text
stringlengths 71
459
| label
int64 0
2
|
---|---|
हेल्प नेपाल स्पोर्ट्स क्लबले ‘वाकओभर’ दिँदा राष्ट्रिय पुरुष क्लब लिग भलिबलको च्याम्पियन बन्न एपीएफ क्लबलाई सहज हुने भएको छ । विदेशी खेलाडीको विवादले बुधबार हेल्प प्रतियोगिताबाट बाहिरिएपछि एपीएफ तालिकाको शीर्षस्थान पुगेको हो । | 2 |
पाटनको कृष्ण मन्दिरको डबली । पाँच कुनामा ठुल्ठूला चिराग बलिरहेका छन् । कोही चिरागमा तेल थप्दै छन्, कोही पोङ्गा, खीं, ता: र झयाली बजाउँदै छन् । चारैतिरबाट ठेलमठेल हजारौंको भीडबीच भने नरसिंह अवतारको व्यग्र प्रतीक्षा भइरहेको छ । | 1 |
‘रामकहानी’ को युनिट यतिखेर पोखरामा व्यस्त छ । ऐतिहासिक स्थल कास्कीकोटमा मुहूर्त गरिएको फिल्मको निर्देशकमा सुदर्शन थापा छन् । अभिनेत्री पूजा शर्मा निर्माता रहेको फिल्ममा पूजा र अभिनेता आकाश श्रेष्ठ मुख्य भूमिकामा छन् । केदार घिमिरे (माग्ने बुढा), जितु नेपाल, विल्सनविक्रम राई (तक्मे बुढा), रवीन्द्र झा, राजाराम पौडेल लगायतले पनि खेल्दै छन् । | 1 |
एसईई परीक्षा दिएर बसेका किशोरलक्षित गरी एसईई कप एकदिवसीय क्रिकेट प्रतियोगिता गरिने भएको छ । नेक्सस क्रिकेट एकेडेमीले देशभरबाट टयालेन्ट हन्टमार्फत खेलाडी छनोट गरी जेठ पहिलो साता प्रतियोगिता गर्ने जनाएको छ । मिति भने घोषणा भएको छैन । | 2 |
क्रिस्टियानो रोनाल्डोले इन्ज्युरी समयमा दुई गोल गरेसँगै युरोपेली च्याम्पियन पोर्चुगलले इजिप्टलाई मैत्रीपूर्ण खेलमा शुक्रबार २–१ ले पराजित गरेको छ । | 2 |
काठमाडौंमा आवास र निर्माण प्रदर्शनी बिहीबारदेखि सुरु भएको छ । निर्माण क्षेत्रमा भित्रिएको नवीनतम प्रविधि र निर्माण क्षेत्रबारे जानकारी दिने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो । | 0 |
नारायणी नदीपारि सुस्ता छ । सुस्ताको तीनतिर भारतीय बाल्मीकि राष्ट्रिय निकुन्जमा निगुरोको जंगल नै छ । भारतीयहरु यो साग खादैनन् । यो खाने साग हो भन्ने उनीहरुलाई जानकारी पनि नहुन सक्छ । हरेक परिवार बिहान एउटै धन्दामा सक्रिय हुन्छन् निगुरो टिपेर नेपालीलाई बेच्न । | 0 |
दक्षिण अफ्रिकाका लागि एक दशक अन्तर्राष्ट्रिय क्रिकेट खेलेका खेलाडी जोन्टी रोड्स नेपाल आउने भएका छन् । | 2 |
अब हरेक बैंक तथा वित्तीय संस्थाले बढीमा ५ अर्ब रुपैयाँसम्म ब्याज अनुदानको व्यावसायिक कृषि कर्जा प्रवाह गर्न पाउने भएका छन् । गत साता राष्ट्र बैंकले ‘व्यावसायिक कृषि तथा पशुपक्षी कर्जामा प्रदान गरिने ब्याज अनुदानसम्बन्धी कार्यविधि ०७३’ संशोधन गरी उक्त सीमा बढाएको हो । यसअघि प्रतिबैंक तथा वित्तीय संस्थाले बढीमा ३ अर्ब रुपैयाँसम्म यस्तो ऋण प्रवाह गर्न पाउने व्यवस्था थियो । | 0 |
शृंखलाबद्ध बलात्कार र महिला हिंसाविरुद्ध राष्ट्रिय खेलकुद परिषद्ले देशव्यापी रूपमा महिला सुरक्षा र हिंसाविरुद्धको प्रतिकार प्रशिक्षण दिने भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले यहाँ आइतबार आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन् । | 2 |
डीपीएल-२ क्रिकेट अन्तर्गत दोस्रो दिनको दोस्रो खेलमा महेन्द्रनगर युनाइटेड विजयी भएको छ । प्रदेश ७ को संघीय प्रहरी इकाइ कार्यालयको मैदानमा महेन्द्रनगर युनाइटेड र विराटनगर किंग्सबीच भएको खेलमा महेन्द्रनगरले विराटनगरलाई ३३ रनले पराजित गरेको हो। | 2 |
अमेरिका र चीनको व्यापार युद्धले २०१८ भरि चर्चा पायो । एकले अर्कोबाट आयात गर्ने सामानमा भन्सार शुल्क बढाए । | 0 |
विभागीय प्रतिद्वन्द्वीलाई पन्छाउँदै बुधबार त्रिभुवन आर्मी क्लब पाँचौं विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । आर्मीले विभागीय टोली नेपाल पुलिस क्लबको चुनौतीलाई टाइब्रेकरमा ४–२ ले पन्छाउँदै अन्तिम चारको यात्रा गरेको हो । | 2 |
यो वर्ष जिल्लामा सिँचाइ सुविधा पुगेका ६ हजार हेक्टर क्षेत्रफलमा चैतेधान लगाइएको छ । हाल किसान धान गोडमेल गर्न व्यस्त छन् । | 0 |
पश्चिम सेती जलविद्युत् आयोजनाको प्रवद्र्धनको जिम्मा लिएको चिनियाँ कम्पनी थ्री गर्जेजले विद्युत् खरिद दरमा चासो देखाएको छ । | 0 |
चाँगुनारायण शान हाम्रो विश्वसम्पदा
तिमै्र काखमा रम्न पाऔं सदासर्वदा... | 1 |
एसियाली विकास बैंक (एडीबी) को २ अर्ब रुपैयाँ (२० मिलियन डलर) सहयोग रहने सोलार प्लान्ट निर्माणका लागि नेपाल विद्युत् प्राधिरकणले प्रस्ताव माग गरेको छ । प्राधिकरणले कम्तीमा २५ मेगावाट क्षमताको सोलार प्लान्ट निर्माणका लागि प्रस्ताव माग गरेको हो । यो सोलार आयोजनाबाट प्राधिकरणले किन्ने बिजुलीमा एडीबीले सहुलियत दिनेछ । | 0 |
सन् १९९६ मा आर्सनलमा आएयता आर्सेन वेंगरले क्लबलाई नयाँ दिशा दिए । टिममा ताजापन ल्याए । पछिल्लो समय भने उनी दबाबमा थिए । टिममा उनले आफैं स्थापना गरेको स्तर भने कायम राख्न सकेका थिएनन् । यसैक्रममा उनले शुक्रबार घोषणा गरे, ‘यस सिजनको अन्त्यसँगै आर्सनलसँग छुट्टिँदै छु ।’ | 2 |
नेपाल शान्ति र राजनीतिक स्थायित्वको बाटोमा अघि बढेकाले अब कूटनीति आर्थिक विकासका लागि सहयोगी हुने गरी अघि बढेको सरकारका दुई मन्त्रीले बताएका छन् । | 0 |
कुलेखानी जलविद्युत् आयोजनाको ५३ दिनदेखि बिग्रेको जेनेरेटरको मर्मत शनिबार सुरु भएको छ । फुजी इलेक्ट्रिक कम्पनी जापानका चार र नेपाली १० प्राविधिक गरी १४ जना मर्मत सम्भार कार्यमा जुटेका छन् । | 0 |
नेपाल र्याफ्टिङ तथा क्यानोइङ संघको आयोजनामा राष्ट्रिय र्याफ्टिङ तथा कायक स्लालम च्याम्पियनसिप फागुन १३ देखि १५ सम्म हुने भएको छ । | 2 |
तिलोत्तमा प्रिमियर लिग क्रिकेटमा बुधबार समूह ‘बी’ को खेलमा एनएससीए टाइगर्सले नुसी वारियर्सलाई ५ विकेटले पराजित गरेको छ । | 2 |
नेपाल आयल निगमले पेट्रोलको मुल्य प्रति लिटर एक रुपैयाँ घटाएको छ । निगम संचालक समितिले आइतबार साँझ मुल्य घटाएको हो । नयाँ दर अनुसार अव उपभोक्ताले एक लिटर पेट्रोलका लागि एक सय ३ रुपैयाँ प्रति लिटर तिर्नुपर्नेछ । | 0 |
कीर्तिपुरस्थित त्रिवि मैदानमा आजबाट सुरु हुने टीभीएस एभरेस्ट प्रिमियर लिग क्रिकेट खेल्ने ६ टोलीबारे कान्तिपुरका विनोद पाण्डे लेख्छन् : | 2 |
राष्ट्रिय फुटबल टिमका मिडफिल्डर विक्रम लामा अब खेलकुदमा मात्रै सीमित रहेनन्। उनी मोडलका रूपमा उदाएका छन्। विक्रमले गायक केबी राईको ‘आँखाहरू...’ गीतको भिडियोमा मोडलिङ गरेका छन्। | 1 |
इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार शीर्षस्थानको म्यानचेस्टर सिटीले स्टोक सिटीलाई २–० ले पराजित गरेको छ । | 2 |
भैरहवामा भइरहेको रूपन्देही सुपर लिग क्रिकेटको लिग चरणमा आइतबार शंकरनगरले ज्ञानोदय क्रिकेट क्लब, करहियालाई ६१ रनले निराश पारेको छ । | 2 |
अमेरिकाको गरिब परिवारमा ६८ वर्षअघि फिल म्याकग्रको जन्म भएको हो । उनको परिवारलाई दुई छाक टार्नै धौधौ थियो । घरबारविहीन पनि थिए, उनी । घर नभएकै कारण बुबासँग कारभित्रै कयौं रात बिताएका थिए । कारमै बस्थे, सुत्थे । | 0 |
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) प्रदान गरेको सल्लाहकार समितमार्फत बनाइएको प्रस्तावित विधान मस्यौदालाई निर्वाचित नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारण सभाले हुबहु पारित गरेको छ । | 2 |
उच्च अदालत पाटनले बुधबार अन्तरिम आदेश खारेज गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमिति निर्वाचनको बाटो खुलेको छ । | 2 |
उपभोक्ता ठगी गर्ने पम्पलाई सरकारले इन्धन वितरण नगर्ने निर्णय गरेको छ । पम्प सञ्चालकले मदरबोर्डमा सफ्टवेयर जडान गरी ठगी गरेको फेला परेपछि आयल निगमले इन्धन सप्लाई रोक्का गर्ने निर्णय गरेको हो । | 0 |
क्रिस्टियानो रोनाल्डोको दुई गोलको मदतले स्पेनिस ला लिगा अन्तर्गत शनिबार रियल म्याड्रिडले भ्यालेन्सियालाई पराजित गरेको छ । भ्यालेन्सियाको घरेलु मैदानमा रियल ४-१ ले विजयी भयो । | 2 |
बलिउड स्टार अक्षय कुमार अचल सम्पत्तिमा लगानी गर्न कत्ति पनि हिचकिचाउँदैनन् । मुम्बईको जुहु इलाकामा रहेको ड्युप्लेक्स अपार्टमेन्टमा बसिरहेका उनले मुम्बईमै अरू चार फ्ल्याट किनेका छन् । करौडौं मूल्यका त्यत्तिका फ्ल्याट किनेको देखेर मान्छेहरू छक्क पर्नु स्वाभाविक नै हो । | 1 |
वाणिज्य बैंकहरूले विदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने भएका छन् । बिहीबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले ‘वाणिज्य बैंकहरूलाई विदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने सम्बन्धी व्यवस्था’ पारित गरेपछि यस्तो बाटो खुलेको हो । | 0 |
इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीले पछिल्ला चारमध्ये तीन खेलमा अप्रत्यासित पराजय बेहोर्दा तालिकाको तेस्रो स्थानमा झर्नुपरेको छ । एकमात्र अपराजित टोली शीर्षस्थानको लिभरपुलभन्दा सिटी ७ अंकले पछि परेको छ । | 2 |
नेपाल दूरसञ्चार प्राधिकरणको चालु आर्थिक वर्षका लागि तयार पारिएको वार्षिक कार्यक्रममा चारै जना सञ्चालक समितिले फरक मत राखेका छन् । | 0 |
नेपाली हलहरूमा दोस्रो सातामा चलिरहेको ‘लुट २’ ले दक्षिण कोरियामा पनि राम्रो व्यापार गरेको छ । कोरियामा ‘लुट २’ हेर्न दर्शकको ओइरो लाग्यो । आइतबार एकै दिन चार सहरमा प्रदर्शन गरिएकामा सबैमा हाउसफुल भएको आयोजकले दाबी गरेको छ । यहाँ पहिलोपटक ६ सय सिट क्षमता भएको हलमा एकै दिन दुई सो गरी फिल्मले रेकर्ड ब्रेक गरेको हो ।
| 1 |
सीवाईसी अत्तरिया टोली सुनौलो यात्रा कायमै राख्दै रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनल पुगेको छ । प्रतियोगिताअघि कमजोर टोलीका रूपमा हेरिएको अत्तरियाले बुधबार पहिलो क्वालिफायरमा काठमाडौं गोल्डेन्समाथि ४१ रनको जित हात पार्यो । | 2 |
फुटबलमा पश्चिम क्षेत्रकै प्रतिष्ठित तिलोत्तमा गोल्डकप फुटबलको २० औं संस्करण र मोफसलकै ठूलो राशिको मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिता एकै साता बुटवलमै हुने भएको छ । | 2 |
नेपालले इंग्ल्यान्ड भ्रमणमा पहिलो अभ्यास खेलमा ह्याम्पसायर होग्स क्रिकेट क्लबलाई २ सय ४३ रनले पराजित गरेको छ । कप्तान पारस खड्काले १ सय ६१ रन बनाएपछि नेपाल पूरा ५० ओभर खेलेर ३ सय ६२ रनमा अलआउट भएको थियो । | 2 |
टीकापुर क्रिकेट क्लबले खुकुरी च्यालेन्जर कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ। मूलपानी क्रिकेट मैदानमा शुक्रबार टीकापुरले बुटबल क्रिकेट ब्वाइजलाई १० रनले हरायो। | 2 |
सरकारले मुख्य राजमार्गलाई एक्सप्रेस वेका रूपमा विकास गर्ने, रेल आयोजनाको सम्भाव्यता अध्ययन थाल्ने र व्यस्त राजमार्गमा सुरुङ बनाउनेसहितका महत्त्वाकांक्षी योजना समेटेर सतह मार्गसम्बन्धी कार्यक्रम घोषणा गरेको छ । | 0 |
डिफेन्डिङ च्याम्पियन सीएमजी क्लब संकटालाई ३–२ ले पराजित गर्दै एपीएफ शनिबार नारायणगढमा जारी १३ औं विकास रनिङ सिल्डको सेमिफाइनलमा प्रवेश गरेको छ । | 2 |
चालु आर्थिक वर्षको पहिलो महिनामा ३३.१ प्रतिशतले रेमिटयान्य वृद्धि भएको छ ।गत साउनमा रेमिटयान्समार्फत ७३ अर्ब ९५ करोड रुपैयाँ भित्रिएको हो । सोही अवधिको तुलनामा यो वर्ष ३३.१ प्रतिशतले बढी हो । | 0 |
लोकगायक एवं अभिनेता जयनन्द लामाका धेरै गीत रिमेक/रिमिक्स्ड गरिएका छन् । ‘डल्ली रेसम...’, ‘चुइँचुइँ चुइँकने जुत्ता...’, ‘आँखाको रमझम...’ लगायत उनका गीत नयाँ–नयाँ भर्सनमा आए । यीमध्ये सबैभन्दा बढी चल्यो, ‘कलकत्ते काइँयो...’ । | 1 |
संयोग भनौं, अर्जुन पोखरेलसँग उनकै अनुराग संगीत विद्यालयमा कुराकानीका लागि पुग्नु केहीअघि मात्रै आफ्नै संगीतमा उनले गाएको ‘म यस्तो गीत गाउँछु’ फिल्मको गीत ‘किन आजकल तिम्रो मन मैलो भो...’ युटयुब रिलिज भएको थियो । युटयुबमा आएका लगभग शतप्रतिशत सकारात्मक प्रतिक्रियाले उनी चंगा भइरहेका थिए ।
| 1 |
चालु आर्थिक वर्षको ९ महिनामा सरकारी राजस्व २४ अर्ब रुपैयाँ कम संकलन भएको छ ।
यो वर्ष राजस्व संकलन निरन्तर प्रतिकूल बनिरहेको छ । अर्थ मन्त्रालयले निर्धारण गरेको लक्ष्यअनुसारको असुली अधिकांश महिनामा हुन सकेको छैन । अर्थ मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलका अनुसार ९ महिना (साउनदेखि चैत) सम्ममा लक्ष्यभन्दा २४ अर्ब रुपैयाँ कम राजस्व संकलन भएको हो । | 0 |
इन्गेज इम्पावरिङ लिग ह्विलचियर बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबको पुरुष टोलीले बुधबार अपराजित यात्रा कायम राखेको छ । | 2 |
सरकारले खाद्य संस्थानमा भएको आर्थिक अनियमितता तथा बेथिति छानबिन गर्न समिति गठन गरेको छ । खरिद बिक्री, ढुवानी, निर्माण, मर्मतलगायतमा अनियमितता भएको उजुरी परेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले समिति गठन गरेको हो । | 0 |
रुस्लान थ्रीस्टार फुटबल क्लबले धरान रंगशालामा शनिबार बुढासुब्बा रेडबुल गोल्डकप फुटबलको ट्रफी उचालेको छ । थ्रीस्टारले २० औं संस्करणको फाइनलमा डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै पाँचौंपल्ट बुढासुब्बाको ट्रफी जित्यो । | 2 |
चियाको अन्तराष्ट्रिय बजार प्रवद्र्धनले सरोकारवालाहरूमा आशा जगाएको छ । पछिल्लोपटक नेपाली लोगोको अन्तर्राष्ट्रियस्तरमा लन्च गरिएको छ । यसबाट पनि यहाँको चियाको माग पश्चिमा देशमा बढ्ने अपेक्षा छ । | 0 |
‘मैलाई साउनले अझै छोड्या छैन।’ पूरै ज्यान छोपिने हरियो गाउन लगाएकी कुञ्जना घिमिरेले यसो भनिरहँदा हरिया लेहंगा–चोली लगाएकी अर्की अभिनेत्री केकी अधिकारी मुस्कुराइन्। उनको हँसाइमा कुञ्जनाप्रति सहमति थियो। | 1 |
फिल्म ‘दुई रुपैयाँ’ रिलिज हुन बाँकी नै रहँदा यसको ‘कुटुमा कुटु सुपारी दाना...’ बोलको गीत भने चर्चित बनिसकेको छ । युट्युबमा अपलोड गरेको ४९ दिनमै एक करोडभन्दा बढी भ्युज पाएकोमा फिल्म युनिटले सञ्चारकर्मीसँग सोमबार खुसियाली साझेदार गरेको छ ।
| 1 |
प्रदेश ७ को अस्थायी राजधानी धनगढीमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माण प्राइभेट–पब्लिक पार्टनरसिप (पीपीपी) को अवधारणामा लैजाने प्रस्ताव गरिएको छ । तर सरकार भने फाप्लालाई पीपीपीमा लैजान उदासीन देखिन्छ । | 2 |
अन्तर्राष्ट्रिय लोक संगीत फिल्म महोत्सवमा एलपी देवकोटाको कर्णाली मष्टो छनौट भएको छ । राजधानीमा मंसिर ६ गते देखि ९ गते सम्म संचालन हुने महोत्सवमा कर्णालीबाट वनेको पहिलो लोक संगीत फिल्म छनौटमा परेको हो । | 1 |
व्यावसायिक रूपमा सफल ‘छक्का पञ्जा’ को तेस्रो सिरिजको छायांकन सुरु भएको छ । भक्तपुरस्थित सूर्यविनायक मन्दिरमा पूजाआजा गरी त्यहींबाटै ‘छक्का पञ्जा ३’ को ४५ दिनको सुटिङ सुरु भएको हो । | 1 |
विश्वप्रसिद्ध बेलायती साहित्यकार विलियम शेक्सपियरको जन्मजयन्ती आइतबार विविध कार्यक्रमबीच मनाइएको छ । उनको सम्झनामा लन्डन वेस्टमिन्स्टर आबी नाटयशाला तथा शेक्सपियर्स ग्लोब रंगमञ्चमा विविध कार्यक्रम भए । | 1 |
नेपाल र मलेसियाको राष्ट्रिय फुटबल टोलीबीच आगामी चैत महीनाका लागि तय भएको मैत्रीपूर्ण फुटबल खेल स्थगित भएको छ ।विश्व फुटबल महासङ्घ (फिफा)ले मैत्रीपूर्ण खेलका लागि अनुमति नदिएपछि मैत्रीपूर्ण खेल स्थगित गर्नुपरेको मलेसिया फुटबल सङ्घबाट प्राप्त पत्रमा उल्लेख गरिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । | 2 |
दर्जनौं नाटक र तीन सयभन्दा बढी फिल्म खेलिसक्दा अभिनेता नीर शाहको ‘सिग्नेचर छवि’ बनिसकेको छ । उनीबारे ‘मिथक’ झैं लाग्ने थुप्रै किस्सा नेपाली फिल्म दुनियाँका निर्देशक, कलाकारदेखि प्राविधिकसम्मले सुनाइरहेका हुन्छन् । ३२ वर्षपछि यी अभिनेता भने रंगमञ्च फर्केका छन् । | 1 |
विद्युत् प्राधिकरणको ‘ब्याकअप’ का रूपमा रहेको कुलेखानी जलविद्युत् आयोजनाको विगत तीन सातादेखि बिग्रेको जेनेरेटर नेपाली प्राविधिकले मर्मत सम्भार गर्ने भएका छन् । | 0 |
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा कीर्तिमान आठौंपल्ट च्याम्पियन हुने संघारमा आइपुगेको छ, मनाङ मर्स्याङ्दी क्लब । | 2 |
चितवन राइनोजले नमस्ते पोखरा प्रिमियर लिगमा लगातार दोस्रो जित हात पारेको छ । चितवनले पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बिहीबार भएको पहिलो खेलमा हुलास काठमाडौं रोयल्सलाई १३ रनले पराजित गर्यो । १५० रनको लक्ष्य लिएर आएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३६ रन मात्रै बनाउन सक्यो । | 2 |
लिम्बू समुदायका लागि ख्याली र पालाम भावना व्यक्त गर्ने सांस्कृतिक माध्यम हुन् । युवायुवतीहरू ख्याली र पालामकै माध्यमबाट विपरीतलिंगीलाई फकाउने, घुक्र्याउनेदेखि आकाशका जूनतारा झारिदिनेसम्मका वाचा गर्छन् । | 1 |
डिफेन्डिङ च्याम्पियन तथा विश्व नम्बर एक राफेल नडालले घुँडाको चोटका कारण सेमिफाइनल खेल बीचमै छाडेपछि अर्जेन्टिनाका हुँवा मार्टिन डेल पोट्रो शुक्रबार यूएस ओपन टेनिसको फाइनल पुगेका छन् । उनले उपाधि भिडन्तमा सर्बियाली नोभाक जोकोभिचको सामना गर्नेछन् । | 2 |
य:मरि पूर्णिमाको दिन अभिनेत्री अशिष्मा नकर्मीलाई सबैभन्दा धेरै उनको बाल्यकाल याद आउँछ । मामाघरमा हुर्किएकी उनी मामाहरूकै साथ लागेर य:मरि माग्दै घरदैलो पुगेका ती क्षण सम्झिन्छिन् । पछिल्लो समय नेपाल भाषाको फिल्म निर्माणतिर लागेकी अशिष्मा आइतबार य:मरि पूर्णिमाकै दिन भने हेटौंडामा व्यस्त थिइन् । | 1 |
हिमालयन गाइड्स पाथीभरा म्याराथन २०७४ मा डेढ सय बढी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । बिहीबार खुला म्याराथन र महिला हाफ म्याराथन हुँदै छ । | 2 |
नेपाली फिल्मकर्मीलाई सम्मान, पुरस्कार र प्रोत्साहन गर्ने हेतुले हुँदै आएको ग्लोबल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण अमेरिकाको कोलोराडोस्थित डेनभर सहरमा जनवरी ५ मा हुने भएको छ । | 1 |
१८ औं एसियाली खेलकुदमा भाग लिने नेपाली लनटेनिस खेलाडी वैदेशिक प्रशिक्षणलाई बुधबार मलेसियाको क्वालालम्पुर गएका छन् । | 2 |
लोकसंस्कृति र संगीतको सेरोफेरोमा रहेर बन्ने लोकसंगीत फिल्म फेस्टिभलमा १९ देशबाट २६ फिल्मको सहभागिता रहने भएको छ । | 1 |
बारा मनहर्वास्थित रिलायन्स सुगर मिल्सले उद्योग मन्त्रालयको निर्देशन अटेरी गर्दै उखु किसानको करिब ५० करोड बक्यौता रकम अझै भुक्तानी गरेको छैन । उखु किसानहरूका अनुसार रकम भुक्तानी गर्न मिलले आलटाल गरिरहेको छ । | 0 |
सरकारद्वारा गठित न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमिकका लागि न्यूनतम तलब तोक्न सकेको छैन । रोजगारदाताले श्रमिकलाई दिन सक्ने न्यूनतम पारिश्रमिकको प्रस्ताव त्रिपक्षीय बैठकमा पेस नगरेकाले ज्याला तोक्न ढिलाइ भएको हो । | 0 |
व्यावसायिक फिल्म उद्योगको अग्रणी मानिने हलिउडले नाचगनलाई खासै स्थान दिँदैन । राम्रा अवार्ड जितेका अधिकांश फिल्ममा नाचगानै हुन्न । दक्षिण एसियाली फिल्ममा भने नाचगानकै हालीमुहाली हुने गरेको छ । | 1 |
बेलायतमा सौन्दर्य पेशा गर्दै आएका नेपाली महिलाहरुको संस्था ‘प्रोफेशनल ब्युटी असोसिएसन यूके’ ले शनिबार अल्डरसटमा फेशन शो सहित मेक अप प्रतिस्पर्धा गरेको छ । | 1 |
लर्डबुद्ध र बिगथ्रीले पाँचौं साइपाल थ्री अन थ्री बास्केटबलको उपाधि जितेका छन् । लर्डबुद्ध ब्वाइज र बिगथ्री गल्र्समा च्याम्पियन बने । ब्वाइज फाइनलमा लर्डबुद्धले ग्रेटमायालाई १५–१४ स्कोरले हरायो । | 2 |
सुशील कँडेल र सन्दीप लामिछाने एउटै रथका दुई पाङ्ग्रा भएजस्तै हुन् । उनीहरू सँगै चितवन क्रिकेट एकेडेमीबाट खेले । दुवै नेपाली यू–१९ टोली हुँदै राष्ट्रिय टोलीसम्म पुगे । केही अपत्यारिलो घटना र चोटका कारण सुशीलले पछिल्लो समय केही मौका पाएका छैनन् । | 2 |
ओपनर मोहम्मद हफिजले टेस्ट टोलीमा पुनरागमन गर्दै उत्कृष्ट शतक प्रहार गरेपछि अस्ट्रेलियाविरुद्ध पहिलो टेस्टको पहिलो दिन पाकिस्तानले बलियो सुरुआत लिएको छ । दुबईमा आइतबार खेल सकिँदा पाकिस्तान २५५–३ को स्थितिमा छ । हरिश सोहेल १५ रनमा खेलिरहेका छन् । नाइटवाचम्यान मोहम्मद अब्बास १ रनमा छन् । | 2 |
कर्मचारी सञ्चय कोषले ६ सय ८८ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत् आयोजनाको सम्भाव्यता र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) कार्य अघि बढाएको छ । | 0 |
अखिल नेपाल फुटबल संघ (एन्फा)ले २० सदस्यीय यू–२१ राष्ट्रिय फुटबल टोलीका घोषणा गरेको छ । यही फागुन ८ देखि १७ गतेसम्म भारतमा हुने सेन्टेनरी नर्थ इस्ट फुटबल च्याम्पियनसिप प्रतियोगितामा सहभागी हुने २० सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको एन्फाले जनाएको छ । | 2 |
ठेकेदारले काम नगरेपछि नेपाल विद्युत् प्राधिकरणले तामकोसी–काठमाडौं ४ सय केभी क्षमताको प्रसारण लाइन निर्माण आयोजनाको पहिलो खण्डको ठेक्का तोडेको छ । | 0 |
अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन समितिले वैशाख २२ लाई तोकेको चुनाव मिति विधानसम्मत नभएको अध्यक्षका प्रत्याशी मणि कुँवर पक्षधरले दाबी गरेका छन् । कुँवर पक्षधरले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्वाचन समितिलाई अर्को पक्षले डर र धम्की देखाएर वैशाख २२ लाई चुनावी मिति तोकेको आरोप पनि लगाएको छ । | 2 |
नेपाल–भारत सीमा झुलाघाटमा बलिउड फिल्म ‘सन्दीप और पिंकी फरार’ छायांकनको क्रममा छ । सीमापारिको भारतीय बजार झुलाघाट क्षेत्रमा गत साता सुटिङमा पुगेको टोली आउँदो शुक्रबार (डिसेम्बर २२) मा झुलाघाट पुलमा सुटिङ गर्न आउने तालिका छ । | 1 |
करिना कपुर बलिउडकी ख्यातिप्राप्त अभिनेत्री हुन् । उनीबारे मिडियाले सकेसम्म धेरै जानकारी दिन खोजिरहेको हुन्छ । झन्डै दुई दशकदेखि फिल्म क्षेत्रमा सक्रिय रहँदै आएकी उनी राम्रै मिडिया कभरेज पाइरहेकी पनि छन् । | 1 |
गायक रामकृष्ण ढकाल युरोप टुरमा हिँडेका छन् । सपरिवार शुक्रबार नर्वे उडेका उनले २९ तारिखमा त्यहाँ प्रस्तुति दिँदै छन् । उनलाई छोरी रानीले साथ दिनेछिन् । | 1 |
उमेरले झन्डै ५० टेक्न लागेकी हलिउड अभिनेत्री जेनिफर एनिस्टोन झन्डै आधा उमेरकी युवतीझैं देखिन्छिन् । उनले अनुहारमा चाउरी आउन नदिन माइक्रोकरेन्ट फेसियल गर्ने गरेको बताएकी छन् । कहिलेकाहीँ लेजर ट्रिटमेन्ट पनि गर्छिन् । | 1 |
सहुलियत दरको आवास कर्जा सम्बन्धमा सरकारको ढुलमुले नीतिले भूकम्पपीडित मर्कामा परेका छन् । ऋण लिएको दुई वर्षपछि बैंक तथा वित्तीय संस्थाले प्रचलित ब्याजदर भुक्तानी गर्न ताकेता गरेपछि पीडित समस्यामा परेका हुन् । | 0 |
साविक विजेता विराटनगर वारियर्स टीभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको लिग चरणबाटै बाहिरिएको छ । | 2 |
बेलायतका नेपाली व्यवसायीले निर्माण गरेको चलचित्र ‘हयाप्पी डेज’ को लागत करिब २ करोड ५० लाख रुपैयाँ पुगेको फिल्म युनिटले दावी गरेको छ । उक्त लगानी आम नेपाली चलचित्रको तुलनामा उच्च हो । | 1 |
प्रविधि र सांस्कृतिक मान्यताबीचको संघर्ष समेटिएको छोटो फिल्म ‘सेलफोन’ अमेरिकाको आठौं गोल्डेन डोर इन्टरनेसनल फिल्म फेस्टिभल अफ न्युजर्सीमा छानिएको छ । | 1 |
इडेन हाजार्डले गोल गर्दै अर्कोमा अवसर पनि सिर्जना गरेपछि बेल्जियमले विश्वकप फुटबलको तयारीमा बुधबार भएको मैत्रीपूर्ण खेलमा इजिप्टलाई ३–० ले हराएको छ । | 2 |
चर्को असन्तुष्टि र विवादपछि गायक पशुपति शर्माले अपलोड गरेको केही दिनमै ‘लुटन सके लुट् कान्छा...’ गीत युट्युबबाट गायब भयो । युवा संघ नेपालको असन्तुष्टिपछि फेसबुकमा विज्ञप्ति जारी गर्दै शब्द फेर्ने वाचा नै गरेका थिए उनले । तर, गीतको परिमार्जित संस्करण भने आउन सकेको छैन । | 1 |
लोकप्रिय लोक–शास्त्रीय ब्यान्ड सुकर्म करिब तीन साता लामो सांगीतिक यात्रामा जर्मनीतर्फ प्रस्थान गरेको छ । | 1 |
अन्तिम बलमा प्रदेश ४ का मेखबहादुर सेनले निर्णायक रन बटुल्दै मनमोहन स्मृति वान–डे राष्ट्रिय क्रिकेटमा प्रदेश ४ टोलीलाई १ विकेटको जित दिलाएका छन् । | 2 |
चोभारमा सुक्खा बन्दरगाह निर्माण गर्ने सम्झौता भएको पाँच वर्षपछि सरकारले शिलान्यास गरेको छ । व्यापारिक लागत घटाउन र
मुलुकको आर्थिक उन्नति गर्ने उद्देश्यसहित सरकारले हाल बन्द अवस्थाको हिमाल सिमेन्ट उद्योगको जग्गामा सुक्खा बन्दरगाह बनाउने योजना बनाएको थियो । | 0 |
राष्ट्रिय फुटबल टिमका नम्बर १ गोलकिपर किरण कुमार चेम्जोङ गत वर्ष घरेलु प्रतियोगितामा देखिएनन् । यस बेला उनी विदेशमै लिग खेलिरहेका थिए । | 2 |
एसियाड फुटबलमा जितविहीन यात्रालाई निरन्तरता दिने क्रममा नेपाली राष्ट्रिय यू–२३ फुटबल टोली समूह ‘डी’ को अन्तिम खेलमा आइतबार पाकिस्तानसँग २–१ ले पराजित भएको छ । | 2 |
दुई वर्षदेखि रोकिएको काबेली करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको अवरोध हटाउन सरोकारवाला निकायहरूले पहल थालेका छन् । | 0 |
पछिल्लोपटक नेपाली रंगमञ्चमा कथा मञ्चनको परम्पराले निरन्तरता पाइरहेको छ । केही अघिमात्रै राजधानीमा कुमार नगरकोटी र नयनराज पाण्डेका कथाहरू मञ्चन भएका थिए । अब कथा मञ्चन मोफसलमा पनि सुरु भएको छ । | 1 |
टेस्ट खेल्ने राष्ट्रसँगको पहिलो एकदिवसीय भेट नेपालले राम्रो सबक पाएको छ । नेपाल विश्वकप छनोट क्रिकेटको पहिलो खेलमा आयोजक जिम्बावेसँग १ सय १६ रनले पराजित भएको छ । लिस्ट ‘ए’ मान्यता खेलमा नेपालको यो सबैभन्दा ठूलो हार हो । | 2 |
सत्यवती मावि दमौलीले तेस्रो एक्सपर्ट कलेज प्रिमियर क्रिकेट लिगको उपाधि जितेको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा मंगलबार सत्यवतीले कुमुदिनी होम्सलाई ३ विकेटले हराउँदै दोस्रोपल्ट उपाधि जितेको हो । | 2 |
एकताको कुरा अचेल धेरै सुनिन्छ । दुई ठूला कम्युनिस्ट पार्टी एक भएर देशको काँचुली फेर्ने आह्वान गरिरहेका छन् । वाम एकताको तरंग आउनुभन्दा महिनौंअघि रक संगीत क्षेत्रमा एकताले मूर्त रूप पायो । | 1 |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.