text
string
2727141 बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री थापाले हिजो सम्पन्न भएको राष्ट्रिय सभाको निर्वाचनसँगै आफूहरुको दायित्व पूरा भएको स्पष्ट पारे ।
2727142 उनले भने, “निर्वाचन सम्पन्न भयो, मैले त धेरै पहिले यही मञ्चमा बोलेको थिएँ, कि नयाँ सरकार फागुनको ७ गते नै बन्छ भनेर, त्यतिवेला धेरै टिकाटिप्पणी भएको थियो, तर मैले हिसाबकिताब गरेर नै त्यो खुलासा गरेको थिएँ, अबको १० वा १२ दिनभित्रै यो कुरा प्रमाणित हुन्छ ।”
2727143 मन्त्री थापाले एक दुई दिनभित्रै प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा आउने पनि जनाए ।
2727144 उनले सरकारले आगामी मन्त्रिपरिषदको बैठकबाट राष्ट्रिय सभा सदस्यको लागि तीन जनाको नाम सिफारिश गर्नेबारे छलफल गर्ने समेत विश्वास दिलाए । उनले भने, “अब बस्ने क्याबिनेट बैठकमा यो बारेमा हामी छलफल गर्छौं, ३ जनाको नाम सिफारिश गर्दा साझा व्यतिmत्व चयन गर्छौ, योग्यता पुगेकाहरुलाई नै हामी सिफारिश गर्छौं, सभाको वजन र गरिमालाई धान्न सक्ने व्यक्तित्वहरु च्यन गर्छौं ।”
2727145 त्यस्तै उनले वर्तमान सरकारले महत्वपूर्ण निर्णयहरु गरेकोमा विरोध हुनु स्वभाविक भएको समेत स्पष्ट पारे । यद्यपी उनले सरकारले निर्णय गर्नु कुनै नौलो कुरा नभएको जिकिर गरे ।
2727146 संसद्‍मा राखेर मेरो बर्दी खोलिदिए हुन्छ : महानिरीक्षक खनाल
2727147 मानव तस्करीको आरोपमा राजदूत शेर्पामाथि अनुसन्धान सुरु
2727148 मन पराउने, अफर दिने धेरै छन् : तरकारीवाली
2727149 हाम्रो विषयमा
2727150 nan
2727151 तर, नेपालको व्यवाहारिक अवस्था र परिस्थितिले के भन्छ ? के अब हुने निर्वाचनले हाम्रा यावत राजनीतिक कठिनाइहरूको अन्त्य गर्ला ? के निर्वाचनपछि नेपालको संक्रमणकाल र संविधान लेखन प्रक्रिया सहज होला ? के सरकार र राज्यका अन्य अङ्गहरू स्थीर र सुचारु बन्न सक्लान् ?
2727152 मलाई लाग्छ यो संभव छैन ।
2727153 २. संक्रमणकालको अन्त्य हाम्रो साझा चाहना हो । तर संक्रमणकालिन जटिल परिस्थितिमा समस्या सुल्झाउन प्रयोग गरिने हचुवा उपायले कालान्तरमा संक्रमणलाई नै राज्यको दीर्घकालिन चरित्र बनाउने खतरा पनि रहन सक्छ । संविधान निर्माण प्रक्रियालाई मात्र संक्रमणकाल नमान्ने हो भने दक्षिण एसियामा रहेका नेपालकै कतिपय छिमेकी मुलुकहरू दशकौंदेखि दुखद संक्रमणकालमा छन । ति मुलुकहरूमा आवधिक निर्वाचन नभएका हैनन्, अन्तर्राष्ट्रिय सहयोग र समर्थन नभएको पनि हैन । तर, राजनीतिक मुद्दाहरूमा दलहरूबीच आधरभूत सहमति कायम हुन नसक्दा लोकतन्त्रका सबै विधि र प्रक्रिया अपनाएर पनि ति मुलुक हालसम्म सङ्क्रमणकालमै छन् ।