text
string |
---|
केही समय अगाडि छायाकंनको क्रममा खिचिएका तस्विरहरु सार्वजनिक भएका थिए । तस्विरमा रानी लक्ष्मीबाईको अवतारमा कंगनाको लुकको सराहना गरिएको थियो । कंगना यस किसिमको भूमिकामा पहिलो पटक देखिदैछिन् । कंगना स्वयमले यस फिल्मले सजिलै दर्शकको मन जित्न सफल हुने समेत बताएकी छिन् । |
राजधानीमा एक महिने मन्चनमा काफी तारिफ बटुलेको थिएटरमलको नाटक ‘मान भर्सेज मती’ यतिबेला पोखरा पुगेको छ । सामान्यत: राजधानी केन्द्रित नाटकहरु बाहिर गएका पाइदैनन् । तर निर्देशक केदार श्रेष्ठले भने अभय बराल, प्रेमवर्षा खड्का, शारदा अधिकारी, सविर चुरौटे, कुशल पाण्डे, रोजिना श्रेष्ठ, रोशन सुवेदीको कलाकार टोली बोकेर जाने हिम्मत मात्रै गरेनन्, शुक्रबार साँझ पोखराको सभागृहमा सफल मन्चन नै गरेर देखाए । |
‘मान भर्सेज मती’ मञ्चन हुनुको उद्देश्य भने पोखरेली दर्शकलाई नाटक देखाउनु मात्र थिएन । पोखरामा बन्दै गरेको नाटकघरको आर्थिक सहयोग जुटाउनका लागी पनी हो । युथ क्रियशनले बनाउदै गरेको नाटकघरका लागि रकम जोहो गराईदिन पनि ‘मान भर्सेज मती’ पोखरा पुगेको थियो । |
श्रीमान श्रीमतीको सम्बन्धलाई रोचक घोचक रुपमा प्रस्तुत गरिएको नाटक समाजका समसामयिक घटना र विषयको उठान गरिएको छ । |
तैपनि तपाईंलाई खसखस लागेको हुन सक्छ, फिल्म तथा सभा–समारोहमा अत्यन्तै सुन्दर÷सुन्दरी देखिने अभिनेता/अभिनेत्री वास्तवमा त्यति सुन्दर होलान्? यतिबेला तपाईं आफैंले उत्तर निकालिसक्नुभयो होला, पक्कै हुँदैनन्। फिल्म तथा सभा–समारोहमा उनीहरु त्यति सुन्दर देखिनु ‘मेकअपको कमाल’ हो! यहाँ केही बलिउडका चर्चित सुन्दरीका तस्बिर पेश गरिँदैछ, जसलाई तपाईंले फिल्ममा निकै चम्किलो देख्नुभएको थियो। |
म जहाँ जन्मिए, हुर्किए त्यसबेला कलाकारीता क्षेत्रमा लाग्छु भन्ने सोचको भए अरु नामी कलाकारको नक्कल गर्न लाग्थे होला त्यो सपना पाल्नु त्यो ठाँउमा मुर्खता थियो। त्यसकारण म भित्र अभिनय गर्छु भन्ने कुनै लोभ भएन तर मनभित्र एउटा कुण्ठा थियो दबिएर बसेको तर अचानक अभिनय होईन नाटक लेख्छु, निदेशन गर्छु, व्याक स्टेजमा बसेर सेट बनाउछु भनेर गएको हो तर त्यसको लागि अनिर्वाय अभिनय नै गर्नुपथ्र्यो। अभिनय गर्दै जाँदा अभिनय त जीवनको भोगाई अभिव्यक्त गर्नुरहेछ भन्ने महसुस गरेँ त्यसैले सायद जीवन्तता देखिएको हो कि? |
जीविकोपार्जनका लागि यौन व्यवसायलाई अँगाल्दै आएका वादी समुदायले आफूहरुको पुनःस्थापनाका लागि सरकारले उचित पहल गर्नुपर्ने माग गरेका छन् । |
राष्ट्रिय वादी अधिकार सङ्घर्ष समितिले हिजो यहाँ आयोजना गरेको ‘वादी समुदायका समस्या समाधानका उपाय’ विषयक कार्यक्रममा उनीहरुले सरकारले आफूहरुसँग गरेको सहमतिको तत्काल कार्यान्वयन गरी बसोबासको व्यवस्था गरी जग्गाधनी पुर्जा दिनुपर्ने माग गरे । |
कार्यक्रममा भूमिसुधार राज्यमन्त्री विक्रमबहादुर थापाले वादी समुदायलाई समाजमा इज्जतका साथ बस्ने वातावरण बनाउनु... |
काठमाडौं । नेपाली सुगम संगीतको आकाशमा टीका प्रसाईं एक चर्चित नाम हो । उनले भर्खरै ‘नतोडन’ बोलको गीत नेपाली बजारमा ल्याएकी छन् । उनकै शब्द रचना रहेको सो गीत केही दिनअघि बजारमा आएको हो । यसपछि उनले राजेश पायल राइको सहकार्यमा हातैमा चुरा नामक बोलको गीत पनि ल्याउने बताएकी छन् । |
‘नेपाली तारा’ ‘मायाको डोरी’ जस्ता अन्य धेरै रियालिटी शोमा सहभागी हुँदै उनले आफ्नो सांगीतिक यात्रा ‘ब्राइटर तिम्रो सुर मेरो गीत २०६२’ को विजेता भई औपचारीक रूपमा शुरू गरेकी हुन । हालसम्म लगभग एकसय गीतहरु उनकै आवाजमा रेकर्ड भइसकेका छन् । जसमा नेपाली भाषाको साथै, अन्य राष्ट्रिय भाषा ( मैथिली, भोजपुरी, राजवंशी र चौधरी) रहेका छन् । |
भिडियोः |
मंगलबार हामी धुर्मुस् सुन्तली फाउन्डेसन पुगेका थियौँ । चर्चित हाँस्य कलाकार कुञ्जना घिमिरे सिन्धुपाल्चोकको गिरान्चौर एकीकृत बस्ती निर्माणको धपेडीमा थिइन् । आर्थिक भौतिक सामग्री आफैँ जुटाउनु पर्दा आइपरेका समस्या उनको अनुहारमा छर्लङ्गै देखिन्थ्यो । तथापि उनी निकै खुसी थिइन् । देश विदेशका शुभचिन्तकहरूको प्रशंसाले उनी पुलकित देखिन्थिन् । |
केही बेरपछि मानव बेचबिखन विरुद्धकी अभियन्ता ईन्दिरा सापकोटा आइन् । “यहाँहरूले निकै राम्रो काम गरिरहनु भएको छ । हामी धेरै खुसी छौँ । यो हाम्रो छोराको जन्म दिनको अवसरमा हामीले प्रदान गरेको सानो सहयोग है ।” |
उनले १२ हजार एक सय १० रुपैयाँ थमाइदिइन् र उनीहरूको कामको एकछिन् प्रशंसा गरिन् । |
अहिले उनीहरू आफैँ ढुंगा माटो बोकेर बस्ती बनाउन कस्सिएका छन् । उनी अभिनित टेली शृङ्खला ‘मेरी बास्सै’ प्रशारण भइरहेको छ । त्यसका अलावा चेतनामूलक लघु चलचित्र पनि निर्माण भइरहेका छन् । समाजसेवासँगै उनीहरूको कलायात्रा पनि उत्तिकै रफ्तारमा अघि बढिरहेको छ । |
घिमिरेसँग हामीले केही बेर कुराकानी गर्यौँ । कलाकारितादेखि समाजसेवासम्मको यात्रा उनले यसरी खोलिन् : |
० ० ० |
ललितपुरको दक्षिणी भेग अर्थात चापागाउँमा भएको हो उनको जन्म । तीक्ष्ण बुद्धि, चञ्चले स्वभाव र नृत्यमा विशेष रुची उनको बाल्यावस्थाको विशेषता नै थियो भन्दा फरक पर्दैन । विद्यालयको अभिभावक दिवस होस् या अन्य कुनै कार्यक्रममा कम्मर मर्काइ हाल्ने स्वभावका कारण स्कूलमा छाप परिसकेको थियो–कुञ्जना राम्रो त पढ्छिन् नै त्यो भन्दा राम्रो नाच्छिन् र पछि गएर नृत्यङ्गना बन्छिन् । |
तर, उनको अर्को स्वभाव थियो । बच्चैदेखि कलाकार बन्ने रहरले औधि गाँजेको थियो उनलाई । बज्रबाराही मन्दिर घर नजिकै भएकाले चलचित्र छायाङ्कन भइरहन्थ्यो । चलचित्र छायाङ्कन भएको सुईंको पाउने बित्तिकै कुञ्जना कुद्दै पुग्थिन र अगाडि टुसुक्क बस्थिन् । कारण थियो– सबैभन्दा अगाडि बसे क्यामेराले खिच्छ र चलचित्रमा आफूलाई पनि देखाउँछ । त्यसो त उनलाई आफू अगाडि बस्दा लाग्थ्यो – मलाई पनि क्यामेरामा बोल्न दिए हुन्थ्यो नि । म पनि त्यस्तै अभिनय गर्न सक्थेँ । |
छायाङकनका क्रममा हुने हल्लाखल्लाले उनको मन उद्धेलित हुन्थ्यो । भीडले घेरिएका कलाकार देख्दा आफू पनि यस्तै कलाकार बन्न पाए हुन्थ्यो लागिरहन्थ्यो । र त, आज चलचित्र छायाङ्कन हुँदैछ भन्ने हल्ला सुन्ने बित्तिकै कत्तिखेर स्कूल छुट्टि हुन्छ र सुटिङ हेर्न जाउँला भन्ने ध्याउन्नमा हुन्थिन् उनी । |
चलचित्रमा ज्यादा लगाव बढ्न थालेपछि उनको पढाइ खस्कन थाल्यो । त्यो भन्दा अघि कक्षामा द्वितीय तृतीय भइरहन्थिन्, बिस्तारै ‘पोजिसन’ घट्न थाल्यो । छोरीको पढाइ खस्कन थालेको देखेर अभिभावक चिन्तित थिए । तथापि राम्रो नाच्छे, कतै कलाकार बनि पो हाल्छे की भन्ने आशा उनीहरूलाई थियो । त्यसो त छोरीलाई ठूलो कलाकार बनाउने इच्छा घरपरिवारमा नभएको होइन । त्यसैले होला उनलाई नाच्नका लागि घरपरिवारले नै हौसला जगाउँथ्यो । |
नयाँ चलचित्र प्रदर्शन हुने बित्तिकै हेर्न कुदिहाल्थिन् । बिदाको समयमा डीभी प्लेयरमा चलचित्रका भीसीडीहरू हालेर हेर्ने र ती चलचित्रका नायिकाहरूले गर्ने अभिनय दुरुस्त ऐनामा उतार्ने कोशिस गर्थिन् । उनमा हिरोइन बन्ने एक किसिमको ‘प्यासन’ थियो । |
चलचित्र ‘सक्कली नक्कली’को सुटिङ भइरहेको थियो । चलचित्रमा शम्भु प्रधान, उनकी श्रीमती नुतन प्रधान, छाेरी ईश्वरी प्रधान र छोराले समेत अभिनय गरेका थिए । उनले सोचिन्–चलचित्रमा अभिनय गर्न त आफ्नै परिवार पो चाहिने रहेछ त ! मेरो परिवारको कसैले फिल्म खेलेको थियो भने मैले पनि मौका पाउँथे कि ! |
चलचित्र, रेडियो, टेलिभिजनमा अभिनय गर्ने र बोल्ने उनको उत्कट चाहनालाई विद्यालयका शिक्षकले पनि बुझेका थिए । त्यसो हुँदा कक्षा सात मै पढ्दा रेडियोमा बोल्ने मौका पाइन् । नेपाल टेलिभिजनको कार्यक्रममा नृत्य कला प्रस्तुत गर्ने अवसर पनि मिल्यो । |
कक्षा नौमा अध्ययन गर्दै थिइन्, कलाकारिता गर्ने रहर रोक्नै नसक्ने गरि अघि बढिरहेको थियो । उनी चलचित्रमा अडिसन दिन पुगिन् । प्रवेशिका परीक्षा दिएर उज्जवल शैक्षिक बाटो कोर्नु पर्ने छोरी सानै उमेरमा चलचित्रमा हाम फाल्न लाग्दा बाआमाले रोक्नु स्वभाविकै थियो । त्यस्तै कक्षामा बारम्बार अनुपस्थित भइरहने, एसएलसी पनि नजिकिइसकेकाले शिक्षकहरू पनि चलचित्रमा अडिसन दिन पठाउँदैनथे । आमाबाबु तथा शिक्षकको आँखा छलेर उनी अडिसन दिन जान्थिन् । के के पाण्डेको ‘चित्कार’ थियो त्यो चलचित्र । अडिसन पास भएर छायाङ्कन सुरु हुने बेलामा प्रवेशिका परीक्षा आइदियो । उनले त्यो चलचित्रमा अभिनय गर्न पाइनन् । एसएलली प्रथम श्रेणीमा उत्तीर्ण गरिन् । |
अन्नततः आइपुगिन् कलाकारितामा नै |
भुपेन्द्र पराजुली रेडियो नेपालमा काम गर्थे । संयोगले पराजुलीसँग उनकी सानीआमाको भेट भएछ । सानीआमा कोटेश्वरमा बस्थिन् । सानीआमाले पराजुलीलाई भनिछिन्– मेरी छोरी पनि तपाइँजस्तै रेडियोमा बोल्ने चाहना गर्छिन् । उनलाई अवसर दिनुहोस् न । उनले रेडियो नेपालमा रेडियो नाटकहरू निर्देशन गर्ने मदनदास श्रेष्ठसँग भेट गराइदिएछन् । त्यो विसं. २०६० सालतिरको कुरा हो । |
बोल्ड र मीठासपूर्ण आवाज । फूर्तिली युवती । स्पष्ट वाक्शैली । उनी छनोट नहुने कुरै थिएन । श्रेष्ठले भ्वाइस टेष्ट लिए । उनी उत्तीर्ण भइन् र रेडियो नाटकहरूमा आवाज दिन थालिन् । नृत्यमा पारङ्गत भएकाले विभिन्न स्टेज कार्यक्रम, लघु चलचित्र आदिमा अभिनयको अवसर पाउन थालिन् । इच्छाको साधना नै हो सफलता, उनको कलाकारिताको डोरेटो निर्माण हुन थाल्यो । |
प्रहरीको ‘समर्पण राष्ट्रको लागि’, नेपाली सेनाको ‘माटोले माग्दैन आफैँले दिनुपर्छ’ लगायत थुप्रै टेलिचलचित्रमा उनले अभिनय गर्ने मौका पाइन् । उनको अभिनय कौशल तिखारिँदै थियो । |
र, भेटिए सीताराम |
रेडियो नाटकमा आवाज दिने शिलशिलामा दमन रुपाखेतीसँग कुञ्जनाको बारम्बार भेटभइरहन्थ्यो । रेडियो नेपालबाट प्रशारण हुने रेडियो नाटक ‘दिन प्रतिदिन’ त्यतिबेलाको लोकप्रिय रेडियो कार्यक्रम थियो । त्यसमा कुञ्जनाले पनि आवाज दिन्थिन् । त्यस्तै क्रममा ‘लौन सतायो’ भन्ने ‘डमी’ टेलिसिरियल निर्माणको कुरा उठ्यो । कुञ्जना त्यसमा अभिनय गर्थिन् भने सीताराम कट्टेल (धुर्मुस्) र केदार घिमिरे (माग्नेबूढा) निर्माण नियन्त्रकको रूपमा थिए । सीतारामसँगको उनको पहिलो भेट त्यहीँ भएको हो । पछि त्यो टेली चलचित्र पास भएन र प्रशारण पनि भएन । लगत्तै उनीहरूले पुनः अर्को हाँस्य टेलिचलचित्र ‘मेरी बास्सै’ निर्माण सुरु गरे । सीतारामसँगको सहकार्य नियमित रूपमा अघि बढ्यो । |
यसरी कसियो लगन गाँठो |
जीवन नसोचेकै परिघटनाको संगालो हो । त्यस्तै भयो कुञ्जना घिमिरेको जीवनयात्रा पनि । कलाकार बन्छु भन्ने त सानैदेखि थियो तर उनलाई डोर्याउने कोही भएन । उनका आफन्त नाता गोताका मानिसहरू चलचित्रमा उद्योगमा थिएनन् । कलाकार बन्ने तीव्र चाहनाका कारण विभिन्न ठाउँमा पुगिन् । अभिनय गरिन् । आवाज दिइन् । त्यस्तैमा भेट भएको थियो सीताराम र केदारसँग । |
संघर्षको हद पार गरेका आएका सीताराम र केदार कामप्रति अत्यन्त लगाव राख्थे । त्यसबाट अत्यन्त प्रभावित थिइन् कुञ्जना । मेरी बास्सैमा धुर्मुस्–सुन्तलीको जोडी जम्दै थियो । आम दर्शकले सीताराम र कुञ्जनालाई धुर्मस् र सुन्तलीको रूपमा चिन्न थालिसकेका थिए । अभिनय यात्राकै दौरानमा मेरी बास्सैको टीमले घुमाउरो पाराले या कतिपय अवस्थामा सिधै जिस्क्याउन थालिसकेको थियो–कुञ्जना, सीताराम पनि संघर्ष गरेरै आएका हुन् । कामप्रति इमान्दार छन् । तिमीहरू बिहे गरेर सँगै यात्रा अघि बढाए हुन्छ । |
तर, भर्खर कलाकारिता यात्रा प्रारम्भ भएकाले उनले त्यतातर्फ ध्यानै दिइनन् । उनीहरूको कुराकानीलाई केवल ‘ठट्टा’को रूपमा बुझिन् । त्यसो त सीतारामले पनि विभिन्न वहानामा प्रेम प्रकट गरिरहेकै हुन्थे । कहिले काँही कुञ्जनाले आफ्नो कुरा नसुन्दा भावनात्मक हिसावले आकर्षित गर्न खोज्थे । संघर्षका हिस्सा थिए सीताराम । त्यसैले उनले आफ्ना दुःखको किस्साहरू सुनाउँथे तर कुञ्जना ठीक उल्टो थिइन् । उनी भन्थिन्–जीवन संघर्षकै आयाम हो । त्यसभन्दा पर रहेर सुखको परिकल्पना गर्नै सकिन्न । फेरि विगत सम्झेर दुःखी र निराश बनिरहने हो भने सुखद् भविष्यको कल्पना कसरी गर्न सकिन्छ ? |
भावनात्मक हिसावले अत्यन्त नजिक थिए उनीहरू । दुवै तर्फको परिवारमा आउजाउ पनि हुन्थ्यो । मेरी बास्सै छायाङ्कनकै क्रममा धेरैपटक सीताराम कुञ्जनाको घरमा पुगेका थिए । आमाबाबुसँग कुरा पनि गर्थे । दुवैले एकअर्कालाई निकै सघाउँथे पनि । |
सीतारामको मनमा मायाको अङ्कुरण झांगिइसकेको थियो । तर, कुञ्जनाको ध्यान अभिनयमा ज्यादा भएकाले प्रेम या विवाहपट्टि ध्यानै थिएन । त्यसैले उनी सीतारामलाई सम्झाउँथिन्– हामी सँगै छौँ । भावना आदान–प्रदान भइनै रहेको छ । काम गर्दै जाने क्रममा एक अर्काको मन मिल्यो भने विवाह गर्नु कुनै ठूलो कुरा पनि होइन । यसबारे अहिले नै निर्णय नलिइ हालौँ । सीताराम त्यसमा राजी भएका थिए । |
कक्षा आठमै पढ्दा दिदीको विवाह भइसकेको थियो । उनले परिवारको जिम्मेवारी आफ्नो काँधमा आएको महसुस गरेकी थिइन् । त्यसकारण पनि विवाह गरिहाल्ने मनस्थिति बनाएकी थिइनन् । हुर्किएकी छोरी चेली प्रति अभिभावकको चिन्ता प्रकट हुनु स्वभाविकै थियो, एक दिन बाबुले भने–छोरी अब तिम्रो विवाह गर्नु पर्छ । तिमी तयार छैनौँ भने म घरको तला थप्छु । |
कलाकारिता यात्राले बिस्तारै उचाइ लिइरहेकाले उनको विवाह गर्ने सोच थिएन । उनले बाबुलाई घरको तला नै थप्न भनिन् । |
विसं.२०६५ को दसैंमा सीताराम घर गएका थिए । त्यहाँ उनले ज्योतिषसँग विवाहबारे सल्लाह मागेछन् । ज्योतिषिले भनेछन्–यो सालको मंसिर १४ गते तिम्रो विवाहका लागि उपयुक्त लगन हो । तिमीले मन पराएको केटीको लग्न र तिम्रो लग्नको राम्रो योग मिलेको छ । यो लगन गुमाउँनु हुँदैन । |
त्यसपछि सीतारामले तत्काल कुञ्जनालाई फोन गरेछन् र बेलीविस्तार लगाएछन् । कुञ्जना छाँगाबाट खसेजस्तो भइन् । उनले विवाहबारे केही सोचेकै थिइनन् । घर परिवारलाई पनि बिहे नगर्ने भनेर घरको तल्ला थप्न लगाइसकेकी थिइन् । |
सीतारामले फोन गर्दा आमा नजिकै थिइन्, उनले आमालाई सबै कुरा भनिन् । केही बेर आमाबाबुले सल्लाह गरे । भर्खर कलाकारितामा अघि बढ्दै गरेकी छोरीको विवाह गर्दा भोलि उसलाई समस्या पर्ला कि आमाबाबुको चिन्ता देखियो । आमाबाबुले उनलाई केही भनेन्, आमाबाबुको मन न हो, उनीहरूको अनुहारमा देखिएको त्यो भाव उनले सजिलै बुझिन् । |
सीतारामको घर परिवारको बारेमा उनका बाबाआमा जानकार नै थिए । परिवार ठूलो थियो । पाँच जना छोराछोरी, बाआमा र हजुरआमा समेत गरी आठ जनाको परिवार थियो । जेठी बुहारी बनेर जाँदै थिइन् कुञ्जना । स्वभाविक हिसाबले घर परिवारप्रति जेठो बुहारीको दायित्व बढी हुन्छ । त्यसमै चिन्तित थिए कुञ्जनाको आमाबाबु । |
कुञ्जना र सीताराम दुवैजना मिलेर ‘कन्भिन्स’ गरे । कुञ्जनाले भनिन्–केटा मैले रोजेँ, विवाह यहाँहरूले रोज्नुहोस् । आमाबाबुले आँगन पोलेरै विवाह गर्ने इच्छा देखाए । त्यही सालको मंसिर १४ गते नै सीतारामसँग उनको लगनगाँठो कसियो । |
० ० ० |
‘मेरी बास्सै’मा दुवै जनाको अभिनय जम्न थाले पछि थुप्रैले अड्कल काटे– सीताराम र कुञ्जना दम्पती नै हुन् । त्यस्तै केहीले भन्थे–यिनीहरूको विवाह गरिदिए नि हुन्थ्यो । कतारको कार्यक्रममा जाँदा रमाइलो घटना घट्यो । त्यहाँको कार्यक्रम आयोजकले अरु कलाकारका लागि छुट्टाछुट्टै कोठाको प्रवन्ध गरिदिएका रहेछन् तर सीताराम र कुञ्जना विवाहित नै हुन् भनेर एउटै कोठामा सुत्ने व्यवस्था मिलाइ दिएछन् । |
त्यसो त दर्शकले पनि भन्थे–तपाईँहरू सँगै भएको हेर्न चाहन्छौं । त्यसैले उनी भन्छिन्–अहिले हामी कलायात्रामा मात्रै नभएर जीवनमै जोडिनुको पछाडी तिनै दर्शकको माया र आशीर्वाद हो । |
केदार घिमिरेसँगको सम्बन्ध |
सीतारामजी र केदारजी दुवै संर्घषका उपमा हुन् । कामभन्दा दोश्रो उनीहरूको स्वार्थ छैन । पछिल्लो समय ‘मिडिया हब’को कारण हामी ‘मेरी बास्सै’मा सँगै नदेखिएका हौं भन्छिन् कुञ्जना । त्यसो त मिडिया हब घाटामा गएपछि केदार घिमिरे आफैंले ‘मेरी बास्सै’ अगाडि नबढाऔं भनेका थिए रे । तर, दर्शकसँगको नाता टुटाउन नचाहेकाले सुख दुःख जे गरेर भए पनि ‘मेरी बास्सै’ अगाडि बढाएको कुञ्जनाको तर्क छ । |
उनी भन्छिन्–काम गर्ने शिलशिलामा मन मुटाव नहुने होइन, उमेर जोश र कतिपय अल्पज्ञानले तिक्तता उत्पन्न पनि हुन सक्छ । तथापी हामीबीच त्यस्तो कुनै कुरा छैन जसले दूरी पैदा गरोस् र भावनात्मक सम्बन्धमा आघात पुर्याओस् । |
आइपुग्यौं समाजसेवामा |
नेपालमा उत्तरी गोरखाको बारपाक केन्द्रविन्दु गरी ७.८ रेक्टर स्केलको भूकम्प जाँदा सीताराम र कुञ्जना अमेरिकामा थिए । सरसफाइ दूत समेत भएकाले उनीहरू राजमार्ग सफा राख्न ‘राजमार्ग शौचालय’को एजेन्डा बोकेर अमेरिकामा प्रस्तुति देखाउन पुगेका थिए । उनीहरूलाई सघाएका थिए, नेपा |
उपन्यासको सम्पूर्ण नक्सा उनको दिमागमा आइसक्यो र त्यसलाई कापीमा पनि उतारिसकेका छन्। अब पूर्णता दिनका लागिमात्र उनी इलाम जाने सुरमा छन्। |
... |
दिदीको ‘ब्वाईफ्रेन्ड’का लागि चिठी लेख्न थालेदेखि भाषाको बान्की मिलाएर पत्र लेख्ने बानी परेको थियो सुब्बालाई। |
... |
पत्रमित्रताको शृंखला लम्बिँदै जाँदा युवतीले एकपल्ट पत्रमार्फत् नै फोटो पठाउन भनिन्। उपेन्द्रले आफूले खिचाएका फोटामध्ये सबैभन्दा ‘ह्यान्डसम’ फोटो हुलाक गरे। उनले हाँस्दै सुनाए, ‘त्यसपछि त चिठी आउनै छाड्यो।’ |
|
काठमाडौ । नेपालको साहसिक पर्यटन (पर्वतारोहण) बारे पुस्तकका माध्यमबाट विश्वभर प्रचार गर्दै आएकी चिनियाँ आरोही वाङ जिङको दोस्रो कृति ‘साइलेन्स अफ द समिट’ सार्वजनिक भएको छ । |
सर्वोच्च शिखर सगरमाथाको तीन पटक सफल आरोहण गरेकी लेखक वाङले आफ्नो पछिल्लो पुस्तकमा सगरमाथासहित सात महादेशका अग्ला हिमालको अवस्था र आरोहण भोगाइबारे उजागर गरेकी छन् । |
त्यस्तै पुस्तकमा आरोही वाङले सात महादेशका आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणका अनुभूति र अवस्थितिलाई पुस्तकमा समेटिएको छ । |
एभरेष्ट फिउचर फाउन्डेसनले प्रकाशनमा ल्याएको उक्त पुस्तकमा आरोही वाङले १४३ दिनमा विश्वका सात महादेशका आठ हजार मिटरभन्दा अग्ला हिमालको उत्तर र दक्षिण दिशाबाट आरोहण गरेको र तिनको सांस्कृतिक महत्वलाई समेत उल्लेख गरिएको छ । |
आरोही वाङ्को उक्त पुस्तक प्रधानमन्त्री निवास बालुवाटारमा साेमबार आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरे । |
चिनियाँ र अङ्ग्रेजी भाषामा प्रकाशित सो पुस्तक नेपालको पर्वतीय पर्यटनमा उपयोगी हुने अपेक्षा गरिएको छ । |
आरोही वाङले यसअघि सन् २०१३ मा ‘माउन्टेनरिङ लाइफ एट अल्टिच्युड’ नामक पुस्तक पनि प्रकाशन गरेकी थिइन् । |
नेपाल सरकारबाट इन्टरनेसनल माउन्टेनर–२०१४ सम्मानित तथा नेपाल–चीन सद्भावनादूत–२०१५ समेत रहेकी वाङले सफल महिला व्यवसायीका रुपमा चीनका विभिन्न पुरस्कारबाट सम्मानित भएकी छन् । |
उक्त अवसरमा प्रधानमन्त्री ओलीले सगरमाथा आरोही वाङको पछिल्लो पुस्तकले नेपालको पर्वतीय पर्यटनलाई विश्वमा प्रवद्र्धन गर्नुका साथै नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप उचाइमा पुर्याउन मद्दत पुग्ने बताए । |
नेपाल र चीनबीचको लामो पारस्परिक, सांस्कृतिक र भौगोलिक सम्बन्ध रहिआएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले पर्वतारोहणसम्बन्धी वाङको पुस्तकले आपसी सम्बन्धलाई मजबुत तुल्याउन उपयोगी हुने उल्लेख गरे । |
प्रधानमन्त्री ओलीले भने– “सगरमाथासहितका सात महादेशका हिमाल चढ्ने उहाँको जोसपूर्ण साहसलाई म कदर गर्छु । म आश्चर्यचकित भएको छु उहाँको सक्रियता र साहसप्रति ।” |
प्रधानमन्त्री ओलीले प्राकृतिक विपत्तिले दुई वर्ष आरोहण अवरुद्ध भई पुनः यस वर्षको वसन्त ऋतुमा सगरमाथासहितका हिमालको उत्साहजनक सफल आरोहणले आगामी दिनमा नेपालको पर्यटनले सफलता पाउने विश्वाससमेत व्यक्त गरे । |
नेपालका लागि चिनीयाँ राजदूत वु छुन्ताई चीन र नेपालको कूटनीतिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन आरोही वाङको पुस्तक सान्दर्भिक हुने बताए । |
उनले नेपालका हिमालको सांस्कृतिक महत्व र रहनसहनले दुई देशबीचको जनस्तरको सम्बन्धलाई उजागर गरेको पनि उल्लेख गरे । |
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, नेपाल माउन्टेन एकेडेमीका कार्यकारी निर्देशक लाक्पा फुटी शेर्पा र एभरेस्ट फ्युचर फाउन्डेसनका अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले आरोही वाङको पुस्तकले नेपालको पर्वतीय पर्यटनलाई विश्वमा पहिचान र प्रवद्र्धन गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । रासस |
मुस्ताङ नैरीकोटका थकाली समुदायको रीतिरिवाज र जिवनशैलीलाई टिपेर ‘कबड्डी’ र ‘कबड्डी कबड्डी’ बनाएका निर्देशक रामबाबु गुरुङ अब भने डुंगा चलाएर जिविकोपार्जन गर्ने बोटेहरुको कथामा फिल्म बनाउने भएका छन् । ‘पुरानो डुंगा’ नाम राखिएको उक्त फिल्मको सोमबार एक कार्यक्रम गरी जानकारी दिइयो । |
Subsets and Splits