Dataset Viewer (First 5GB)
Auto-converted to Parquet
text
string
उषा पाण्डे|सेतोपर्दा
पछिल्लो समय कथालाई पठनको मात्र नभएर श्रव्य र दृश्यका माध्यमबाट समेत साहित्य पारखीमॉझ पुर्‍याउन थालिएको छ । रंगमञ्चमा कथा मञ्चन गरिने क्रम बढ्दै छ । यस्तै क्रममा मण्डला थिएटरमा दुई कथाकार भिन्न शैलीमा देखीए बुक लर्भस् नेपालले थालनी गरेको नयाँ कथवाचनको कार्यक्रम ‘कथाक्रम’मा । कथाकारलाई नै मञ्चमा निम्त्याएर कथा वाचन गराउने कार्यक्रम्रमा नयनराज पाण्डे र लेनिन बञ्जाडेले एक एक वटा कथा सुनाए ।
कार्यक्रममा नयनराज पाण्डले नेवारी सस्कृति र मिथको प्रयोग तथा मातृ स्नेहलाई प्रतिक बनाएर लेखिएको कथा “राजा इन्द्रलाई थाहा छ” वाचन गरे । यसैगरी लेनिन बञ्जाडेले वर्तमान समयमा आधुनिक प्रविधिको नाममा मान्छेलाई भर्चुअल बनाइसकेको सामाजिक सञ्जालले सम्बन्धमा ल्याउने खटपट र चिसो पनको कथा “अफेयरगञ्ज” वाचन गरे । कथाको भाव अनुसार ब्यागराउन्डमा सङ्गीतको समेत समायोजन गरिएको थियो र यसमा “कर्ड ब्यान्ड”ले साथ दिएको थियो ।
कथा वाचनको नयॉ शैलीको सुरुवात गर्ने उद्देश्यका साथ सुरु भएको कथाक्रम हरेक चालिस दिनमा आयोजना गरिने कार्यक्रमा ब्ुाक लभरस् नेपालका अध्यक्ष विवेक उ मिश्रले बताए ।
हेर्नुहोस् लेनिन बञ्जाडेको कथा अफेयरगञ्ज
 
हेर्नुहोस नयनराज पाण्डेको कथा ‘राजा इन्द्रलाई थाहा छ’
राजविराज, १६ बैशाख । नेपाली साङ्गीतिक क्षेत्रमा संघर्षरत नाम हो, निखिल राउत अर्थात विवेक यादव ।
सानै उमेरदेखि आमा शान्ति देवी र बुवा घनश्याम यादवसंगै सांगीतिक क्षेत्रमा प्रवेश गरेका विवेक मोरङ्गको बिराटनगरमा रहेर सांगीतिक क्षेत्रमा संघर्ष गरिरहेका छन् । सप्तरीको रायपुर गाविसको रुपनी बजार हाल शम्भुनाथ नगरपालिका– १ मा वि.स. २०५० सालमा जन्मिएका विवेक सानै उमेरदेखी गीत सङ्गीतप्रति अथाह रुचि भएको बताउँछन ।
गायक बन्ने सपना सँगालेर गुनगुनाउँदै यादव २०६७ सालमा विराटनगरका सङ्गीतकार सुधीर शाहीको साथ पाएर औपचारिक रूपमा गायनमै होमिए । शाहीसँग विराटनगर स्थित उनकै घरमा सङ्गीतको प्रशिक्षण लिएको उनले बताए । करिब चार वर्ष उनकै घरमा सङ्गीतको प्रशिक्षण लिएपछि उनले २०७२ सालमा पहिलो पटक गीत रेकर्ड गराउन भ्याए । उनकै शब्द र भावना घिमिरेको शब्द तथा सुधिर शाहीको सङ्गीतमा कहाँ हरायौ तिमि मेरो दिल तोडी ‘बेचैनी ले बढ्छ धड्कन’ बोलको गीतमा उनले पहिलो पटक स्वर भरेका हुन् । त्यस यता स्टेज शो र अन्य कार्यक्रमहरुमा आफ्नो प्रतिभा पस्किंदै आएका राउत भर्खरै आफ्नो पहिलो एकल एल्बम “दिलको उपहार” सार्वजनिक गरेका छन ।
हालसम्म ५ वटा आधुनिक गीतहरु संग्रहीत उनको एल्बममा चर्चित गायिका सिर्जना कार्कीले समेत साथ दिएकी छिन् । एल्बममा निखिल राउत, भावना घिमिरे र मिनकुमार नवदितको शब्द रहेको छ भने सुधिर शाही र नितिन गजुरेलले सङ्गीत भरेका छन् । भविष्यमा यहि क्षेत्रमा केही गरेर देखाउने सोच रहेको छ । उनी अहिले पुर्वको विभिन्न कार्यक्रमहरुमा निकै व्यस्त छ्न । यादवको साउन ७ गते बिराटनगरमा एकल साँझ कार्यक्रम समेत हुन लागेको छ । नेपाली सांगीतिक बजार खस्किएको
बेला पनि नयाँ जोश र उत्साह लिएर केही गर्ने सोचका साथ अगाडि बढि रहेका छन् ।
४ जुलाईमा इरानी चलचित्र निर्देशक अब्बास कियोरोस्तामी (७६) बितेको खबर सुन्नेबित्तिकै धेरैले कोकोर गाउँका बालक अहमद सम्झिएको हुनुपर्छ, जो भूलवश आफूसँग आइपुगेको साथीको नोटबूक फर्काउन चिन्तित छ । नोटबूक नभएकै कारण साथी कक्षाबाट निकालिने डरले सताइएको उसलाई साथीको घर भने थाहा छैन ।
‘ह्वेयर इज द फ्रेण्ड्स होम ?’ सन् १९८७ मा बनाएको यही चलचित्रले कियोरोस्तामीले बाँकी विश्वको ध्यान आफूतर्फ खिचेका थिए, र सँगसँगै इरानी फिल्मको हैसियत बताइदिएका थिए ।
सन् १९७९ मा आयोतुल्लाह खोमेनी नेतृत्वको इस्लामिक विद्रोहपछि इरान पूर्णतः धार्मिक देश बन्यो । लगत्तै शुरु भएको सांस्कृतिक क्रान्तिले चलचित्रलाई वेश्यावृत्तिको नजिक ठान्यो । राजनीतिक स्वतन्त्रतामा रमाइरहेका इरानका थुप्रै साहित्यकार, चलचित्रकर्मी र बौद्धिक पश्चिमी मुलुकतर्फ पलायन हुन थाले । तर, कियोरोस्तामी देशभित्रै बसे ।
धार्मिक अन्धवादमा अभिव्यक्ति स्वतन्त्रताको कुरा गर्नु भगवानको निन्दा गर्नुसरह मानिन्छ । ‘बालमनोविज्ञानबाटै समाजका विषमता देखाउने’ रहर नभई सेन्सर छल्ने बाध्यताकै उपज थियो । त्यसैले कियोरोस्तामी मात्र होइन, ‘चिल्ड्रेन अफ हेभेन’ (मजिद मजिदी) को ‘अ सेपरेशन’ (असगर फरहादी) देखि नयाँ पुस्ता समेत यही पथमा हिंड्न बाध्य भए/छन् ।
तर राजनीतिक, धार्मिक, आर्थिक र सेन्सरलगायतका सीमितताबीच पनि इरानी चलचित्र किन विशेष लाग्छन् ? अधिकांश इरानी चलचित्र किन मुटु छुँदै जान्छन् ? के विशिष्ट सिर्जनाका लागि निरंकुशता आवश्यक छ ? यस्ता आम प्रश्नको उत्तर दिने जीवित आधिकारिक व्यक्ति कियोरोस्तामी नै थिए । किनकि आज विश्वमा इरानी चलचित्रको जुन सुवास फैलिएको छ, त्यसको पहिलो माली उनी नै थिए ।
व्याकरणप्रतिको विद्रोह
तेहरानमा जन्मिएका कियोरोस्तामीका बुबा पेन्टर थिए । त्यसैको प्रभावमा उनले फाइन आर्ट पढे । केही समय चित्रकला, ग्राफिक्स डिजाइनको काम पनि गरे । यो विधाले उनलाई टेलिभिजन विज्ञापनसम्म ल्यायो ।
सन् १९६० को दशकलाई इरानी फिल्मको ‘नयाँ लहर’ मानिन्छ । त्यही दशकको अन्त्यतिर १९६९ मा उनले इन्ष्टिच्यूट फर इन्टेलेक्चुअल डेभलपमेन्ट अफ चिल्ड्रेन एण्ड योङ अडल्ट्स खोले, जसको संरक्षक तत्कालीन इम्प्रेस् फराह थिइन् । यसबीचमा वृत्तचित्र र छोटा फिल्म बनाएका कियोरोस्तामीको पहिलो फिचर फिल्म भने ‘द रिपोर्ट’ (१९७७) थियो । यो फिल्ममा उनले कर अधिकृतमाथि लागेको घूसको आरोप र आत्महत्यालाई विषय बनाएका थिए ।
यी निर्देशकलाई अन्तर्राष्ट्रिय ख्याति दिलाउने कथा भने उही ‘कोकोर ट्रिलोजी’ नै थियो । ‘ह्वेर इज द फ्रेन्ड्स होम ?’ पनि यसैको पहिलो भाग थियो भने ‘लाइफ, एण्ड नथिङ मोर…’ र ‘थ्रु द ओलिभ ट्रिज’ मा कोकोरका कथा टुंगिएको थियो ।
कम्तीमा ३५ हजारको ज्यान जाने गरी १९९० मा इरानमा गएको ७.४ म्याग्निच्यूडको भूकम्पको पृष्ठभूमिमा खिचिएका पछिल्ला दुई फिल्मले फिल्म निर्माणको स्थापित व्याकरणप्रति एकखाले विद्रोह नै गरेको थियो । कथावाचनमा तथ्य र कल्पनाशीलताको यस्तो गजबको संयोजन यसअघि चलचित्रमा देखिएकै थिएन ।
‘टेष्ट अफ चेरी’ (१९९७) बाट कान्स फिल्म फेस्टिभलमा पाल्मा डोर उपाधि जितेका कियोरोस्तामीले लगत्तै’ द विन्ड विल क्यारी अस्’ बाट प्रसिद्धी कमाए । ‘टेन’ (२००२) मार्फत महिला ट्याक्सी ड्राइभरको आँखाबाट इरानको समाज नियाल्ने उनको प्रयासलाई खास प्रयोग नै मानियो ।
तर, कियोरोस्तामी स्वयं भने आफूले केही नयाँ आविष्कार नगरेको बताउँथे । “म मानिसका दैनन्दिनका जीवनशैली हेर्छु र कथा बुन्छु”, उनी भन्थे । अध्यात्म, दर्शन र कविताबाट फिल्मका कथा र संवाद भन्न सक्ने कियोरोस्तामीको खूबी वास्तवमै अद्भुत थियो ।
एउटा बिडम्बना
खोमेनी शासनपछि पनि मुलुक छाडेर नजानु आफ्नो जीवनको अहम् निर्णय ठान्थे, कियोरोस्तामी । कारण खोतल्दा भन्थे– तपाईं रुखलाई अर्को जमीनमा सार्न त सक्नुहुन्छ, तर त्यो रुखबाट पहिलेकै जस्तो मीठो फल पाउन सक्नुहुन्न । यो प्रकृतिको नियम हो । मलाई लाग्छ, यदि मैले देश छाडेको भए म पनि त्यही रुखजस्तै हुनेथिएँ ।
पछिल्लो समय फ्रान्समा अस्थायी बसोबास थालेका कियोरोस्तामीका पछिल्ला दुई चलचित्र ‘सर्टिफाइड कपी’ (२०१०) र ‘लाइक समवन इन लभ’ (२०१२) को पूरै सूटिङ इटाली र जापानमा भयो । कलाकार, प्राविधिक मात्र होइन, कथा पनि उतैका भए । कियोरोस्तामीको नाम सुन्नेवित्तिकै आउने इरानी गाउँ र गल्लीको वास्ना यी चलचित्रमा पाइएन । ‘कियोरोस्तामी आफूले भनेजस्तै बसाइ सरेको रुख भए’, धेरैले आलोचना पनि गरे ।
तर, धर्ती छाडेर जानुभन्दा धेरै पहिल्यै कियोरोस्तामी विश्वकै सर्वकालीन कथावाचक बनिसकेका थिए । नत्र अकिरा कुरोसावाजस्ता महान चलचित्रकर्मीले सत्यजीत रे जस्तै अर्को प्रतिभा दिएकोमा भगवानलाई धन्यवाद भन्ने थिएनन् ।
‘ओटेयर’ कियोरोस्तामी
अथक सीता
काठमाडौँ — आत्मविश्वास र सीता सुवेदीबीच ठूलो सम्बन्ध छ । केही घण्टाभित्रै आफू मर्ने घोषणा हुँदा पनि उनी डगमगाइनन् । अहिले उनको परिचय बनेको छ– गायिका अनि डान्सरको । कतिपय कार्यक्रममा उनको नाच आकर्षणको केन्द्र बन्छ ।
कत्थक बेस्डमा नृत्य सिकिरहेकी उनी अन्य डान्स फर्मतिर पनि चासो दिँदै छिन् । उनले तीन वर्षअघि ‘सम्झनाको पल...’, ‘तिम्रो नजरको दोषी...’, ‘मलाई चौबन्दी...’ जस्ता गीत सार्वजिनिक गरेकी थिइन् । अब म्युजिक भिडियोसहितको एल्बम निकाल्ने योजना बुन्दै छिन् ।
हालैको भेटघाटमा उनी विगततिर फर्किइन् । भरतपुर क्यान्सर अस्पताल खुलेको एक वर्ष मात्रै भएको थियो । मेघौली–९ की सीता उपचार क्रममा थिइन्, २०५७ मा अस्पतालले उनलाई बोनम्यारो क्यान्सर भएको बतायो । त्यति बेला उनी सात कक्षामा पढदै थिइन् ।
‘भाइबहिनीलाई अघिपछि राखेर साइकल चलाउँथेँ,’ सीता भन्छिन्, ‘यत्तिकैमा खुट्टा सुन्निन थाल्यो । जँचाउन जाँदा क्यान्सर भनियो । देब्रे खुट्टाको घुँडाभन्दा मुनि क्यान्सर भए पनि त्यो फैलिने डरले तिघ्रासम्म फाल्नुपर्‍यो ।’ केमोथेरापीका क्रममा एक दिन आमा आएर ‘तँ चार बजेभित्रमा मर्छेस् अरे’ भनेको सुन्दा सीता छक्क परेकी थिइन् । औषधिको साइड इफेक्ट देख्दा बीचमा धेरैपल्ट डाक्टरले नै आशा मारेको उनको सम्झना छ ।
सीतालाई भने कहिल्यै मर्छुजस्तो लागेन । बरु हाँसेरै विगत सुनाउँछिन् । उनको आत्मबल देखेर कलानिधि संगीत महाविद्यालयका समकक्षी र गुरुहरू चित खान्छन् । उनी त्यहाँ शास्त्रीय संगीत सिकिरहेकी छन् भने नृत्यको पनि कक्षा लिन्छिन् । ‘यी विषयमा पहिलेदेखि रुचि थियो,’ नेपाली विषयमा स्नातकोत्तर सीताले भनिन्, ‘सुरुमा पढ्न पाइएन । अब रहर पूरा गर्दै छु । केही गरेर देखाउनु छ ।’
त्रिभुवन विश्वविद्यालयबाट उनले संगीतमा स्नातक गरिभ्याएकी छन् । अर्को वर्ष मास्टर्स ज्वाइन गर्ने बताइन् । त्यतिन्जेल भारतको प्रयाग संगीत समितिसँग सम्बन्धन प्राप्त कलानिधिमै संगीत र नृत्य सिकिरहने उनको योजना छ । ‘म गड गिफ्टेड कलाकार होइन,’ उनी भन्छिन्, ‘गिफ्ट थोरै छ । तर, साधना धेरै गर्न सक्छु । छिटो प्रगति गर्न सक्दिनँ । तर, लामो समय मिहिनेत गर्न सक्छु ।’ उनलाई संगीत गुरुले सुरुमा ‘अन्य क्षेत्र रोज’ भनेका थिए । उनी यसमै डटेर लागिपरिन् । गुरु प्रभावित भए ।
सीता आफ्नो गायनमा अझै निखार ल्याउन चाहन्छिन् । ‘तीन वर्षमा दुई दर्जन रागबारे थाहा भयो,’ उनी भन्छिन्, ‘तर, गाउन अझै पोख्त छुइनँ ।’ ज्यानले साथ दिउन्जेल नाच्ने र पछि गायनमा समर्पित हुने उनको योजना छ ।
‘नाच्न सधैं नसिकएला,’ उनले भनिन्, ‘स्वर त सम्पत्ति भइहाल्यो । राम्रो गुरुआमा बन्ने सपना छ ।’
प्रकाशित : जेष्ठ २८, २०७५ ०८:४९
प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मुस–सुन्तली नमुना एकिकृत बस्तीको अवलोकन गरेका छन् ।
भूकम्प गएको तीन महिनाभित्रै निर्माण सम्पन्न भएको काभ्रेको डाँडागाउँस्थित पहरी बस्तीको करिब नौ महिनापछि प्रधानमन्त्री ओलीले अवलोकन गरेका हुन् । बस्ती अवलोकन पश्चात् प्रम ओलीले धुर्मुस र सुन्तलीको सामाजीक कामको प्रशंसा गरेका थिए । सरकारले पनि पुनः निर्माणको काम छिट्टै थालनी गर्ने उनले बताएका छन् ।
नाकाबन्दीको समस्या समाधानको संघारमा रहेको जिकिर गर्दै प्रम ओलीले नाका सहज भएपछि पुनः निर्माण पनि सहज हुने बताए । एकिकृत बस्ती रहेको जमीन गुठीको नाममा रहेकाले घरधनीको स्वामित्वमा ल्याउनका लागि पहल समेत गर्ने प्रमले आश्वासन दिएका छन् ।
एकिकृत बस्तीमा ५५ पहरी परिवारमध्ये १८ परिवार बसोबास गर्दै आएका छन् । त्यहाँका बासीन्दाले बाँकी रहेका पहरीहरुको लागि पनि त्यस्तै किसीमको घर बनाउन प्रधानमन्त्रीसँग माग गरेका छन् । सक्दो सहयोग गर्ने वचन दिएर प्रधानमन्त्री ओली फर्केका थिए ।
भूकम्प पश्चात् अमेरिकामा रहेको कार्यक्रम छाडेर स्वदेश फर्किएका धुर्मुस सुन्तलीलगायतका कलाकार आफैँ खटेर ७७ दिनमा एकिकृत नमुना बस्ती निर्माण गरेका हुन् । अल्प संख्यक र पिछडीएको जाति पहरीहरुको दयनीय अवस्था रहेकाले २० परिवारलाई धुर्मुस सुन्तलीले घर निर्माण गरिदिएका हुन् । नमुना बस्ती निर्माणमा ठूलो खर्च लाग्ने भएपछि उनीहरुले विभिन्न व्यक्ति तथा संस्थासँग सहयोगको अपिल गरेर सो कार्य सम्पन्न गरेका थिए ।
धेरैले अवलोकन र प्रशंसा गरेका एकिकृत बस्तीका हरेक घरमा धारा र शौचालय छन् । भूकम्पबाट सुरक्षित बस्तीमा बायोग्याँस, डिस होमलगायतका सुविधा पनि जडान गरिएको छ । एउटै शैलीका घरले निर्माण भएको बस्ती हेर्दामा पनि निकै राम्रो देखिन्छ । आफुहरुले भूकम्प गएको चार महिना नबित्दै भूकम्प प्रभावित पहरीहरुलाई बस्ती निर्माण गरीदिए पनि सरकारले अहिले सम्म काम अघि बढाउन नसकेको सिताराम कट्टेल (धुर्मुस) ले दुख व्यक्त गरेका छन् ।
भूकम्प प्रभावितहरुको दयनीय स्थिति रहेको भन्दै सितारामले पुनः निर्माणका लागि निकै ढिलाई भईसकेको बताएका छन् । सक्रियता जनाउने हो भने भूकम्पले क्षतिग्रस्त हरेक बस्तीलाई नमुना बस्ती जस्तै बनाउन सकिने उनको दृढता छ । एक जोडी कलाकारले एउटा उदाहरणीय बस्ती निर्माण गरेर बाटो देखाईसकेकाले सरकारले चाहेमा यस्ता बस्ती सजीलै निर्माण गर्न सक्ने कुन्जना घिमिरे सुन्तलीले बताएकी छिन् ।
निर्माण थालनी पश्चात् धेरैले सहयोगी मन देखाएकाले नमुना बस्ती बनेको सम्झना गर्दै सबैको सहयोग रहेमा अन्य बस्ती निर्माणको नेतृत्व लिन पनि आफुहरु तयार रहेको उनको भनाई छ । गरिबी र पिछडीएको समुदाय आफुहरुको प्राथमीकतामा रहेको बताउँदै कुन्जनाले महोत्तरीको मुसहर बस्तीलाई पनि नमुना बस्ती बनाउने चाहना रहेको सुनाएकी छिन् ।
निर्माताहरुको छाता संगठन चलचित्र निर्माता संघलाई आर्थिक अनियमितताको उजुरी परेको आधारमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सोधपुछका लागि उपस्थित हुन भन्दै संघलाई पत्र काटेको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सोधपुछका लागि उपस्थित हुन भन्दै संघलाई काटेको पत्र
प्रशासकीय अधिकृत चिरन्जीवी नेपाल हस्ताक्षरित पत्रमा निर्माता संघ अध्यक्षसहित कार्य समिति पदाधिकारीलाई बुधबार दुई बजे जिप्रकामा उपस्थित हुन आदेश दिएको छ । पत्रको व्यहोरामा भनिएको छ, ‘त्यस नेपाल चलचित्र निर्माता संघले तीन वर्षअघि अधिवेशन हुँदा सदस्यता नविकरण रकम जम्मा नगरी हिनामिना गरेको, संघको भवन निर्माण गर्न भनी स्थापना भएको भवन निर्माण कोषमा भएको रकम हिनामिना गरेको लगायत विषयमा उजुरी परेकामा छलफलका लागि आदेशानुसार अनुरोध छ ।’
यसअघि नै ४० जना निर्माताले आर्थिक अनियमितताबारे छानविन गरी कारवाही गराई पाउँ भन्दै निर्माता संघ अध्यक्षलाई हस्ताक्षरसहितको ज्ञापन पत्र पुष १४ मै बुझाएका थिए । सुनुवाई नभएको भन्दै ती निर्माताहरुले जिप्रकामा समेत उजुरी दिएपछि कारवाही अघि बढाइएको हो ।
निर्माताहरुले सदस्यता नविकरण शुल्क बापतको करिब ७ लाख रुपैयाँ, भवन निर्माण कोषको करिब १८ लाख रुपैयाँ हिनामिना भएको आशंका गर्दै छानवीनको माग गरेका हुन् । त्यसो त संघले लामो समयदेखि भाडा बहाल समेत नतिरेका बारेमा समाचार आउन थालेपछि संस्थाको गरिमामा समेत आँच पुगेको भन्दै नेतृत्वलाई दबाब दिन खोजिएको असन्तुष्ट निर्माताहरुले बताएका छन् । निर्माता संघ अध्यक्ष राजकुमार राई चलचित्र विकास बोर्डको पनि अध्यक्ष भएपछि समस्या झन् बढेर गएको छ ।
परीक्षामा फेल भएकोमा विष सेवन गर्दा एक बालिकाको मृत्यु भएको छ। 
 
कालीकोट जिल्ला मेहलमुडी–२ घर भई हाल बर्दिया वासगढी नपा–३ वनमुडुवास्थित दिदीभिनाजुको घरमा बसी श्री जनता उच्च मावि, वेलवा कक्षा ८ मा पढ्ने १५ वर्षीया सन्तोषी योगी बिहान अबेरसम्म नउठेको हुँदा उनकी दिदीले कोठा खोली हेर्दा मृत अवस्थामा फेला परेकी र उनी उक्त कक्षाको परीक्षामा फेल भएका कारण सेल्फस् नाम विषादी सेवन गर्दा मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो। रासस...
वाद्यवादक बुवा विजयकुमार थापासँग सानैमा गितार र हार्मोनियम सिकेकी दीक्षा थापा (२१) संगीतमा नै करियर बनाउन चाहन्थिन्।
तर, श्रोतामाझ कसरी प्रस्तुत हुने भन्ने हेक्का थिएन। त्यहीवेला उनीसामु ‘पेप्सी भोइस अफ नेपाल’ मा भाग लिने अवसर आयो। प्रतियोगितामा आफ्नै शब्द–संगीतमा थापाले गाएको ‘तिम्रो मेरो’ बोलको गीतले उनको क्षमता प्रमाणित गरेको थियो।
“पेप्सी भ्वाइस अफ नेपाल जितेपछि केही गर्न सक्छु भन्ने विश्वास पलायो”, प्रेसिडेन्सियल बिजनेस स्कूलमा बीबीए चौथो वर्षमा अध्ययनरत थापा भन्छिन्।
प्रतियोगिता जिते पनि दीक्षाबारे खासै चर्चा भएन। जब उनले यूट्यूबमा जेसन एम–राजको गीत ‘आई एम योर्स’ को कभर भर्सन अपलोड गरिन्, उनका प्रशंसक ह्वात्तै बढे। “त्यसपछि मैले कभर सङ बढी गाउन थालें”, उनी भन्छिन्, “अरुणा लामा, दीप श्रेष्ठदेखि रोहित जोन क्षेत्री र अरिजित सिंहका गीत पनि गाएँ।”
अरूका गीत गाएरै यूट्यूबमा मनग्गे भ्युज र सब्स्क्राइबर्स बटुल्ने कलाकारमध्येकी दीक्षा अब भने मौलिक गीत सार्वजनिक गर्ने सुरमा छिन्। “तीन वटा गीत रेकर्ड गरिसकें”, उनी भन्छिन्, “केही दिनमै यूट्यूबमा अपलोड गर्छु।”
दीक्षाको दम
सेतोपर्दा।काठमाण्डौं
ठूलो आवाजमा डाइलग, धुमधडका फाईट महानायक राजेश हमालको पहिचान बनिसक्यो ।  बर्षौ सम्म एउटै भुमीकामा देखिएको भनेर बेलाबेलामा आलोचित हुने हमाल यसपाली फरक भुमीकामा त देखिए तर डाइलग र फाईटले भने पिछा छोडेन।   फरक उपस्थिती र भूमिका रहेको चलचित्र ‘शकुन्तला’को यूट्युबबाट ट्रेलर सार्वजनिक गरिएको छ । समाजमा स्थापित नारी प्रतिको सोचाइ र विभिदताको विपक्षमा आवाज उठाइएको ‘शकुन्तला’मा नारीको पहिरनमा देखिएका हमालले समस्त नेपाली नारीको प्रतिनिधित्व गर्दै महिलाको अधिकारका पक्षमा उभिएका छन् ।
राजेश हमालको करियरमा छुट्टै पहिचान स्थापित गर्ने चलचित्रका रुपमा लिइएको छ भने उनका साथै किशोर खतिवडा, रविन्द्र बस्नेत, अनु शाह, रवि गिरी, प्रदिप ढकाल लगाएत कलाकारको भूमिका रहेको छ ।
दिनेश श्रेष्ठद्वारा निर्देशित शकुन्तला भदौ १० देखि नेपाल भर एक साथ प्रर्दशनमा आउने छ ।
हेर्नुहोस टेलर
‘मणिकर्णिका : द क्वीन अफ झाँसी’ मा कंगनाको यस्तो रुप
बलिउडमा क्वीनको रुपमा परिचित अभिनेत्री कंगना रनावतको फिल्म ‘मणिकर्णिका : द क्वीन अफ झाँसी’ को पहिलो पोस्टर सार्वजनिक भएको छ । फिल्ममा कंगानाको पहिलो लुक निकै नै शानदान रहेको छ । यो फिल्म झाँसीकी रानी लक्ष्मी बाईको जीवनमा आधारीत रहेको छ । फिल्ममा अभिनेत्री कंगाना रनावतको मूख्य भूमिका रहेको छ । उनी यस फिल्ममा रानी लक्ष्मीबाई अवतारमा दुश्मनका साथ लडाई गर्नेछिन् ।
यस फिल्ममा कंगनाका अलावा अतुल कलकर्णी तात्याको भूमिकामा, सोनू सूद सदासिव र अंकिता लोखण्डे झलकारी बाईको भूमिकामा देखिनेछन् ।
यस फिल्मको पहिलो पोष्टर यस फिल्मका निर्देशक कृषले ट्वीटर मार्फत सार्वजनिक गरेका छन् ।
फिल्म ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’ जनवरी २५, २०१९ मा प्रदर्शन हुनेछ । रानी लक्ष्मीबाईको जीवनीमा बन्न लागेको यस फिल्मको छायाकंनको क्रममा इतिहासको कहानीलाई फिल्ममा मनमानी ढंगले देखाइन लागिएको भन्ने आरोप लगाइएको थियो । सो समयमा विवादका कारण केही दिन सम्म फिल्ममो छायाकंन समेत रोकिएको थियो ।
End of preview. Expand in Data Studio

No dataset card yet

Downloads last month
34