text
stringlengths
71
459
label
int64
0
2
सांगीतिक योगदानका लागि जनस्तरबाटै ‘स्वरसम्राट’ को उपाधि पाएका हुन् नारायणगोपालले । उनै ‘स्वरसम्राट’ को २८ औं स्मृति दिवस मनाउने क्रममा बुधबार स्रष्टाहरूले उनीसँगको संगत स्मरण गरे । नारायणगोपालका मीत गोपाल योञ्जनका दाजु कर्मले मीतभाइको बिहेमा आफू अभिभावक बनेको क्षण साझा गरे ।
1
कला क्षेत्रमा लागेकाहरू सिर्जनशील हुनैपर्‍यो । उनीहरूको सिर्जनशीलता जताततै देखिन सक्छ । जस्तो कि, छोराछोरीको नाम राख्दा । केहीले त आफ्ना घरपालुवा जनावरको नामकरणमा समेत ‘कौशल’ देखाएको पाइयो । उनीहरूले नयाँनयाँ टर्म (शब्दावली) सिर्जना गर्नुका साथै रोचक नामहरू छनोट गर्ने गरेका छन् ।
1
अस्ट्रेलिया राष्ट्रिय फुटबल टोलीका सर्वाधिक गोलकर्ता टिम काहिलले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् । रुसमा गत सात सम्पन्न विश्वकप खेल्दै चौथोपटक विश्वकपमा सहभागिता जनाएका काहिलले राष्ट्रिय टोलीका लागि १ सय ७ खेलेका छन् । ५० गोल गरेका उनी सर्वाधिक गोलकर्ता हुन् ।
2
चिसो साँझमा उस्तादलाई पर्खिरहेका दर्शकश्रोता उनको प्रस्तुतिमा रोमाञ्चित बने । यस्तो हुनु स्वाभाविक थियो, किनभने विश्वकै लोकप्रिय तबलावादक जाकिर हुसेन स्टेजमा थिए । उनका औँला मेसिनभन्दा छिटो चलेको देख्दा दर्शकदीर्घा पटकैपिच्छे ताली बजाउन बाध्य भयो ।
1
बैंकको ब्याजदर विरुद्ध ताप्लेजुङका व्यवसायी आन्दोलित भएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरेले व्यवसायीहरूलाई बैंकले नाङ्गो बनाएकाले आन्दोलन गर्न बाध्य भएको बताए । ८ प्रतिशतमा सम्झौता गरेको ऋणको ब्याज १८ प्रतिशतसम्म पुर्‍याएको उनको दाबी छ । 
0
नेपाल भलिबल संघले राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा जेठ तेस्रो साताबाट आरबीबी(एनभीए महिला क्लब लिग भलिबल आयोजना गर्दै छ ।
2
सर्ट फिल्म प्रवद्र्धनका लागि सन् २०१३ देखि आयोजना हुँदै आएको काठमाडौं सर्ट फिल्म फेस्टाको तेस्रो संस्करण यस वर्ष हुने भएको छ ।
1
नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिन (टीबीए) प्रयोग गरी निर्माण थालिएको  भेरी–बबई डाइभर्सन बहुद्देश्यीय आयोजनाको सुरुङ खन्ने काम करिब २० प्रतिशत सकिएको छ । आयोजनाका अनुसार अहिलेसम्म २ हजार ३ सय मिटर सुरुङ खनिएको छ । सुरुङ खन्ने काम साढे तीन महिनाअघि सुरु भएको हो ।
0
मोबाइल सेवाका लागि अनुमतिको नवीकरण गर्ने मिति नजिकिँदै गए पनि सरकारले नवीकरण शुल्क कति लिने निर्णय गर्न सकेको छैन । सरकारी स्वामित्वको नेपाल टेलिकमले मोबाइल सेवाका लागि तेस्रो पटक नवीकरण गर्ने म्याद वैशाखमा सकिँदै छ ।
0
अर्गानिक उत्पादनको नाममा कारोबार गर्ने चलन बढदो छ । उपत्यकामा टोलैपिच्छे यस्ता पसल भेटिन थालेका छन् । उपभोक्ताहरू अर्गानिक उत्पदानमा आकर्षित भइरहेको मौका छोपी व्यापारीले जथाभावी अर्गानिकको नाममा नाफा कमाउन थालेका हुन् । 
0
कर्णाली स्पोर्टस क्लब जुम्लाका धावक दुर्गाबहादुर बुढाले भैरहवामा बुधबार आयोजित १२ किलोमिटर दौडको उपाधि जितेका छन्  ।
2
विराटनगर किंग्सले रूस्लान धनगढी प्रमियर लिग (डीपीएल)-३ मा पहिलो जित हात पारेको छ । बुधबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा धनगढी स्टार्ससँग भएको खेलमा विराटनगरले २१ रनको जित हात पारेको हो । धनगढीको यो लगातार तेस्रो हार हो । हारसँगै धनगढी दोस्रो चरणमा पुग्ने सम्भावना कमजोर बनेको छ ।
2
नेपाली एमेच्यार गल्फर शुक्रबहादुर राई र प्रतिमा शेर्पा १२ औं फाल्डो सिरिज एसिया ग्रान्ड फिनालेमा भाग लिन सोमबार भियतनाम गएका छन् । 
2
बजारमा चहलपहल निकै छ । यसले राम्रै व्यापार भइरहेको हुन सक्ने अनुमान लगाउन सकिन्छ । तर, विभिन्न सामानको मूल्य बढेकाले दसैंको बेलामा पनि किनमेल गर्नेको संख्या घटेको विक्रेता बताउँछन् ।
0
घरछेउको भित्तामा रुखका मुढासँग भेटिएका इलाम नगरपालिका ८ सिङफ्रिङका ज्ञानेन्द्र सुवेदी पसिना पुछदै देखिन्थे । छिमेकी उमा भण्डारीको धपेडी पनि आगोसँगै थियो । सन्दकपुर ५ का लोकेन्द्र साँवा हुन् या माइजोगमाई ६ प्याङका भीम थेवे काँचो दाउरा झोसेर धूवाँमा रुमिलिएका भेटिए ।
0
इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार आर्सनलले एभरटनलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको छ ।
2
‘इमेज लोक कलाकार’ प्रतियोगिताको पहिलो संस्करणमा पाल्पाकी अञ्जना सारु मगर विजयी भएकी छन् । उनले पुरस्कारस्वरूप एक लाख रुपैयाँसहित अडियो–भिजुअल रेकर्डिङ लगायतका अफर प्राप्त गरेकी छन् ।
1
मिस नेवा: इशु श्रेष्ठ पुस्तकालय निर्माण अभियानमा जुटेकी छन् । हालै उनले कमलपोखरीस्थित कमलनारायण निमाविमा पुस्तकालय बनाएकी छन् ।
1
सिन्धुपाल्चोकमा निर्माणाधीन १ सय २ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाले १ करोड ४४ लाख कित्ता सेयर जारी गर्ने भएको छ  । मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडको कुल जारी पुँजीको यो २४ प्रतिशत हो  ।
0
परामर्शदाता कम्पनीको लापरबाहीले नलगाड हाइड्रोपावर विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माणमा ढिलाइ भएको छ । परामर्शदाता कम्पनीले डयाम, टनेल र पावरहाउस डिजाइनका साथै आर्थिक तथा प्राविधिक, वातावरणीय प्रतिवेदनलगायत कार्य गर्न ढिलाइ गरेको छ ।
0
विश्वका ११२ देशसँग नेपालको व्यापार घाटा रहेको तथ्यांक सार्वजनिक भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पछिल्लो तीन महीनाको विवरणमा विश्वका १४० देशमध्ये २८ देशसँग मात्रै नेपालको व्यापार नाफामा रहेको छ भने ११२ देशसँग घाटा रहेको छ । 
0
अरुण तेस्रो जलविद्युत् आयोजना प्रभावित क्षेत्र नुमका दुर्गाबहादुर पराजुली अब परियोजना निर्माण हुनेमा ढुक्क छन् । शुक्रबार साँझ नेपालका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले एकैसाथ परियोजना शिलान्यास गरेपछि स्थानीयमा खुसी छाएको छ ।
0
‘लुट’ को हाकु कालेबाट सौगात मल्लले जीवन्त अभिनय गर्ने अभिनेताको पहिचान बनाए । थिएटर पृष्ठभूमि हुनुको नाताले सौगातप्रति विश्वास अधिक थियो । तर उनका पछिल्ला फिल्महरूले दर्शकको उक्त भरोसामाथि तुषारापात गरिदिएको प्रतीत हुन्छ ।
1
लिग विजेता मनाङ मस्र्याङ्दी क्लब आयोजक राष्ट्रिय जागृति (राजा) क्लबलाई २–१ ले हराउँदै मदन भण्डारी अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । 
2
साफ च्याम्पियनसिप २०१८ को समूह 'ए' को अन्तिम खेल शनिबार हुँदै छ । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा आज अपरान्ह भुटान विरुद्ध पाकिस्तान र राति नेपाल विरुद्ध बंगलादेशबीच खेल हुँदै छ ।
2
जिम्बावे शनिबार जाँदै गर्दा नेपाली क्रिकेट टोलीसँग ठूलो लक्ष्य छ । विश्वकप छनोट २०१९ को विश्वकपको यात्रा पनि हो । शीर्ष दुई टिम विश्वकपमा पुग्नेछन् । छनोट खेलेर हरारेबाट अर्को महिना फर्किदासम्म नेपालले वान–डे मान्यता प्राप्त पाउन पनि सक्छ । 
2
क्रिकेटको पछिल्लो फर्म्याट टी–१० लिग खेल्न नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने आइतबार दुवई प्रस्थान गर्दैछन् । टी–१० लिगमा सन्दिपले केरला किङसबाट खेल्दैछन् । केही समयअघि भएको अक्सनमा केरलाले उनलाई ३० हजार डलरमा अनुबन्धित गरेको थियो । 
2
जिल्लाका नाम चलेका ठूला होटल, सिनेमा हल, सपिङ मल, प्लाजादेखि कम्पेक्ससम्मले काठमाडौं महानगरपालिका (महानपा) लाई घरजग्गा कर नतिरेको भेटिएको छ ।
0
राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीलाई गृहजिल्लामा स्वागत र सम्मान गरिएको छ । बागलुङ नगरपालिका, जिल्ला खेलकुद विकास समिति र स्थानीय खेलाडीलगायतले करणलाई सम्मान गरे । बागलुङ नपा ८ सिगानाको लामिचौर घर भएका २६ वर्षे करणले देशको नाम उँचो बनाउन सफल भएको भन्दै ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो ।
2
हरेक व्यक्तिको जीवनशैली फरक–फरक हुन्छ । आफ्नो आम्दानीअनुसार मानिसले खर्च गर्छ । त्यहीअनुरूप बजेट बनाएर दिनचर्या निर्वाह गर्छन् । तर, जब तपाई धनाढय र बढी समृद्ध हुनुहुन्छ, तपाईको जीवनशैली पनि त्यहीअनुरूपको हुनु स्वाभाविक हुन्छ ।
0
अलग अभियानले यसपटक वरिष्ठ लोकगायिका तीर्थकुमारी थापा र लेखक डा. विष्णु राईलाई प्रस्तुत गर्‍यो । गायिका थापाले ‘डाँडामाथि बिहानै घाम लाग्यो...’, ‘म त खाँदिनँ कुवाको पानी...’, ‘दाइ कहाँको...?’ लगायतका गीत सुनाइन् । उनलाई युगल गायनमा गायक/संगीतकार रत्न बेहोसी बज्राचार्यले साथ दिएका थिए ।
1
सरकारले धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ४ सय ६० रुपैयाँ ५७ पैसा निर्धारण गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले मोटा धानको न्यूनतम मूल्य २ हजार ३ सय ३१ रुपैयाँ २२ पैसा र मध्यमको २ हजार ४ सय ६० रुपैयाँ ५७ पैसा निर्धारण गरेको हो ।
0
स्पेनिस ला लिगा अन्तर्गत शनिबार बार्सिलोनाले लेगानेसलाई ३–१ ले पराजित गरेको छ । स्टार फरवार्ड लियोनेल मेसीले ह्याट्रिक प्रहार गरेपछि बार्सिलोनाले सहज जित हासिल गरेको थियो ।
2
तीन दशकअघि सरुभक्तले एउटा पाण्डुलिपि त्यसै थन्क्याए । बूढापाकाले सुनाउने तिलस्मी कथालाई दुरुस्तै उतारेसरि नाटक कापीका पानामा उतारियो, रंगमञ्चमा उतारिएन । सुन्नेलाई सुनको माला भएन । भन्नेलाई फूलको माला थिएन । कथा वैकुण्ठ गएन ।
1
वित्तीय संस्थाको संख्या घटाएर गुणस्तर वृद्धि गर्ने उद्देश्य विपरीत राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको संख्या बढाएर करिब सवा सय पुर्‍याउन लागेको छ । यही क्रममा हालसम्म राष्ट्र बैंकले ९२ वटा संस्थालाई सञ्चालन अनुमति दिइसकेको छ ।
0
पल्सर स्पोर्ट्स अवार्ड २०७४ लाई डिस मिडिया नेटवर्कको डिसहोम एक्सन स्पोर्ट्सले पनि साथ दिने भएको छ । त्यसका लागि अवार्डको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र डिस मिडियाबीच बिहीबार सम्झौता भयो ।
2
किरात धार्मिक स्थल माङसेबुङमा आउँदो मंसिर ८ देखि आत्मानन्द लिङदेन गोल्डकप सुरु हुने भएको छ । 
2
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरणको खेल तालिका सार्वजनिक गरेको छ । 
2
बूढीगंगा जलविद्युत् आयोजनाले पछिल्लो समयमा निर्माणपूर्वको कार्य तीव्र गतिमा अघि बढाएको छ । २०७३ सालमा अध्ययन सम्पन्न भई २०७६ सालमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको जलविद्युत् आयोजनाको अबको दुई महिनामा डीपीआर तयार भइसक्ने आयोजना कार्यालयले दाबी गरेको छ ।
0
साफ च्याम्पियनसिप २०१८ को समूह 'बी' को पहिलो खेलमा भारतले श्रीलंकालाई २-० गोल अन्तरले हराएको छ ।
2
सन् २०१८ को पहिलो ८ महिनामा हवाई मार्ग हुँदै नेपाल आउने पर्यटकको संख्या ६ लाख ८० हजार पुगेको छ ।
0
विगत केही वर्षयता बढ्दो व्यापार घाटा भारतका लागि चिन्ताको विषय बन्दै गए पनि नेपालसँगको व्यापार अत्यधिक नाफामा रहँदै आएको छ । भारतको वाणिज्य मन्त्रालयका अनुसार सन् २०१७ मा भारतको नेपालसँगको व्यापार ६.१ अर्ब डलर ‘सरप्लस’ थियो ।
0
पुनर्निर्माणपछि अहिले लाङटाङका घरहरू एक घर, एक होटलजस्तै भएका छन् । भूकम्पपछि पुनर्निर्माण गरिएका ८५ प्रतिशतभन्दा बढी घरमा स्थानीयले होटल सञ्चालन गरेका छन् ।
0
नेपाली कलाहरूको चीनमा प्रदर्शनी गरिएको छ । सातौं चीन–दक्षिण एसिया अन्तर्राष्ट्रिय कल्चरल फोरमले आयोजना गरेको कला आदानप्रदान प्रदर्शनीमा नेपाल कल्चर वल्र्ड नेटमार्फत नेपालको प्रतिनिधित्व गर्दै आठ चित्रकारका कला चीन पुगेका हुन् ।
1
हरियो तरकारीको उत्पादन बढे पनि लगातार वर्षाका कारण तीन साताको फरकमा मूल्य दोब्बर भएको छ । धनकुटा, तेह्रथुम, संखुवासभा, उत्तरी मोरङ र सुनसरीको उत्तरी क्षेत्रका किसानले उत्पादन गरेका हरियो तरकारी बजारमा पुर्‍याउन नसक्दा मूल्य बढेको हो ।
0
नेपाली महिला राष्ट्रिय फुटबल टोलीले फेरि भारतविरुद्ध खेल्ने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले सन् २०२० ओलम्पिकअन्तर्गत बुधबार क्वालालम्पुरमा निकालेको एसियाली छनोट ‘ड्र’ अनुसार दोस्रो चरणमा यी दुई छिमेकीबीच भेट हुने भएको हो ।
2
गत वर्षका फिल्म अवार्डका नतिजा निकै विवादित रहे । यस वर्षको सुरुवाती एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार पनि सहभागी केही फिल्मकर्मीको अवार्ड ‘बहिष्कार’ का घटनाले विवादरहित हुन सकेन । नेपाल चलचित्र संघले अमेरिकामा भदौ १७ मा आयोजना गर्न लागेको नेम्पा अवार्ड भने विवादरहित हुने दाबी गरेको छ ।
1
(काठमाडौं)- नम्बर एक नेपाली प्रो शिवराम श्रेष्ठ गोकर्ण गल्फ क्लबमा भइरहेको सूर्य नेपाल सेन्ट्रल ओपन गल्फमा स्ट्रोकको अग्रता लिँदै उपाधि नजिक पुगेका छन्  । उनले प्रतियोगिताको तेस्रो दिन बुधबार तीन अन्डर ६९ स्कोर गर्दै अन्तिम चरणको खेलअघि १२ अन्डर २ सय ४ को कार्ड बनाए  ।
2