदेश निर्यात गर्ने उद्देश्यले कैलालीको बौनियामा दलहन प्रशोधन उद्योग सञ्चालनमा आएको छ । उद्योग सञ्चालनका कारण यो वर्ष स्थानीय किसान मसुरो खेतीतर्फ आकर्षित भएका छन् । | 0 |
गत अक्टोबरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको पहिलो विज्ञ सम्मेलनको सारांश एवं सुझावहरू प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पेस गरेको छ । | 0 |
विश्व ट्वान्टी–२० खेलेर आएपछि धेरैको ध्यान नेपाली खेलाडीप्रति तानिएको थियो । नहोस् पनि कसरी, नेपालले पहिलोपल्ट विश्वकप जस्तो प्रतियोगितामा प्रतिस्पर्धा गर्दा उत्कृष्ट नतिजा निकालेको थियो । | 2 |
केही दिनअघिदेखि म्यासेन्जरमा एउटा भिडियो धमाधम सेयर भइरहेको छ । उक्त भिडियोमा अभिनेता राजेश हमाल, निखिल उप्रेती, लेखक कर्ण शाक्य, डा. भोला रिजाल लगायतका सेलिब्रिटीले ‘बुद्ध नेपालमा जन्मिएका हुन्’ भन्ने अभियानलाई गिनिज बुक वल्र्ड रेकर्डमा लेखाउनेबारे सन्देश दिएका छन् । | 1 |
आफूले बुझाउने सहकारीमा वर्षभरि सर्वाधिक दूध बिक्री गरेका काठेखोला–६ का झगराज कँडेल पुरस्कृत भए ।नमूना पशुपालन सहकारी संस्थामार्फत बिहुँका किसानको दूध संकलन र बिक्री हुन्छ । कँडेल र उनको छिमेकीले दैनिक दूधको मात्राअनुसार नगद पाउँछन् । | 0 |
जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको विषयमा चाइना गेजुवा ग्रुप कम्पनीसँग छलफल सुरु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र चिनियाँ कम्पनीका प्रतिनिधिबीच मंगलबारदेखि छलफल सुरु भएको हो । | 0 |
ओले गनर सोल्सायरको नाम म्यानचेस्टर युनाइटेडको त्यो इतिहाससँग जोडिन्छ, जसमा क्लबले हात पारेका प्रख्यात जित छन् । ती जित युरोपेली फुटबलका हुन् । अन्तिम समयमा प्राप्त जितहरू हुन् ती । उनी अहिले म्यानचेस्टरका व्यवस्थापक छन् । उनकै नेतृत्वमा क्लबले हालै अर्को यस्तै अद्वितीय जित निकालेको छ, पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध । | 2 |
हिमालयन शेर्पा नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै दसौं सिमरा गोल्डकप प्रतियोगिताको सेमिफाइनल पुगेको छ । | 2 |
त्रिशूलीमा र्याफटिङ नयाँ होइन, तैपनि शनिबार भने केही फरक भयो । नदीको मध्यभागमा र्याफटिङ गरिरहेकाहरूमाझ गायकगायिका पनि थिए । अनि आफ्नै किसिमको कन्सर्ट पनि भयो ।
| 1 |
टेनिसका पूर्व राष्ट्रिय च्याम्पियन श्रीराम मगरको निधन भएको छ । उनको शनिबार राति १२:४० बजे आफू बस्दै आएको त्रिपुरेश्वरस्थित कोठामा निधन भएको थियो । उनको हृदयघातबाट निधन भएको जनाइएको छ । | 2 |
गायक राजेशपायल राईले सोचेका थिएनन्, जिन्दगीमा यति ठूलो सरप्राइज पाइन्छ भनेर । केही वर्षयता उनी बर्सेनि अमेरिकामा कन्सर्ट गर्न पुग्ने गरेकै थिए, यसपालिको सातौं अमेरिका यात्रा भने अलि भिन्न र महत्त्वपूर्ण रह्यो । | 1 |
इन्डिजिनस फुटबल क्लब, आयोजक जावलाखेल युथ क्लब भेट्रान्स, ब्रिटिस गोर्खा, जोरपाटी फुटबल क्लब र फ्रेन्ड्स क्लबले शुक्रबार दोस्रो रुस्लान जावलाखेल कप नाइन ए साइड भेट्रान फुटबलमा विजयी सुरुआत गरेका छन् । | 2 |
नेपाली महिला क्रिकेट टोली आइतवार बंगलादेश प्रस्थान गरेको छ । बंगलादेशको रंगपुरस्थित लालमोनिरहाट जिल्लामा आयोजित अन्तर्राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा भाग लिन नेपाली टोलीत्यसतर्फ प्रस्थान गरेको हो । | 2 |
विश्व फुटबल महासंघ (फिफा) ले चन्द्रपुर नगरपालिका–६ स्थित शेरबहादुर दर्लामी खेल मैदानलाई महिला फुटबलको टेक्निकल सेन्टर निर्माणको स्विकृति दिएको छ । | 2 |
वात्सल्यमा स्वार्थ हुँदैन र कुनै पनि आमाको लागि त्यो सबैभन्दा खुसीको विषय हुन्छ । त्यही भाव पोखेर पविता राईले प्रथम मिसेज हङकङ नेपालको ताज पहिरिएकी छन् । | 1 |
बलिउड सेलेब्रिटीहरूबिच अहिले नवप्रवेशी जाह्नवी कपुरबारे बढी कुरा हुन थालेको छ । आमा श्रीदेवी पनि जाह्नवीको बलिउड डेब्युलाई लिएर उत्साहित छिन् । जाह्नवीले लामो समयदेखि करण जौहरसँग मिलेर पहिलो फिल्मको तयारी गरिरहेकी छन् । सञ्चारमाध्यमका अनुसार, ‘धडक’ को छ र आउँदो महिनादेखि फिल्म सुटिङको लागि फ्लोरमा जानेछ । | 1 |
नारायणगढमा जारी १३ औं विकास रनिङ सिल्ड फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार मनाङ मस्र्याङ्दी क्लबले सुदूरपश्चिम फुटबल क्लबलाई ४—१ ले पराजित गरेको छ । राष्ट्रिय खेलाडीले भरिएको मनाङलाई सुरुआतमा सुदूरपश्चिमले कडा टक्कर दिएको थियो । | 2 |
चीनको आर्थिक तथा प्राविधिक सहयोगमा तातोपानीमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तर सुक्खा बन्दरगाहको काम अन्तिम चरणमा पुगेको छ । २०६९ सालमा सुरु भएको बन्दरगाहको निर्माण भूकम्पपछि रोकिएको थियो । | 0 |
आयुर्वेदिक औषधिको मूल्य घटाउन नसकिने आचार्य बालकृष्णले बताएका छन् । योगगुरु रामदेवसँगै पतञ्जलीका आयुर्वेदिक उत्पादनहरूको कारोबार सम्हाल्दै आएका उनलाई सोमबार स्याङ्जामा स्थानीयले नेपाल पठाउने वस्तुको मूल्य घटाउन आग्रह गरेका थिए । | 0 |
प्रकाश आङदेम्बेको डेब्यु निर्देशन रहेको फिल्म ‘देश खोज्दै जाँदा’ को प्रदर्शन मिति तय भएको छ । लाइन क्रस मुभिजको ब्यानरमा निर्माण भएको फिल्म भदौ ९ मा रिलिज हुने भएको छ । फिल्मको रिलिज मितिसहित निर्माण पक्षले पोस्टरसमेत सार्वजनिक गरेको छ । | 1 |
‘यसपालिको दसैं, जय भोले सँगै’ भन्दै प्रचारप्रसारमा उत्रेको अशोक शर्मा निर्देशित फिल्म ‘जय भोले’ को बिहीबार ट्रेलर सार्वजनिक भएको छ । | 1 |
आयोजक लालीगुराँस नेसनल एकेडेमी र एचएचसीएले चौथो लालीगुराास अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । लालीगुराँस जुनियर ब्वाइज तथा एचएचसीए सिनियर गल्र्समा च्याम्पियन बनेका छन् । | 2 |
अनुगमनका क्रममा अवरोध गर्ने कालीमाटी तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष भरत खतिवडा र अर्का व्यवसायी विमल ढुंगानालाई पक्राउको विरोधमा आज व्यापारीहरुले किसानहरुबाट तरकारी खरिद गरेनन् । | 0 |
पेड्रो रोडरिग्वेजले वेञ्चबाट आउँदै निर्णायक गोल गरेपछि चेल्सीले आइतबार राति अतिरिक्त समयमा लेस्टरलाई २–१ ले हरायो र एफएकपको अन्तिम चारमा प्रवेश गर्यो । | 2 |
नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले अस्ट्रेलियाको बिग–बास लिगमा अर्को उत्कृष्ट प्रदर्शन गरेका छन् । | 2 |
संगीतमा कालीप्रसाद बाँस्कोटा अहिले चर्चित छन् । उनलाई यो स्तरको ख्याति कमाउन धेरै वर्ष कुर्नुपर्यो । तर, कालीकै संगीत र अरेन्जमेन्ट रहेको गीत गाएकी शशी रावल पहिलो प्रयासमै हिट भएकी थिइन् । अहिलेका कालीप्रसाद जत्तिको हिट नभए पनि शशीको गाना ‘चाहना सकियो, बहाना सकियो...’ त्यो बेला धेरै सुनिएको थियो । | 1 |
यो साता कुल कारोबारमा वाणिज्य बैंक आबद्ध बैंकिङ समूहको अंश ५३.२८ प्रतिशत छ । अघिल्ला तीन साताको तुलनामा कारोबार हिस्सा कम हो । | 0 |
किसानलाई सरकारले सीधै अनुदान दिने बजेटको व्यवस्था सार्वजनिक भएसँगै चिनी उद्योगीले किसानलाई दिने भाउ घटाएका छन् । जेठ १६ देखि नै उखुको भाउ घटे पनि सरकारले दिने भनेको अनुदान किसानले पाएका छैनन् । सरकारले गत वर्षका लागि उखुको मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ निर्धाारण गरेको छ । | 0 |
ताराखोला गाउँपालिका २ का अमृत घर्तीको बारीमा फलेको आलु घरमा खान पुगेर बागलुङ बजारमा बिक्री हुन्छ । घर्तीसहित छिमेकीले जिप र ट्रयाक्टरमा आलु बजार पठाउँछन् । | 0 |
इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार चेल्सीले स्वान्सी सिटीलाई १–० ले पराजित गरेको छ । चेल्सीको जितमा एकमात्र गोल सेस फाब्रिगासको नाममा रहयो । यस नतिजासँगै चेल्सीले शीर्ष ४ भित्र अटाउने सम्भावना कायमै राखेको छ । | 2 |
एक्सन हिरोको टयाग पाएका निखिल उप्रेतीले ‘भैरव’ बाट निर्देशन पनि थाले । लामो समयपछिको मुम्बई बसाइँपछि ‘भैरव’ को सफलताले उनलाई पुन: देशमै व्यस्त बनायो । | 1 |
टर्कीबाट आएका जर्मन फुटबलर मेसुट ओजिलले ‘जातिवाद र अनादर’ को सामना गर्नुपरेकाले राष्ट्रिय टिमबाट संन्यास लिएको सोमबार घोषणा गरेपछि सबैभन्दा ठूलो आप्रवासी समुदायसँगको सम्बन्ध चर्किएको छ । | 2 |
सप्तरीको विकाससँग जोडिएको गजेन्द्रनारायण सिंह राजविराज औद्योगिक क्षेत्रमा विवाद चुलिएको छ । विद्युत्, पानी, सुरक्षालगायतका सुविधा नभएको भन्दै उद्योगीहरूले औद्योगिक क्षेत्रमा तालाबन्दी गरेका छन् । | 0 |
जिल्लाका जनजाति युवा मातृभाषाको फिल्म निर्माणमा जुटेका छन् । मौलिक संस्कृति लोप हुन लागेको भन्दै उनीहरूले यस्तो पहल थालेका हुन् । नवलपरासीको पहाडी भेगमा बाहुल्य रहेको मगर समुदायका युवा यस क्षेत्रमा बढी सक्रिय छन् । | 1 |
काठमाडौं विमानस्थल र पर्यटन बोर्डलाई कम्तीमा साढे २५ करोड रुपैयाँ बक्यौता बुझाउन बाँकी रहेको मलेसियाको एयर एसियाले असोज २७ देखि नेपालमा गर्दै आएको उडान बन्द गर्ने भएको छ । | 0 |
शनिबार अष्ट्रेलियाबाट फर्किने क्रममा बिमानमा आफ्ना सहकर्मी हातपात गरेका भारतीय कमेडियन कपिल शर्माले ट्वीटरमार्फत माफी मागेका छन् । रक्सीले मातिएका कपिलले सहकर्मी सुनिल ग्रोभरमाथि हातपात गरेका थिए । ग्रोभर कमेडी नाइट्स वीथ कपिल शोमा डा. गुलाटीको नाममा अभिनय गर्थे । | 1 |
नेपाल नम्बर एक गल्फर शिवराम श्रेष्ठलाई दुई स्ट्रोकले हराउँदै भुवन नगरकोटीले बिहीबार सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप जितेका छन् । | 2 |
ग्रिसेली कथामा आधारित नाटक ‘एन्टिगोनी’ पश्चिम बंगालको बहरामपुरमा बुधबार साँझ मञ्चन गरियो । बहरामपुरको रवीन्द्र सदनमा जारी ‘ऋत्विक अन्र्तराष्ट्रिय नाटक महोत्सव’ मा यो नाटक नेपालका तर्फबाट छानिएको हो । | 1 |
संवादभन्दा धेरै भावभंगिमा । शरीरको चालढाल, हाउभाउ र लचकतामा पश्चिमापन । प्रयोग गरिएका सीमित संवाद पनि अंग्रेजीमै । पोखरा थिएटरमा मञ्चन भइरहेको नाटक ‘अ प्लेस इन माई हार्ट’ मा दर्शकले पश्चिमा स्वाद पाएका छन् । | 1 |
नेपाल विद्युत् प्राधिकरणको ‘ब्याकअप’ का रूपमा रहेको कुलेखानी जलाशय यो वर्ष पनि भरिएन । जलाधार क्षेत्रमा वर्षा भएकाले यो वर्ष कुलेखानी जलाशय भरिने आशा गरिएको थियो । | 0 |
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पूरक बजेट ल्याएर भए पनि वृद्ध भत्ता वृद्धिसहितका लोकप्रिय कार्यक्रम लागू हुने बताएका छन् । तीनदिने भ्रमणका क्रममा नयाँदिल्ली आइपुगेका दाहालले उक्त जानकारी दिएका हुन् । | 0 |
हल्चोकमै शुक्रबार सम्पन्न दसौं सहवीर स्मृति खुला लनटेनिसमा आर्मीका प्रणव खनाल र पुलिस क्लबकी मायांका राणाले उपाधि जितेका छन् । | 2 |
सरकारले फागुन पहिलो सातादेखी कोलकाता हुँदै रेलमार्गबाट नेपाल आउने सामान क्लियर गर्दा पेस गर्नुपर्ने कागजी प्रक्रिया हटाउने भएको छ । कागजी प्रक्रियाको विकल्पमा विद्युतीय काग्रो ट्रयाकिङ प्रणाली (ईसीटीएस) लागू गर्ने भएको छ । | 0 |
चेल्सीले इंग्लिस प्रिमियर लिगमा बर्नलीलाई बिहीबार राति २–१ ले हराएर शीर्ष चारमा रहने सम्भावनालाई जीवन्त राखेको छ । | 2 |
इटहरीमा जारी सातौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टनमा शुक्रबार झापाकी जेशिका गुरुङले राष्ट्रिय च्याम्पियन नङसलदेवी तामाङलाई पराजित गर्दै उपाधिमाथि दाबेदारिता देखाएकी छन् । जेशिकाले आर्मीकी नङशललाई प्रतिस्पर्धात्मक खेलमा १४–२१, २१–१५, २१–१६ ले पराजित गर्दै फाइनल तय गरिन् । | 2 |
फिफा विश्वकप अर्को महिनाबाट रसियामा सुरु हुँदै छ । यसक्रममा विश्वका सर्वाधिक महँगा खेलाडी नेयमर ब्राजिलको टोलीमा परेका छन् । चोटका कारण केही महिनायता विश्राममा रहेका नेयमरले आफू दबाबमा रहेको बताएका छन् । | 2 |
फिल्म साउथ एसियाको एघारौं संस्करणमा यसपालि भारतको ‘सोज : अ बालाड अफ मालाडिज’ र श्रीलंकाको ‘डेमन्स इन प्याराडाइज’ ले बेस्ट फिल्मको अवार्ड जिते । दुई/दुई हजार अमेरिकी डलरसहित तिनलाई ‘रामबहादुर ट्रफी’ प्रदान गरियो । | 1 |
गायक मोहन राई राष्ट्रिय भाव र मायाप्रेमका गीतहरुसहित आएका छन् । उनको दोस्रो एल्बम ‘मायाको खेल’ मा व्याकुल माइला, प्रदीप ज्ञवाली, नव सिलवाल, दिनेश थपलियादेखि मुकेश राई, मनु लोहारुङ राई, राजा घले, दिपेन्द्र शर्मासम्मका गीत छन् । | 1 |
रोल्पामा जारी प्रथम सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबलमा पुरुषतर्फ त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब फाइनलमा पुगेका छन् । | 2 |
सेयर बजार ओरालो लाग्ने क्रम आइतबार पनि थामिएन । केही साताहरूमा निरन्तर जस्तै घटिरहेको नेप्से मंगलबार करिब १५ अंकले घट्यो । अघिल्ला दुई दिन पनि नेप्से परिसूचक घटेको थियो । | 0 |
सेयर बजारमा यो साता १ अर्ब २४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो । पूर्ण स्वचालित विद्युतीय कारोबार सुरु भए पछिको साप्ताहिक कारोबारमध्ये यो सबैभन्दा धेरै हो । | 0 |
अन्तिम ७२ मिनेट दस खलाडीमा समेटिएर पनि संकटा क्लबले एन्फा कम्प्लेक्समा सोमबार जावलाखेल युथमाथि २–० को नतिजा निकाल्दै सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । त्यस्तै एपीएफ र हिमालयन शेर्पाले पनि ३–३ अंक जोडेका छन् । | 2 |
सीजी कामना फिल्म अवार्डस्को चौथो संस्करणको मंगलबार विधागत उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । | 1 |
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शीर्षस्थानको मनाङ मस्र्याङदी क्लबलाई चुनौती दिने ठानिएका संकटा र थ्रीस्टार दुवैले फरक खेलमा शनिबार बराबरी खेल्दै अंक बाँडेका छन् । यसले उपाधि होडमा मनाङको यात्रालाई सहज बनाइदिएको छ । | 2 |
माघ महिनामा पटकपटकको हिउँदे झरीले पृथ्वी राजमार्ग वरपर सञ्चालित ४१ इँटा भट्टामा २० करोड २५ लाख मूल्य बराबरको इँटा क्षति भएको छ । एउटा इँटा भट्टामा करिब १५ लाख बराबरको इँटा पानीले बिग्रेको छ भने जिल्लाका सबैजसो भट्टामा वर्षात्ले पकाउन राखेका सबै काचो इँटा नोक्सान गरेको छ । | 0 |
मिठो मुस्कानका साथ गीतकै चालमा छमछमी नाच्ने गायिका सम्झना भण्डारीले घोराहीमा जारी ‘दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगिक कृषि प्रदर्शनी’ को रौनकै फेरिदिइन् । | 1 |
नेपालको चारवटा धार्मिक रूटमा महिनाको २० हजार भारतीय पर्यटक घुम्न आउने गरेको तथ्यांक भारतीय दूतावासले सार्वजनिक गरेको छ । दूतावासका अधिकारीहरूले एक वर्षभित्रमा नेपाल घुम्न आउने भारतीय पर्यटकको संख्या महिनाको एक लाख नाघ्ने दाबी गरेको छ । | 0 |
‘झमकबहादुर’ फिल्म युनिटले पनि बिहीबार काठमाडौंमा होली मनाएको छ ।
उपत्यकाका विभिन्न स्थानमा भएको होली विशेष कार्यक्रममा ‘झमकबहादुर’ फिल्मका कलाकार तथा प्राविधिकहरु समूहगतरुपमै पुगेका थिए । | 1 |
गर्मी बिदालाई लक्षित गरी धरान बास्केटबल संघको आयोजना तथा जिल्ला बास्केटबल संघको सहयोगमा सञ्चालित तीन हप्ते दोस्रो समर बास्केटबल प्रशिक्षण क्याम्प शनिबार समापन भएको छ । | 2 |
सान्जेन जलविद्युत् कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीको सेयर बाँडफाँट भएको छ । सेयर भर्ने मिति सकिएको १८ दिनपछि आइतबार दुबै कम्पनीको सेयर बाँडफाँट भएको हो । सञ्चयकर्ताले रसुवागढीमा बढीमा ८० कित्ता र सान्जेनमा बढीमा ४० सेयर हात पारेका छन् । रसुवागढीमा ७० कित्तासम्म सेयर भर्ने लगानीकर्ताले मागेअनुसारकै सेयर पाएका छन् । यसको अर्थ ५०, ६० र ७० कित्तासम्म सेयर माग गर्ने सञ्चयकर्ताले सबै सेयर पाएका छन् । | 0 |
आधा दर्जन राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरेको दार्चुलामा खेलमैदान नहुँदा पछिल्लो समयमा खेल गतिविधि ठप्प भएको छ । मैदान र प्रशिक्षक अभावमा यहाँका सबै खेल गतिविधि प्रभावित बन्न पुगेको हो । | 2 |
सडकमा गुडिरहेको बसमा लुम्बिनी र गौतमबुद्धका चित्रहरू सजिएका छन् । विश्वमै जीवित देवी भनेर चिनिने कुमारीको फोटो पनि सबैले देख्ने गरी बसको बाहिरपट्टि बनाइएको छ । | 0 |
खाँदबारी नगरपालिका ४ की रत्नकुमारी राई वृद्धभत्ता लिन झिसमिसेमै उठिन् । खाँदबारी नगरपालिकाले उपलब्ध गराउँदै आएको वृद्धभत्ता लिन उनी बिहीबार बिहान ५ बजे हिँडेर सदरमुकाम आएको बताइन् । | 0 |
नेपाली राष्ट्रिय महिला फुटबल टिम पहिलोपल्ट ओलम्पिक छनोटमा सहभागी हुँदै छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । | 2 |
जेठ २९ मा सिंगापुरमा सम्पन्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका प्रमुख शासक किम जोङ उनबीचको ऐतिहासिक वार्तापछि अहिलेको सारा विश्वको ध्यान रुसतिर मोडिएको छ । बिहीबार रुसको लुजनिकी रंगशालाबाट सुरु २१ औं फिफा विश्वकपमा सारा विश्वको ध्यान केन्द्रित छ । | 2 |
प्रदीप खड्का र जसिता गुरुङको जोडी अभिनीत फिल्म ‘लभ स्टेसन’ को मंगलबार ट्रेलर सार्वजनिक गरिएको छ । रेल स्टेसनमा एउटा रेल छुटे पनि अर्को रेल आएजस्तो लभ स्टेसनबाट छुटेको प्रेमी फेरि फर्केर आउँदैन भन्ने ट्याग लाइनमा फिल्म बनाइएको छ । जसलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । फिल्म चैत २२ देखि देशव्यापी प्रदर्शनमा आउँदै छ । | 1 |
नेपाली टोलीका सेभ द मिसन केशवकुमार विष्टले १८ औं एसियाली खेलकुदमा नेपाललेअहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेका छन् । | 2 |
फिल्मले गतिलो कमाइ गर्न सुपरस्टार हुनै पर्नेजस्तो बाध्यकारी अवस्था अब रहेन । फिल्ममा स्टार नभए पनि मार्केटिङ र कथावस्तु गतिलो छ भने फिल्म चल्न सक्छ भन्ने उदाहरण पछिल्लो एक वर्षभित्र रिलिज केही बलिउड फिल्मले पेस गरिसकेका छन् । | 1 |
घरेलु कोर्टमा पाएको उत्कृष्ट सुरुआतलाई निरन्तरता दिन नसक्दा क्वीक्स बास्केटबल लिगअन्तर्गत हिमालयन हाउन्ड्स टोली मंगलबार विशाल मिलन केन्द्र (बीएमके) सँग पराजित भएको छ । | 2 |
वरिष्ठ फिल्मकर्मी किशोर राना र बलिउड अभिनेता गोविन्दा पुरानै साथी हुन् । १५ वर्ष मुम्बईमा बिताएका किशोरले हिन्दी फिल्मसँगै भोजपुरी फिल्ममा समेत काम गरे । | 1 |
त्यसो त सालिक प्राय: निधनपछि निजको व्यक्तित्व स्मरणका लागि सम्मानस्वरूप सार्वजनिक स्थानमा ठडयाइने गरिन्छ । तर नायक निखिल उप्रेतीले बिहीबार आफ्नै अर्धकदको प्रतिमा उपहारस्वरूप पाए । | 1 |
यति बेला पहिलो सातामा चलिरहेको ‘फाटेको जुत्ता’ ले डेढमहिने विदेश यात्रा सुरु गरेको छ । नोभेम्बर ४ मा अस्ट्ेरलियाको सिडनीबाट प्रदर्शन यात्रा थालेको निकेश खडका निर्देशित उक्त फिल्मले सिडनी र जापानको टोकियोमा हाउसफुल सो सम्पन्न गरेको निर्माता अर्जुनकुमारले जनाएका छन् । | 1 |
गतसातादेखि प्रदर्शनरत फिल्म ‘लाल्टिन’ हेर्न हालै एसएसपी सर्वेन्द्र खनाल कमलपोखरीस्थित कुमारी हल पुगे । उक्त विशेष सोमा एसएसपी खनालसहित पूर्वमेयर केशव स्थापितलगायतका विशेष व्यक्तित्वको उपस्थिति रहेको थियो ।
| 1 |
फिल्म ‘जुभेनायल’ को ट्रेलर र गीत सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा ट्रेलर सार्वजनिक गरिएको हो । यसका साथै शुक्रबारदेखि बागबजारको सिटी म्याक्स हलमा च्यारिटी सो हुने निर्माण पक्षले जनायो । शवनम मुखिया निर्देशक रहेको फिल्म स्कुल तथा कलेजहरूका युवायुवतीलाई लक्षित गरी बनाइएको पत्रकार सम्मेलनमा बताइयो । | 1 |
थाइल्यान्ड वुमन्स ट्वान्टी–२० स्म्यास क्रिकेटमा अपराजित रहँदै गत महिना नेपाली राष्ट्रिय क्रिकेट टोली फाइनल पुगेको थियो । उपाधि भिडन्तमा घरेलु टोलीसँग ठूलो अन्तर (७०) ले पराजित भयो । त्यही थाइल्यान्ड सोमबार सुरु हुने ट्वान्टी–२० र एकदिवसीय विश्वकपको एसियाली छनोटमा नेपालको प्रमुख प्रतिद्वन्द्वी हुनेछ । | 2 |
घरबाट भागेर फुटबल खेल्न निस्कने सूर्योदय नगरपालिका तीनघरेकी एन्जिला तुम्बाफो सुब्बा उमेर १३ पुग्दा त गाउँका दाजुभाइसँग मज्जाले फुटबलमा भिड्ने भइसकेकी थिइन् ।सानै उमेरमा अब्बल खेल्ने क्षमता देखेर दिदी मनिताले सहयोग गर्थिन् । | 2 |
अहिले नयाँ तथा पुराना गीतहरू युट्युबमा सजिलै भेटिन्छन् । मेला–महोत्सवदेखि अन्य कन्सर्टमा नयाँ गीतहरू जति प्रत्यक्ष सुन्न पाइन्छन्, पुराना त्यति सुन्न पाइन्नन् । गायिका ज्ञानु राणाहरूलाई सुन्न मञ्चमा तिनै हुनुपर्छ । | 1 |
गत वर्ष सन्दीप लामिछाने जति चर्चा नेपाली खेलकुदमा सायदै अरु रहे । नेपाली यू–१९ कप्तान बन्दै बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिगको ड्राफ्ट हुँदै इन्डियन प्रिमियर लिग र क्यारेबियन प्रिमियर लिगमा छानिनुका साथै नेपाललाई वान डे अन्तर्राष्ट्रिय मान्यता दिलाउँदा सन्दीपको वाह वाही चुलिएको थियो । | 2 |
सातामा कारोबारको पहिलो दिन सेयर कारोबार मापक नेप्से परिसूचक करिब ४४ प्रतिशतले बढयो । | 0 |
काठमाडौंबाट छोटो र सजिलो पदमार्गमध्येमा लाङटाङ पनि एक हो । यही कारणले लाङटाङमा विदेशी पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ । लाङटाङ जाने पर्यटकले एकै यात्रामा धेरै कुरा हेर्न र घुम्न सक्छन् । | 0 |
बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) सम्मेलनका अवसरमा भारत र नेपालबीच दुई सम्झौता हुने भएका छन् । | 0 |
१५ वर्षदेखि सञ्चालन हँुदै आएको गैंडा संरक्षण फुटबल दसैंपछि सुरु हुने भएको छ । पहिलो हुनेलाई ५ लाख नगद, द्वितीयलाई ३ लाख प्रदान गरिने फुटबल कात्तिक ११ देखि कोल्हुवामा हुने भएको हो । | 2 |
चौरजहारी नगरपालिकाका युवा सामूहिक कृषि तथा पशु उत्पादनमा जुटेका छन् । चौरजहारी–५, ६ र १० नम्बर वडाका युवा मिलेर तरकारी उत्पादन, बाख्रा र भैंसीपालन थालेका हुन् । | 0 |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.