text
stringlengths 71
459
| label
int64 0
2
|
---|---|
अघिल्लो दिनको तुलनामा मंगलबार सेयर बजारमा नेप्से परिसूचक कारोबार रकम दुवै बढे । अघिल्लो दिनको तुलनामा परिसूचक ३३.६१ अंकले बढेपछि समग्र नेप्से १ हजार ३ सय ३१.१८ विन्दुमा पुगेको छ । | 0 |
हरेक दुई घण्टाको फरकमा नायिका केकी अधिकारीको सेल फोनमा यही घण्टी बज्छ । यसलाई सुन्नेबित्तिकै उनी जहाँ जे गर्दै भए पनि पानीको खोजी गर्न पुग्छिन् । तिर्खा लागेको होस् या नहोस् । फोनमा अलार्म बजेपछि पानी अनिवार्य पिउनैपर्छ उनलाई । खासगरी गर्मी मौसममा पानीको मात्रा प्रशस्तै लिनुपर्ने हुँदा उनी सेड्युलअनुसार चलेकी छन् ।
| 1 |
तामाङ भाषाको कथानक फिल्म ‘सेर्कु’को २ वटा गीतको भिडियो सार्वजनिक गरिएको छ । दुईमध्ये एक आधुनिक शैलीको थिम सङ रहेको छ अर्को चाहिँ डम्फुरे गीतमा आधारित । डम्फूरे गीत जीवन बम्जन तामाङले लेखेका छन् भने संगीत र स्वर आरबी लामा दिएका छन् । | 1 |
लोकरक ब्याण्ड नेपथ्यले बुटवलमा कन्सर्ट गर्ने भएको छ । फागुन १४ गते शनिबार त्यहाँस्थित कालिका माध्यमिक विद्यालयको खुला प्राङ्गणमा टोलीले कन्सर्ट प्रस्तुत गर्न लागेको हो । | 1 |
ओलम्पियन शिरिष गुरुङले तेस्रोपटक पोखरामा भएको ओपन वाटर पौडी प्रतियोगिताको उपाधि जितेका छन् । फेवातालमा शुक्रबार भएको प्रतियोगिताको आठौं संस्करणमा नेपाली सेनाका तर्फबाट प्रतिष्पर्धा गरेका गुरुङले निर्धारित २.५ किलोमिटर दुरी २१ मिनेट ३२.६७ सेकेण्डमा पार गर्दै पहिलो भएका हुन् । | 2 |
विश्वकप फुटबलअन्तर्गत सोमबार भएको फ्रान्स र क्रोएसियाबीचको फाइनल खेल कस्तो रहयो ? त्रिभुवन आर्मी क्लबका फुटबल प्रशिक्षक नवीन न्यौपानेको विश्लेषण । | 2 |
अन्यत्र कमै भए पनि नेपाल र भारतमा बिहेपछि नायिकाहरूको फिल्मी करिअर लगभग समाप्त हुन्छ । सोबिजको यस क्षेत्रमा नायिकालाई ग्ल्यामरसँग दाँजिने भएकाले पनि बिहेपछि फयान फ्लोइङ घट्ने गर्छ । | 1 |
अफगानिस्तानसँग खेल्ने तयारी गरिएको मैत्रीपूर्ण फुटबल खेल रद्द भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मङ्सिर २७ गते अफगानिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको मिति तय गरेको थियो । | 2 |
बंगलादेशले पाँचौं साफ वुमेन्स च्याम्पियनसिपमा बिहीबार भुटानलाई २—० ले पराजित गरेको छ । यससँगै तीन टिम रहेको समूह ‘ए’बाट एक खेल बाँकी छँदै नेपाल र बंगलादेश सेमिफाइनल प्रवेश गरेका छन् । सहिद मैदानमा भएको खेलमा बंगलादेशले दुवै गोल दोस्रो हाफमा गरेको थियो । | 2 |
जुगल गाउँपालिका ३ स्थित तेम्बाथानका वाङ लामा शेर्पाले सुरुमा बाख्रापालनमा गरे । सोचे जस्तो आम्दानी गर्न सकेनन् । बजार नजिक नहुँदा खसीबोका बिक्री गर्न समस्या भयो । गाउँमा यातायातको सुविधा छैन । | 0 |
युरोपेली च्याम्पियन्स लिगको बुधबार राति भएका अन्तिम १६ को पहिलो लेगको खेलमा रियल म्याड्रिड र लिरभपुलले प्रभावशाली जित निकालेका छन् । रियलले घरेलु मैदानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई ३–१ ले हरायो । | 2 |
इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष लामा टेण्डी शेर्पाको संयोजकत्वमा ९ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ । | 2 |
‘बिरामी हुँदा सजिलो होला भनेका थियौं । फेरि जहाज आउनै छाड्यो । पहिला पनि हामी जहाज चढेर गएका थियौं । लामो समय एयरपोर्ट चलेन । अब बुढेसकालमा सेवा पाइन्छ भनेको फेरि रोकियो ।’ यी भनाइहरू बलेवाकी ७७ वर्षीया मानकुमारी खड्काको हो । | 0 |
नेपालका युवा सनसनी बलर सन्दीप लामिछानेले अस्ट्रेलियाको बिग बास क्रिकेट लिग खेल्ने भएका छन् । उनलाई मेलबर्न स्टार्सले आउँदो सिजनका लागि लिएको हो । | 2 |
उनलाई बिहान बेलुका पेट भर्न समस्या थियो । मजुवा खानीको क्यान्टिनमा काम गर्थे । त्यहीँबाट आम्दानी भएको रकमले परिवार पाल्ने गरेका थिए । क्यान्टिनबाट फालिएका खाद्य वस्तुहरू खुवाउनका लागि उनले एउटा बाख्रा पालेका थिए । | 0 |
वियोगान्त प्रेम कथामा आधारित लोकदोहोरी गीत 'सुन कथा' सार्वजनिक गरिएको छ । चन्द खत्रीको लय/शब्द, गायक ईश्वर सिंह र चर्चित गायिका कालिका रोकाको आवाजमा सजिएको गीत शितल सिजन डिजिटलले युट्युवमार्फत् सावर्जनिक गरेको हो । | 1 |
होलीको रौनकले राजधानीका नाटकघरहरूलाई पनि छोयो । बिहीबार दिनभर रंगकर्मीहरू होलीमा व्यस्त भए । शिल्पी थिएटरमा रंगकर्मी मात्रै नभई साहित्यकारहरू पुगे ‘होली उत्सव’ मा रम्न । संस्कृतिविद् सत्यमोहन जोशीले सबैलाई रंग लगाइदिँदै आशीर्वाद दिए । | 1 |
भूकम्पले पुर्याएको क्षतिपछि सरकारी तवरबाट पुनर्निर्माण कार्य सुस्त भइरहेकोमा आलोचना भइरहेका बेला जनस्तरको सहयोग भने तारिफयोग्य रहँदै आएको छ । | 1 |
बुटवल ब्लास्टर्सले नमस्ते पोखरा प्रिमियर लिगमा लगातार दोस्रो विजय हात पारेको छ । आइतबार पोखरा टाइटन्सलाई ३३ रनले पराजित गरी बुटवलले विजय यात्रालाई जारी राखेको हो । | 2 |
हरिवंश आचार्य नेपालीहरुको लागि नयाँ नाम होइन् तरपनि आइतबार उनले कलाकारिताको उत्कृष्ट उदाहरण दिएर यहाँका नेपालीहरुलाई नतमस्तक बनाइदिए । | 1 |
नायिका श्वेता खड्काले बनाएको फिल्म ‘कान्छी’ को बिहीबार नयाँ गीत ‘चरी चट्ट परी...’ को भिडियो रिलिज गरिएको छ । राजनराज सिवाकोटीको रचना तथा संगीत रहेको उक्त गीत सिवाकोटीले अञ्जु पन्तसँग मिलेर गाएका हुन् । | 1 |
मापदण्ड पुगेका बैंक तथा वित्तीय संस्थाले एकै पटक संस्थापक सेयर सर्वसाधारण समूहमा परिवर्तन गर्न नपाउने भएका छन् । | 0 |
नाइट चेस क्लब काँकडभिट्टाको आयोजनामा शनिबारदेखि पीबी थापा स्मृति राष्ट्रिय खुला रेटिङ बुद्धिचाल हुने भएको छ । | 2 |
नौ महिनायता करिब २ अर्ब मूल्यको चिया भारत निर्यात भएको छ । मेची भन्सार कार्यालयका अनुसार २ अर्बको १ करोड ५७ किलो चिया भारत निर्यात भएको हो । १ अर्ब २४ करोड मूल्य बराबरको करिब ३५ लाख किलो अर्थोडक्स र ७१ करोड ५३ लाख मूल्यको करिब ७० लाख ७३ हजार किलो सीटीसी चिया निर्यात भएको छ । | 0 |
कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले दुग्ध पदार्थमा देखिएको मिसावटलगायतको विकृति अन्त्य नभएसम्म अनुगमन जारी रहने बताएका छन् । | 0 |
चन्द्रपुर नगरपालिका ३ महादेवडाँडाकी ४९ वर्षीय सानीमाया तामाङ शनिबार मकै बेच्न चन्द्रनिगाहपुर बजार पुगिन् । मकै बिक्रीपछि प्राप्त रकमले उनी चामल किनेर फर्किइन् । | 0 |
सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्न सरकारले लिएको लक्ष्य सजिलो नभएको विज्ञहरूले बताएका छन् । कान्तिपुर कन्क्लेभको सोमबारको सत्रमा बोल्दै सरोकारवालाहरूले सन् २०३० को लक्ष्य हासिल गर्न नेपालले विभिन्न पक्षमा विचार गर्नुपर्ने धारणा राखे । | 0 |
विराटनगर जुट मिल्सको सेयर विवाद सुल्झिएको छ । २०६६ जेठ २७ गतेको साधारणसभाले गरेको निर्णयअनुसार सरकारका नाममा ६८ प्रतिशत सेयर कायम गरेपछि विवाद सुल्झिएको हो । | 0 |
हिमाली जिल्ला मनाङमा सबैभन्दा पहिले यार्चागुम्बु संकलनका लागि खुला गरिएको नम्ग्याखर्कमा यसपालि कडाइ गरिएको छ । नम्ग्याखर्क तत्कालीन ताचैबगरछाप, नार र चामे गाविसको सीमा क्षेत्र हो । | 0 |
पुष्कर शमशेरको कालजयी कथा ‘परिबन्द’ लाई रंगकर्मी प्रवीण खतिवडाले नाटय रूपान्तरण गरे । उनैले निर्देशन गरेको नाटकले प्रशंसा पायो । त्यही नाटक ‘सर्जमिन’ अहिले पूर्वका विभिन्न सहरमा मञ्चन भइरहेको छ । मण्डला थिएटर नेपालका कलाकारहरूद्वारा अभिनीत नाटक आइतबार र सोमबार परिवर्तन थिएटरको आयोजनामा झापाको धुलाबारीमा प्रदर्शन गरियो । | 1 |
धर्मकर्मका कुरा यसै पनि संवेदनशील मानिन्छन् । त्यसमाथि धर्म परिवर्तनलाई ठूलै इस्युका रूपमा लिने चलन छ । यद्यपि, कुन धर्म मान्ने भन्ने कुरा व्यक्तिको निजी आस्था र निर्णयमा भर पर्ने विषय हो । विश्वका थुप्रै नाम चलेका कलाकर्मीले धर्म परिवर्तन गरेका रहेछन् । केहीले त पटक–पटक धर्म परिवर्तन गरेका पनि छन् ।
| 1 |
मुलुकभित्र प्रयोग भएका ९५ प्रतिशतभन्दा बढी विषादीले समस्या समाधान गर्नेभन्दा बढाउने गरेको भेटिएको छ । मानव, पशु, वन्यजन्तु, पानीको स्रोत, माटो तथा हावामा मिसिएर विषादीले समस्या बढाएको सम्बद्ध निकायले जनाएको छ । | 0 |
दसैंका लागि ६ दिनमा मात्रै करिब ६२ हजार भित्र्याइने भएको छ । खाद्य संस्थान र चौपाया व्यवसायी संघ कलंकीले उक्त परिमाणको खसीबोका र च्यांग्रा भित्र्याउने जनाएको हो । | 0 |
मिस नेपाल वल्र्ड शृंखला खतिवडाले ‘मिस वर्ल्ड , २०१८’ मा दुइटा अवार्ड जितेकी छन् । चीनको सान्यामा भइरहेको प्रतियोगितामा सोमबार ‘ब्युटी विद पर्पस’ र ‘मल्टी मिडिया’ क्याटेगोरीमा उनले १ सय १७ सुन्दरीलाई पछि पारेकी हुन् । | 1 |
चलचित्र 'रज्जा रानी'को बिहीबार जनकपुरमा प्रिमियर शो गरिएको छ । शुक्रबार एकैसाथ नेपाली र मैथिली भाषामा रिलिज हुने उक्त चलिचत्रको प्रिमियर शोमा नायिका केकी अधिकारी, नायक नाजिर हुसेन पनि सहभागी थिए । पश्चिम तराईको जनजाति समुदायको प्रेमकथामा निर्माण भएको हो उक्त चलचित्र । | 1 |
लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा रमपम झापा ११ लाई १–० ले पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब उपाधि नजिक पुगेको छ । | 2 |
विवादास्पद दिगम्बर झाले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षका रूपमा पदबहाली गरेका छन् । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले झालाई आइतबार मन्त्रालयमा शपथ खुवाएपछि झाले आफ्नो काम सुरु गरेका हुन् । | 0 |
इटहरीमा सोमबार सम्पन्न तेस्रो यू–१९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेटको उपाधि प्रदेश २ टिमले जितेको छ । उसले आयोजक इटहरी क्रिकेट एकेडेमीलाई फाइनलमा १ सय १९ रन अन्तरले हराएको हो । | 2 |
‘पहेँलो दाल छ भने पाऊँ न,’ खानासित हरियो खुर्सानी कुटुक्क टोक्दै भारतीय गायक कुमार सानुले भने, ‘नेपाली खाना खुब मनपर्छ ।’
| 1 |
दक्षिण एसिया क्षेत्रको विश्वकप मानिने साफ च्याम्पियनसिपमा नेपाल सधैं अभागी सावित हुँदै आएको छ । राष्ट्रिय पुरुष टोली गत साता बंगलादेशबाट चौथोपल्ट सेमिफाइनलमा रोकिएर घर फर्कियो । यो नै नेपालको अहिलेसम्मको सफल प्रदर्शन पनि रह्यो । | 2 |
चैनपुरमा हुन लागेको प्रदेश १ स्तरीय मेयर गोल्डकप फुटवलका लागि खेलमैदान व्यवस्थित गर्न आयोजक जुटेका छन् । | 2 |
नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी सो ‘रियो छमछमी ३’ मा उत्कृष्ट १० प्रतिस्पर्धी छनोट भएका छन् । कोहलपुरका रोशन विश्वकर्मा बाहिरिएपछि बाँकी १० जना बीच प्रतिस्पर्धा हुने भएको हो । मेगा अडिसनका लागि २ सय ७५ प्रतियोगी राजधानी आएका थिए । | 1 |
त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ पुष्पलाल स्मति खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा लगातार सातौंपल्ट च्याम्पियन भएका छन् । | 2 |
गायिका योजना पुरीको 'सपक्कै सारी सप्को पारेर' बोलको तीज गीत सार्वजनिक भएको छ । कमल सरगमको शब्द,एकनारण भण्डारीको लय रहेको यो गीतमा पुरीको आवाज छ । | 1 |
धितोपत्र बोर्डले कमजोर कम्पनीले सेयर निकाल्न नपाउने व्यवस्था गरेको छ । बोर्डका अनुसार सबैभन्दा कम रेटिङ पाउने कम्पनीले प्राथमिक निष्कासन (आईपीओ) जारी गर्न नपाउने भएका हुन् । | 0 |
धितोपत्र बजारमा सामूहिक लगानीका लागि स्थापना भएका १३ म्युचुअल फन्डमध्ये साताको प्रतिएकाइ मूल्य बजार मूल्यभन्दा कम रहेको छ । | 0 |
मानव स्वभाव अनौठो ! कोही चिप्लिएर लड्दा मरीमरी हाँस्ने । त्यसमाथि पनि सेलेब्रिटी चिप्लिनु त हाँसो मात्रै नभएर लज्जाकै विषय बन्छ । बलिउड अभिनेत्री काजोलकै कुरा गरौं । | 1 |
वरिष्ठ गायक योगेश वैद्य र गायिका रिता महर्जन नेपाल भाषाका एल्बमसहित आएका छन् । योगेशको स्वर रहेको ‘फर्गटन मेलोडिज’ र रिताको ‘रिता एट हर बेस्ट’ गरी दुइटै एल्बमका गीत वरिष्ठ साहित्यकार एवं नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठले लेखेका हुन् । | 1 |
विकास बैंक र फाइनान्स कम्पनीको कर्जा र निक्षेपबीचको ब्याज अन्तर (स्प्रेड) सम्बन्धमा केन्द्रीय बैंक लचिलो बनेको छ । | 0 |
रेडस्टार क्लब झापाले पाथीभरा गोल्डकपको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा आफ्नै जिल्लाको न्यु स्टार क्लबलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै रेडस्टार उपाधि चुम्न सफल रह्यो । | 2 |
पेट्रोलियम पदार्थ आयात गर्दा लकिङ प्रणाली (टयांकरमा ताला) सुरु गरेको आयल निगमले दोस्रो चरणमा आफनो डिपोबाट पेट्रोलपम्पसम्म हुने ढुवानीमा पनि त्यसलाई लागू गर्ने तयारी गरेको छ । ढुवानी क्रममा हुने चोरी, चुहावट र मिसावट नियन्त्रण गर्दै पेट्रोलियम व्यापारलाई स्वच्छ बनाउन यस्तो प्रणालीलाई मुलुकभर विस्तार गर्न लागिएको हो । | 0 |
यू–१५ का शीर्ष वरीयताका प्रिन्स दाहाल र रसिला महर्जन राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टनको उपाधि नजिक पुगेका छन् । प्रिन्सले बिहीबार यू–१९ एकलतर्फ दोस्रो वरीयताका रुकेश महर्जनलाई २१–१३, २१–१७ ले र यू–१५ एकलतर्फ हिमाल चन्दलाई २१– ६, २१–२ ले हराएर दुवै इभेन्टको फाइनल तय गरेका छन् । | 2 |
यो धेरै पुरानो चीनको कथा हैन । सन् १९८० को दशक, जतिबेला चीन सांस्कृतिक क्रान्तिको गम्भीर धक्काबाट उठ्ने कोसिस गर्दै थियो । यस्तो संक्रमणकालमा युवाहरूको पलायनवादी मानसिकता कस्तो हुन्छ ? चेन क्याक्सिन निर्देशित चिनियाँ फिल्म ‘अमेरिकन ड्रिम्स इन चाइना’ ले यस्तै मानसिकतालाई उजागर गर्छ । तर फिल्म भने राष्ट्रवादी धारमा अडिएको छ । | 1 |
भीरकोटको स्वरेकमा बिहीबारदेखि पाराग्लाइडिङको एक्युरेसी विश्वकप हुने भएको छ । | 2 |
माथिल्लो कर्णाली आयोजनाका लागि लगानी जुटाउन असफल भारतीय कम्पनी जीएमआरसँग भएको आयोजना विकास सम्झौता (पीडीए) बारे लगानी बोर्ड अनिर्णीत देखिएको छ ।जीएमआरले २०७१ असोज २ गते पीडीए सम्झौता गरेयता लगानी जुटाउन दुईपटक म्याद थप गरिएको छ । | 0 |
१८ औं एसियाली खेलकुदमा पदक आस गरिएको जुडोका इन्द्रबहादुर श्रेष्ठ पहिलो खेलमा पराजित भएका छन् । जेसीसी हलको म्याट नम्बर एकमा खेलेका इन्द्रबहादुर उत्तर कोरियाली प्रतिद्वन्द्वी ह्योङ उन किमसँग टिक्न सकेनन् । | 2 |
करिब छ वर्षदेखि देशभर मोबाइल सेवा विस्तार गर्ने प्रयास गरिरहेको सीजी कम्युनिकेसनलाई नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो कदमले थप अप्ठयारो पारेको छ । | 0 |
साम क्युरानले ६ छक्का र जोस बटलरको आकर्षक ६३ रनको सहयोगमा इंग्ल्यान्डले माथिल्लो क्रमको ब्याटिङ धराशायी भए पनि श्रीलंकाविरुद्ध दोस्रो टेस्टको पहिलो इनिङ्समा बुधबार २ सय ८५ रन बनाएको छ । | 2 |
बूढी राप्ती खोला किनारमा बुधबार बिहान सात बज्दा नबज्दै चहलपहल सुरु भइसकेको थियो । चितवन राष्ट्रिय निकुञ्ज छिर्ने मुख्य प्रवेशद्वार सौराहा आडैको बाघमारा मध्यवर्ती सामुदायिक वन र चित्रसेन मध्यवर्ती सेनले सञ्चालन गरेको हात्ती सफारी र ढुंगा सफारीको आनन्द लिन पर्यटकहरू भेला हुन थालेका थिए । आठ बज्दा नबज्दै पाँचवटा डुंगा भरिभराउ भएर अगाडि बढे । | 0 |
सरकारले १९ वटा विद्युत् आयोजनामा सर्वसाधारणबाट लगानी संकलन गर्ने अभियान घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार अभियानको सुरुवात गरे । | 0 |
इटालियन सिरी ए अन्तर्गत आइतबार इन्टर मिलान र नेपोलीको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ । | 2 |
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रु १० अर्ब १५ करोड ८६ लाख लगानी गर्ने भएको छ । बैंकको विभिन्न कोषमा रहेका रकम आगामी पुस १ देखि २०७६ मङ्सिर ३० गतेसम्म ३६६ दिनमा त्रैमासिकरुपमा व्याज भुक्तान हुने गरी लगानी गर्न लागिएको हो । | 0 |
वैकल्पिक खेलाडी मार्काे एसेन्सियोले विजयी गोल गरेसँगै युरोपेली च्याम्पियन्स लिगअन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा स्पेनिस टोली रियल म्याड्रिडले जर्मन च्याम्पियन बायर्न म्युनिखलाई २–१ ले हराएको छ । | 2 |
भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले उच्च अदालतमा दायर गरेको मुद्दा सुल्झने संकेतसँगै अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनले नयाँ मोड लिएको छ । | 2 |
मह सञ्चारको प्रस्तुति रहेको ‘शत्रु गते’ को सोमबार मुहूर्तसँगै छायांकन प्रारम्भ भएको छ । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौडेल, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, मोहित आचार्य लगायतको मुख्य भूमिका रहेको फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरिरहेका छन् । | 1 |
नेपाल फेरि एकपल्ट साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमै रोकिएको छ । नेपालले अहिलेसम्म दक्षिण एसियाली फुटबलको सर्वोच्च प्रतियोगितामा फाइनल पुग्न सकेको छैन । यस संस्करणको कथा पनि उही रह्यो । | 2 |
लाली रूपन्देही ११ ले तेस्रो नेपालगन्ज गोल्डकप फुटबलको उपाधि दोस्रोपल्ट जितेको छ । डिफेन्डिङ च्याम्पियन रूपन्देहीले शनिबार फाइनलमा संकटा क्लब काठमाडौंलाई १–० ले पराजित गर्दै उपाधि रक्षा गरेको हो । | 2 |
साबिक विजेता त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम ११ लाई टाइब्रेकरमा ५–३ ले हराउँदै सुमन भोम्जन स्मृति हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल सुरक्षित गरेको छ । आर्मीले फाइनल पुग्नका लागि मनाङ मस्र्याङदी क्लबको सामना गर्नेछ । | 2 |
बृहत् जिम्मेवारी परिकल्पना गरिएको अधिकार सम्पन्न आयोगसहितको व्यवस्था भएको विद्युत् नियमन आयोग विनियमावली अन्तिम चरणमा पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विनियमावलीमा यसअघि नै अर्थ मन्त्रालयको सुझाव लिइसकेको छ । | 0 |
नवगायक तथा गायिकाको खोजीका लागि गुल्मीमा सांगीतिक कार्यक्रम गरिएको छ ।
शिव दर्शन फिल्म्सले गुल्मीको इस्मामा ‘वृहत् सांगीतिक कार्यक्रम’ आयोजना गरेको हो । | 1 |
आठबिसकोट नगरपालिका १० का प्रेमबहादुर शाहले ५ क्विन्टल डिमुर बिक्री गरे । जंगलमा खेर गइरहेको डिमुर टिपेर उनले दुई दिनमा साढे १२ हजार रुपैयाँ आम्दानी गरे । | 0 |
मेयर कप स्कुल ओलम्पिक बास्केटबल च्याम्पियनसिपमा बुधबार कार्मेल, पदम मेमोरियल, नवज्योति र जेम स्कुल सेमिफाइनल पुगेका छन् । | 2 |
गल्फ खेल नेपालमा खासै परिचित छैन । अझ नेपाली गल्फरको नाम जनमानसमा कमै परिचित हुन्छ । १८ वर्षीया नेपालकी महिला नम्बर एक गल्फर प्रतिमा शेर्पा तिनै परिचित गल्फरमध्ये पर्छिन् । | 2 |
बालुवाटार क्रिकेट क्लबले प्रतिस्पर्धात्मक फाइनलमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) लाई ८ रनले हराउँदै खुकुरी च्यालेन्जर कप ट्वान्टी–२० को उपाधि जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको बालुवाटारले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५१ रन जोड्यो । बालुवाटारले ३ लाख र केसीटीसीले १ लाख रुपैयाँ पुरस्कार पाए । | 2 |
पैसा कमाउन सेल्सम्यानसम्मको काम गरेका थिए– अमेरिकी नायक क्रिस्टोफर माइकल प्राट । अहिले अर्बपति छन् । स्कुलमा पढ्दाताका खेलमा उनको औधि रुचि थियो, खासगरी रेसलिङमा । | 0 |
चौधरी ग्रुपको लगानीमा निर्माण गरिएको ललितपुर झम्सीखेलस्थित चारतारे होटलको व्यवस्थापन ताज ग्रुपले सम्हाल्ने भएको छ । | 0 |
अधिकांश नेपाली गायकगायिका सांगीतिक प्रस्तुतिका लागि एक्लै स्टेजमा पुग्छन् । तिनका साथमा न वाद्यवादक हुन्छन्, न कुनै वाद्ययन्त्र । हुन्छ त केवल पेन ड्राइभ ! त्यो ड्राइभ प्राविधिकलाई थमाएपछि उनीहरू गाउन तम्तयार हुँदै भन्छन्, ‘ट्रयाक प्लिज ।’ | 1 |
भारतकी प्रख्यात प्लेब्याक सिंगरमध्येकी एक हुन्, नेहा कक्कर । सन् २००६ मा भएको दोस्रो इन्डियन आइडल हुँदै उनी संगीत क्षेत्रमा लागेकी थिइन् । सन् २००८ मा ‘नेहा द रक स्टार’ नामक एल्बम निकालेकी उनलाई गायनको नयाँ सेन्सेसन मानिन्छ । उनी चर्चित गायक/गायिका सोनु र टोनी कक्करकी बहिनी पनि हुन् । | 1 |
नेपाल र कम्बोडियाबिच बिहीबार हवाई सम्झौता भएको छ । राजधानीको द्वारिका होटलमा आयोजित कार्यक्रममा नेपालकातर्फबाट पर्यटनमन्त्री रवीन्द्र अधिकारी र कम्बोडियाको मिनिस्टर इन्चार्ज अफ द स्टेट सेक्रेटिरिएट अफ सिभिल एभिएसन माओ हभानन्लले सम्झौतामा हस्ताक्षर गरेका हुन् । | 0 |
विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण जितेका नेपाली बडीबिल्डर महेश्वर महर्जन सोमबार सात लाखभन्दा बढी नगदसहित सम्मानित भएका छन् । | 2 |
वेस्ट्रन रक, पप म्युजिक र बाजाहरूप्रति आकर्षित युवापुस्ता पछिल्लो समय लोक म्युजिक र बाजाहरूप्रति आकर्षित भइरहेको पाइन्छ । आफ्ना गीतहरूमा लोक र मौलिक बाजाहरू प्रयोग गर्ने नेपथ्य, कुटुम्ब, विपुल क्षेत्री एन्ड ट्राभलिङ ब्यान्डलगायतले पाएको लोकप्रियता यसको पछिल्ला उदाहरण हुन् । | 1 |
खजुरा २ सीतापुरका किसान गेनालाल मुराउले आफ्नो कृषि फर्मबाट दैनिक १० देखि २० क्विन्टलसम्म टमाटर उत्पादन गर्छन् । टमाटरबाट सिजनमा उनले दैनिक २६ हजार रुपैयाँसम्म आम्दानी गर्दै आइरहेका छन् । | 0 |
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय गन्तव्यका आफ्ना यात्रुलाई टिकटमा छुट दिने भएको छ । | 0 |
ऊर्जामन्त्री वर्षमान पुनले सर्वसाधारणको सिधा लगानीमा जलविद्युत् आयोजना बनाउने योजना अघि सार्ने भएका छन् । | 0 |
अभिनेत्री मनिषा कोइरालाले आत्मबल बढाउन सके क्यान्सर लागे पनि रोगलाई जित्न सकिने बताएकी छन् । | 1 |
नेपाली फुटबलको विकासमा विगत केही वर्षयता जापानी सहयोग कोसेढुंगा साबित हुँदै आएको छ । दुई वर्षअघि एन्फाको टेक्निकल डाइरेक्टर चियाकी ताकेदाको नियुक्तिबाट सुरु भएको जापानसँग नेपालको सहकार्यले बुधबार नयाँ आयाम लिएको छ । जापानी राजदूतावासले एन्फा मुख्यालयको स्तरोन्नतिका लागि ७४ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । | 2 |
तेस्रो दीपक गुप्ता स्मृति क्रिकेट प्रतियोगिता (डीजीएमटी) वैशाख ७ देखि जनकपुरमा आयोजना हुने भएको छ । पूर्वखेलाडी दीपक गुप्ताको स्मृतिमा हुने प्रतियोगितामा नेपाल र भारतका ८ टोलीको सहभागिता रहनेछ । | 2 |
सफल पोखरा म्याराथनको १३ औं संस्करणमा विभागीय धावकले वर्चस्व जमाएका छन् । मंगलबार पोखरा रंगशालामा सम्पन्न म्याराथनमा त्रिभुवन आर्मी क्लबका हरिकुमार रिमाल च्याम्पियन भए । | 2 |
लगातार तेस्रो हारसँगै चितवन टाइगर्स टीभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को प्लेअफ चरणमा पुग्ने सम्भावनामा कमजोर बनेको छ । मंगलबार चितवन भैरहवा ग्ल्याडिएटर्ससँग चितवन १२ रनले पराजित भयो । | 2 |
म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोउरिन्हो ट्रान्सफर विन्डोमा आफूले चाहेको खेलाडी प्राप्त नगरेपछि टोलीको प्रदर्शनबारे चिन्तित देखिएका छन् । शुक्रबार इंग्लिस प्रिमियर लिगको उद्घाटन खेलमा लेस्टर सिटीको सामना गर्नुअघि मोउरिन्होले नयाँ खेलाडी नहुँदा स्थिति कठिन रहेको बताएका हुन् । | 2 |
रूपन्देहीमा खेलकुदको क्रेजसँगै प्रतियोगिताहरू पनि हात्तै बढेका छन् । जिल्लामा बाह्रैमास नियमित प्रतियोगिता आयोजना भइरहेका छन् । खेलसम्वद्ध संघसंस्था र क्लबसमेत थपिएका छन् । मोफसलकै चर्चित र पुरानो तिलोत्तमा गोल्डकप फुटबलको २१ औं संस्करण गत साता सकिएको छ । | 2 |
कर्णाली प्रदेशमा पहिलोपल्ट हुने कर्णाली प्रिमियर लिग (केपीएल) क्रिकेटमा भाग लिने टोलीको टुंगो लागेको छ । प्रतियोगितामा नेपालका शीर्ष खेलाडीसम्मिलित १० टोलीले भाग लिने आयोजक बन्धु विकास बहुउद्देश्यीय सहकारी संस्थाले जनाएको छ । कर्णाली प्रदेशमै ठूलो पुरस्कार रहेको प्रतियोगिता विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार पुरस्कार जित्ने छन् । | 2 |
अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले १२ सय मेगावाटको जलाशययुक्त बूढी गण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनी गेजुवालाई निर्माण गर्न दिने विषयमा कुनै विवाद नभएको दाबी गरेका छन् । | 0 |
नाइट चेस क्लब काँकडभिट्टाको आयोजनामा शनिबारदेखि जारी प्रथम पीवी थापा स्मृति राष्ट्रिय खुला रेटिङ बुद्धिचालको दोस्रो चरणमा क्यान्डिडेट मास्टर मिलन लामाले अप्रत्याशित हार बेहोरेका छन् । | 2 |
चन्दननाथ नगरपालिकाले भदौ २९ गते आयोजना गरेको लगानी सम्मेलन स्थगित भएको छ । जिल्ला समन्वय समितिले लगानी सम्मेलन गर्दा समन्वय नगरेको भन्दै ध्यानाकर्षण पत्र जारी गरी सम्मेलन गर्न नपाइने आशय देखाएपछि स्थगित गरिएको हो । | 0 |
फिँजिएर खेल्ने खेलाडी । अनुशासन उस्तै । १७–२१ वर्षे जापानी खेलाडीको खेलकौशल देखेर पोखराका भेट्रान फुटबलर आनन्द रन्जित लोभिए । नेपाल पुलिस क्लबसँग क्वाटरफाइनल खेल हेरेपछि उनले जापानको रिस्सो युनिभर्सिटीको टिम फाइनल पुग्ने अड्कल काटे । | 2 |
नेपालले भुटानको सामना गर्दा यति धेरै तनाव कहिले पनि महसुस गरेको थिएन । नेपाललाई डर थियो, कतै साफ च्याम्पियनसिप फुटबल २०१८ मा नेपालले भुटानविरुद्ध कुनै अकल्पनीय नतिजा आत्मसात गर्ने त होइन ? | 2 |
मानवीय स्वास्थ्यका लागि हानिकारक रासायनिक पदार्थ प्रयोग गरेर पकाइएको आँप यहाँको कृषि उपज बजारमा छयापछयाप्ती छन् । | 0 |
‘अहिले आएर बेकार फुटबल खेलेछु जस्तो लागिरहेको छ । बरु बुवाको व्यापार सम्हालेको भए, अहिले गाडी चढेर हिँड्थें होला । देशका लागि गरेको यत्रो योगदान बेकार भए जस्तो लागेको छ,’ राजुकाजी शाक्यले भने । उनलाई अवकाश जीवनमा आएर पछुतो लागेको हो । | 2 |
कपडा तथा धागो उद्योगीले तस्करीबाट आउने कपडा तत्काल बन्द गर्नुपर्ने माग गरेका छन् । तस्करीबाट आयातित कपडाले स्वदेशी उद्योग धराशायी भएको जनाउँदै उनीहरूले भन्सारमा हुने न्यून बीजकीकरण बन्द गर्नुपर्ने माग गरेका छन् । | 0 |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.